ट्रेंडिंग:

>> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य >> दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ >> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद >> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन >> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट

अर्थतन्त्र चलायमान बनाउन सहकारीको भूमिका महत्वपूर्ण : सांसद घिमिरे

१७ माघ २०८०, बुधबार
१७ माघ २०८०, बुधबार

तिलोत्तमा, १७ माघ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ स्थित सामूहिक वचत तथा ऋण सहकारी संस्था लिमिटेडले विभिन्न कार्यक्रम गरी ३१ औं स्थापना दिवस मनाएको छ ।

बुधबार आयोजित मूल समारोहको प्रतिनिधि सभा सदस्य बासुदेब घिमिरेले उद्घाटन गरे । सोही अवसरमा बोल्दै उनले अर्थतन्त्र चलायमान बनाउन सहकारीको भूमिका महत्वपूर्ण रहेको बताए । पछिल्लो समय केही सहकारी संस्थाले बदमासी गर्दा राम्रा काम गरेका अरु सहकारीहरुलाई हेर्ने नजर फरक रहेकोले यसलाई चिर्न सहकारीहरु सदस्य केन्दीत भएर काम गर्नुपर्ने बताए ।

सदस्य केन्द्रीत नभएका सहकारी समस्यामा परेको बताउँदै सहकारीले बचत संकलन सँगै उत्पादनमुलक क्षेत्रमा लगानी गरी आर्थिक समृद्धिसँग जोडिनुपर्ने बताए ।

संस्थाका अध्यक्ष सुरेन्द्र बर्माले अधिकांश कर्जा व्यवसाय र उद्योग क्षेत्रमा लगानी गर्ने गरेको बताए । कृषिजन्य उद्यम, व्यवसायका अतिरिक्त सामाजिक कार्य र शैक्षिक क्षेत्रमा बढी कर्जा लगानी हुने गरेको उनको भनाई थियो । मासिक दुई सय रुपैयाँ बचत संकलनबाट सुरु भएको यो सहकारी अहिले शेयर पुँजी र कारोबारका हिसाबले लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो शेयर पुँजी र कारोबार हुने सहकारीका रुपमा स्थापित भएको उनले बताए ।

कार्यक्रममा प्रदेश सहकारी संघका अध्यक्ष प्रकाश भट्टराइले प्रदेशबाहीर दर्ता भई सञ्चालनमा रहेका केही सहकारीले बदमासी गर्दा सबैलाई एउटै नजरले हेर्न नहुने बताए ।
बचत तथा ऋणको कारोबार गर्ने गरी दर्ता भएको यो नै रुपन्देहीको पहिलो सहकारी हो । सहकारीका प्रमुख कार्यकारी अधिकृत देवराज ज्ञवालीका अनुसार सहकारीले दुई अर्ब ५१ करोड ८० लाख रुपैयाँ ऋण लगानी गरेको छ । सहकारीले उत्पादनमूलक क्षेत्रमा करीव ६० प्रतिशत ऋण प्रवाह गरेको जनाएको छ ।

रुपन्देही जिल्लाभरि कार्यक्षेत्र रहेको यो सहकारीमा अहिले जम्मा सदस्य १० हजार ८ सय जना रहेका छन् भने शेयर पुँजी ३२ करोड ९० लाख तथा जगेडा कोष २३ करोड ६५ लाख र अन्य कोषहरु १३ करोड १० लाख रहेको छ । सहकारीको जम्मा निक्षेप दुई अर्ब ४६ करोड ८३ लाख रुपैयाँ रहेको छ । सहकारीमा रहेको निक्षेप रकममध्ये जम्मा एक अर्ब ६० करोड ६५ प्रतिशत नियमित बचतको अंश रहेको सहकारीका सचिव मिनप्रसाद पोख्रेलले बताए ।
संस्थाको तिलोत्तमा नगरपालिका वडा नं. ३ शंकरनगरमा आफ्नै सुविधा सम्पन्न ३ तल्ले पक्की भवन रहेको छ भने तिलोत्तमा वडा नं ७, भलवारी र रुपन्देहीकै फर्साटिकरमा सेवाकेन्द्र सञ्चालनमा ल्याएको छ । जिल्लामै उत्कृष्ट सहकारीको रुपमा पटक–पटक पुरस्कार र सम्मान पाएको सहकारीका सूचना अधिकारी ईश्वरी मरासिनीले बताए ।
आधुनिक बैंकिङ्ग सेवाअन्तर्गत एटिएम, मोबाइल बैंकिङ्ग, मिस्डकल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग क्यूआर कोड, कनेक्ट आइपिएसलगायतका सेवाहरू सञ्चालनमा ल्याएको छ ।
आधुनिक बैंकिङ्ग सेवाअन्तर्गत एटिएम, मोबाइल बैंकिङ्ग, मिस्डकल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग क्यूआर कोड, कनेक्ट आइपिएसलगायतका सेवाहरू सञ्चालनमा ल्याएको छ ।
वार्षिकोत्सवकै अवसरमा सहकारीले सेवा केन्द्र विस्तार गर्ने र विस्तारित मञ्चमार्फत विभिन्न ठाउँमा वित्तीय साक्षरताका कक्षा सञ्चालन गरेको थियो । मंगलबार सम्पन्न भएको रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका थिए । यसैगरी वक्तृत्वकला प्रतियोगितामा २३ वटा विद्यालयको सहभागिता रहेको थियो । कार्यक्रममा वक्तृत्वकलामा उत्कष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको संस्थाका सचिव मिनप्रसाद पोख्रेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?