ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

भड्किलो र विसंगत बन्दैछ विवाह सँस्कृति

१७ माघ २०८०, बुधबार
१७ माघ २०८०, बुधबार

माघ महिना बिहेको लगन जुर्ने महिना हो । यस महिनामा हिन्दू धर्मावलम्बीहरूले माघे सक्रान्तिमा माघी मनाउने, आंैशीमा तिर्थ गर्ने अनि गंगा स्नान गर्न जाने चलन पनि रहेको छ र माघ पूर्णिमादेखि एक महिनासम्म स्वस्थानीको पूजा गरि ब्रत बस्ने पनि गरिन्छ । यसै महिनामा कतिपयका छोराछोरीको बिहेदान पनि हुन्छ । परापूर्वकालदेखि बर्षका १२ महिनामध्ये बैशाख, जेष्ठ, असार, मंसिर, माघ र फागुन यी महिनाहरूमा बिबाहका लगनहरू जुरेका हुन्छन । आजकाल केही बर्षदेखि भदौ र असोजमा पनि लगन निकालेर बिहेबारी गर्ने चलन चल्दै आएको छ । जे होस यो माघ महिना बिहेको लगनमा चलिरहेको छ । बिहे भनेको नियमित प्रक्रिया जस्तो केटा र केटीको मिलन गराइ दिने अर्थात जोडी बाँधिदिने भन्ने बुझिन्छ । पछिल्लोसमय अर्थात हिँजोआज लगभग धेरैका जोडी आफै मिलीसकेका पनि हुन्छन । जोडीका परिवार र आफन्तले औपचारिकता पूरा गरिदिने काम मात्र पनि हुने गरेको छ । यसलाई समयान्तरमा परिवर्तन हुने सामाजिक संरचना अनुसार सकारात्मक रूपमा लिनुपर्छ ।

बिहे गरेर छोरीलाई अर्काको घरमा पठाउने चलन हाम्रो समाजमा परापूर्व कालदेखि चल्दै आएको छ । यो गरिरहँंदा कुनै समाजमा केटा पक्षबाट दाइजोको रूपमा थुप्रै जिन्सी र नगदी माग गर्ने चलन छ । हुर्काइ पढाइ गरेर छोरीलाई अर्काको घरमा पठाउँदा यसरी दाइजो सहित नगदी दिँदा बेहुलीका अबिभावक ऋणमा परेर दुःख पाउने भएकोले यस्तो प्रचलनको बिरोध भैरहेको अबस्थामा आजकाल सरकारले पनि दाइजो कति दिने भन्ने मापदण्ड बनाएको छ । तर त्यसको कुनै प्रवाह नगरी बिवाहमा दाइजो दिने लिने चलन चलिनै रहेको छ । एक दशक पहिले दाइजो बिरोधी अभियानमा थुप्रै महिला अधिकारकर्मी लागेको पाइथ्यो । त्यति मात्रै नभएर बिभिन्न पार्टी तथा संगठनका महिलाहरू पनि यो अभियानमा निकै तात्तिएको पाइथ्यो । तर अहिले यो सबै सेलाएको जस्तो छ । दाइजोको लेनदेन हटेर दाइजो बिरोधी अभियान हट्यो कि यत्तिकै हट्यो भन्ने जिज्ञासा धेरैमा हुन सक्छ । गहिरिएर हेर्ने बुझने हो भने बिभिन्न जातीमा चोर बाटोबाट भएपनि दाइजो प्रथाको रेट अरू बढदो छ, घट्दो देखिंदैन । यो सबै भैरहँंदा पनि किन दाइजो बिरोधी अभियान सेलायो त भन्ने प्रश्न धेरैमा हुनसक्छ । पहिले पहिले जस्तो बिहेको दिन अगाडी सो गरेर दाइजो गाडीमा लोड गर्ने चलन त हटेको छ तर नदेखिने गरि घुमाउरो बाटो भएर अरू बिकराल रूपमा दाइजो प्रथा भित्रिएको छ । यो सबै भैंरहंँदा पनि महिला अधिकारकर्मी, आमा समूह लगायत नागरिक समाज किन मौन छ भन्नेमा धेरैको चासो बढेको छ ।

दाइजोको कुरा एकातिर छ भने अर्कोतिर बिहे यति खर्चिलो बन्दै गएको छ कि भनीसाध्य छैन । सुनको भाउ रुस र क्रोसियाको लडाईं पछि अत्याधिक बढेर झन्डै सवा लाखको तोलामा पुगेको छ । सर्वसाधारणले बिहे उम्काउन सक्ने अबस्था छैन । फेरि हाम्रो समाज देखासिकीले बिग्रेको छ । एउटाले जे गर्छ अर्कोले पनि त्यहि गर्नैपर्ने रे । लहैलहैमा चलनलाई ब्यापक बनाउने बानी परेको छ । धेरै अभिभावकको छोराछोरीको इच्छा चाहना अभिभावकले पूरा गर्नसक्ने अवस्था छैन । केहीले सकेपनि नसक्नेले समेत ऋणको भारी बोकेर भएपनि बाल बच्चा खुशी पार्न बाध्य छन । जसले गर्दा उनीहरू तनाबमा रहन्छन । कमाउने भैसकेका छोराछोरीको बिहे त भने जसरी अभिभावकले गर्देलान तर अन्यलाई गाह्रो छ । कि त अभिभावक पनि आर्थिकरूपमा बलियो छन भने गर्न सक्छन कराडौं खर्चेर पाटी भोज तथा गरगहनामा बिहे गराईरहेका छन । होइन भने ऋण माथि ऋण गरेर यो सबै गर्न सक्दैनन र पनि सन्तानको खुशीको लागी ऋण गरेर परम्परा धान्न बाध्य छन । अझ पछिल्लो समयमा त छिमेकी देश भारतको देखासिकीमा हल्दी, मेहंदी, जन्तीलाई निमन्त्रणा दिने र साइपाटा लैजाने जस्ता अनौठा रस्म रिवाजहरू थपिँदा छन ।

