Butwal Today

मौसम : आज र भोलि हल्का वर्षाको अनुमान

१७ माघ २०८०, बुधबार
अ+
अ-

बुटवल,१७ माघ । पश्चिमी वायुको प्रभावका कारण आज र भोलि हल्का पानी पर्ने अनुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान शाखाका अनुसार आज दिउँसो सुदूरपश्चिमका भूभागबाट पानी पर्न शुरू हुनेछ।

यो वर्ष हिउँदमा हालसम्म पानी पर्न सकेको छैन। माघको तेस्रो सातामा आइपुग्दा पश्चिमी वायु देशको पश्चिमी भूभागबाट प्रवेश गरेको हो।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूका साथै बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको माहाशाखाले जनाएको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

भोलि भने पानी पार्ने प्रणाली थप सक्रिय हुँदा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूका साथै बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।

भोलि राति बागमती र कोसीमा समेत फाटफुट देखि हल्का वर्षा हुनेछ।