ट्रेंडिंग:

>> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा

तिलौराकोटको उत्खनन् कहिलेसम्म ?

१७ माघ २०८०, बुधबार
१७ माघ २०८०, बुधबार

कपिलवस्तुका राजा शुद्धोधनको ऐतिहासिक राजप्रासाद दरवार रहेको प्राचीन तिलौराकोटको उत्खनन हुन थालेको बर्षौ भएको छ । हरेक बर्ष यही समयमा तिलौराकोटमा उत्खनन हुने गर्दछ । त्यसो त उत्खननबाट महत्वपूर्ण भग्नावशेषहरू प्राप्त भएका छन् । ती भग्नावेशषले प्राचीन तिलौराकोटको राजधानी कपिलवस्तु नै रहेको प्रमाणित गरेका छन् । उत्खननवाट प्राप्त बुद्धकालीन ऐतिहासिक वस्तुहरूले अव भगवान गौतमबुद्ध।ले विताएको शैशवकालका २९ वर्ष अन्य कहीं नभएर यहीं तिलौराकोट नै हो भन्ने प्रमाणित गरेको छ । यद्यपि तिलौराकोटमा यसअघि पनि उत्खनन नभएको होइन । प्रत्येक वर्ष हुने उत्खननवाट प्राचीन तिलौराकोट दरवार क्षेत्रमा नयां नयां ऐतिहासिक वस्तुहरू प्राप्त भैरहेका छन र ती वस्तुहरूले समग्र कपिलवस्तुकै ऐतिहासिक गरिमा अभिवृद्धिमा सघाउ पुराएका छन । तर उत्खननबाट प्राप्त ऐतिहासिक वस्तुहरू कहाँ राखिएको छ ? हरेक बर्ष उत्खनन गर्नुपर्ने सान्दर्भिकताका बिषयमा भने खासै खोज हुन सकेको छैन् ।

हरेक बर्ष हुने उत्खननमा बेलायतको दूरहम विश्वविद्यालयको संलग्नता मूख्यरूपमा देखिएको छ । विदेशी विश्वविद्यालयलाई हरेक बर्ष किन उत्खननमा संलग्न गराउने गरिएको छ ? किन एउटै संस्थालाई उत्खननको जिम्मा दिने गरिएको छ ? कतै नेपालको ऐतिहासिक सम्पदामाथि खेलवाड त भैरहेको छैन ? कि उत्खननबाट प्राप्त ऐतिहासिक बस्तुहरू सिधै बेलायत त पुगेको छैन ? यी प्रश्नहरूको उत्तर अव सम्वन्धित निकायले दिने प्रयास गरोस् । यदि पवित्र नियतले उत्खनन भैरहेको हो भने पनि लुम्बिनी विकास कोषले स्पष्ट जानकारी गराउनु जरुरी छ । त्यसमा प्रश्न उठाउनु हँुदैन तर उत्खननका बिषयमा नागरिकको खबरदारी उत्तिकै जरुरी छ भन्ने कुरालाई नजरअन्दाज गरिनुपनि हुँदैन । नेपालको वर्षौंदेखि जीर्ण र ओझेलमा पर्दै आएको तिलौराकोट क्षेत्रमा अहिले भैरहेका गतिविधिले निश्चित रूपमा यस क्षेत्रको विकास संभव छ भन्ने पुष्टी भैरहेको छ । खासगरी भगवान बुद्धले विताएको २९ वर्षे बाल्यकाल तिलौराकोट दरवार यही क्षेत्र हो भन्ने विश्वले प्रमाणित गरिसकेको छ । अव कोही कसैले दावी गर्दैमा प्राचीन तिलौराकोटको अस्तित्व हराउन सक्दैन । भारतले नक्कली कपिलवस्तु वनाएको भन्ने भ्रममा विदेशी पर्यटकहरूलाई गुमराहमा पार्ने प्रयास नभएको होइन तर तिलौराकोट नेपालकै कपिलवस्तुमा पर्दछ भन्ने प्रमाणित भैसकेको छ । अव केवल कपिलवस्तुको समग्र विकासको आवश्यकता छ । तिलौराकोटको संरक्षणका लागि पर्याप्त बजेटको व्यवस्था गर्नु जरुरी छ ।

सरकारले समेत तिलौराकोटको उत्खननमा ध्यान नदिएको सही र सांचो हो । केही वर्षमात्र भएको छ सरकारको ध्यान कपिलवस्तुमा पर्न थालेको र अव लुम्विनी विकास कोषले समेत समग्र कपिलवस्तु क्षेत्रलाई आफ्नो क्षेत्र ठान्दै आएको छ । कपिलवस्तुमा छरिएर रहेका बुद्धकालीन अवशेषहरू लोप हुंदै गएका छन । तिनको खोजीनीति र संरक्षणमा ढिलाई गरिनुहुँदैन । तिलौराकोटको उत्खननले मात्रै अव पुग्दैन । कपिलवस्तुको विकास तवमात्र संभव छ जव समग्र बुद्धकालीन ऐतिहासिक क्षेत्रहरूको विकासमा सरकारले ध्यान दिनेछ । तसर्थ अव तिलौराकोटको उत्खननसंगै बुद्धकालीन दुई दर्जन बढी ऐतिहासिक सम्पदाहरूको संरक्षणमा सरकारको ध्यान जाओस् । अव सरकारले तिलौराकोटका साथै कपिलवस्तुका ऐतिहासिक सम्पदाको जीर्णोद्धार र विकासमा ध्यान दिनु आवश्यक छ । तिलौराकोट दरवार क्षेत्रमात्र होइन कपिलवस्तुमा बुद्धसंग जोडिएका करिव दुई दर्जन ऐतिहासिक स्थान छन, तिनको जिर्णोद्धार, संरक्षणको खाँचो छ । त्यसतर्फ सम्वन्धित निकायको ध्यान जाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?