यहाँ छिमेकी देश भारतको देखासिकीमा धेरै कुरा हुने गरेको छ । भड्किलो ढंगले होली मनाउनेदेखि राखी बन्धनका नाममा दिदी बैनीले दाजुभाईलाई राखी बांँध्ने जस्ता कहीँं नजानेको र हाम्रा बाउबाजेले नसुनेको दक्षिणी भारतिय हावाले बिहे पनि पहिले भन्दा बढी खर्चिलो भएको छ । हल्दी, मेंहँदी र के के नामका पाटी निमन्त्रणा पत्र, इन्गेजमेन्ट आदी भनेर एउटा बिहे उम्काउने खर्च पहिले नै गर्नुपर्ने, यो सबैले गर्दा आयस्रोत नभएका सामान्य परिवारलाई मर्नु न बाँंच्नु बनाएको छ । अहिले मुलुक आर्थिक मन्दीले चौपट छ । जग्गामा लगानी गर्नेहरू मर्नुन बाँंच्नु भएका छन । बित्तीय संस्थाबाट कर्जा लिएकाहरू किस्ता घटाउन त कता हो कता ब्याजसम्म तिर्न नसकेर आत्मसमर्पण गर्न पुगेका छन । सामान्य अवस्थामा किनबेच भएका जग्गाहरूको मुल्य आकासिने गरी किनबेचमा चलेका कारोवारेहरू नराम्रै झुक्किएका छन । जग्गा प्लटिङ गरेर, बिजुलीका पोल गाडेर र खानेपानीका पाइप बिछ्याएर नाफा कमाउन तयारी गरेकाहरू घडेरीहरूको बेचबिखन बन्द हुँंदा जग्गामा लगानी गरेकाहरू मर्नु न बांँच्नुमा पुगेका छन ।

यहाँ कुरा बिहेको खर्चको उठाउन खोजिएको हो । बिहेमा सामानहरू देखाइँदैन तर बिहेको केही दिन पहिले नै बेहुलीको सुत्ने कोठा भरिपूर्ण पार्दिनु पर्ने जस्तै सुत्ने पलङ, दराज, सोफा लगायत जिन्सी सामान आदी । बिहेको दिन बेहुलालाई सिक्री, औंठी, ब्रासलेट अनि बेहुलाको बाउ, दाजुभाइ को को छन सबैलाई औंठी, सम्देलो लाउने निहुँमा छडके तिलहरी, औंठी, टप लगायत सुनका गरगहनाले पनि बोझ बोकाउने काम गरिरहेको छ । अहिले केटी पक्षका मात्र नभएर केटा पक्षका पनि मोटो खर्चमा पर्ने गरेका छन । बेहुलीलाई बजारमा चलेका सुनका गहना लग्नुपर्ने बाध्यता एकातिर छ भने अर्कोतिर पार्टी भोज उसलाई बोलायो उ छुट्छ उसलाई बोलायो उ छुटछ । सकेसम्म आफन्त र चिने जानेकालाई समेटम भन्दैगर्दा आफन्तको जम्बो समूह बन्न पुग्छ । यसरी बिहे घरको पनि खर्च ठूलै निस्कन्छ । माथि भनेजस्तो टन्न आम्दानीको स्रोत छ या बाउबाजेको पालादेखिको पर्याप्त जग्गा जमिन छ र सधै खर्च गर्ने होइन क्यारे भनेर मन फुकाउने कुरा आफ्नो ठाउँंमा छ तर यो सबै नहुनेहरू पनि फलानाले हेप्छ, हामीले पनि देखाउनुपर्छ भनेर ऋण खोजेर भएपनि खर्च गर्नेहरू बडो सकसमा पर्ने गरेका छन ।

नाम उल्लेख नगरी भन्नुपर्दा केही माथि उल्लेख गरे अनुसार भव्य तरिकाले छोराको बिहे गर्नेहरू केही समयमै केटाकेटीबीच दरार पैदा भएर सम्बन्ध नै छुटेका उदाहरण पनि छन । कतिको त दोस्रो पटकको बिहे पनि सफल हुन सकेको छैन । तसर्थ कानुन अनुसारको खर्चको मापदण्ड मिच्नुहँुदैन । सामाजिक संस्कारका नाममा कतैपनि वा कसैलाई पनि बोझ थपिनु उचित छैन । अर्को कुरा अहिलेको अवस्थामा छोरा होस या छोरी होस उसलाई उच्च शिक्षा दिनुपर्छ । सन्तानलाई शिक्षित बनाउने अबिभावकको दायित्व हो । बिहेमा चर्को खर्च गर्नु र ऋणको भारी बोक्नु उचित छैन । जसले गर्दा मधेशी समुदायमा अभिभावकले आत्महत्या गर्ने, बुहारीलाई जिउँदै जलाउने जस्ता घटना भैरहेका छन । यसैले दाइजो बिरोधी अभियानमा कोही नहिँंडेपनि र महिला अधिकारकर्मीले चासो नदिएपनि हाम्रा बाउ बाजेले भने जस्तै घाँटी छामेर हड्डी निल्नुपर्छ भन्ने कथनलाई आत्मसात गर्दै सन्तानको बिहे सम्पन्न गर्नुपर्छ । सक्नेले पनि हाम्रो देशको अबस्था र कानुनको पालना गर्दै छिमेकीलाई कुनै अप्ठयारो नपार्ने गरी परम्पराहरू चलाउँदा राम्रो हुने देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?