ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

कुलो पुनरोत्थानमा प्रदेश सरकारको साथ

१७ माघ २०८०, बुधबार
१७ माघ २०८०, बुधबार

नवलपरासी, १७ माघ । जिल्लाको सरावल गाउँपालिकाले कुलो पुनरोत्थान कार्यक्रम अगाडि बढाए पछि लुम्बिनी प्रदेश सरकारले समेत सो अभियानमा सहयात्री बन्ने भएको छ । यसै बर्ष देखि गाउँपालिकाले कुलो पुर्नउत्थान कार्यक्रमका लागि बनाउने योजना अगाडि सारेको र अहिले दुई वटा कुलो पुर्नउत्थानको लागि लुम्बिनी प्रदेश सरकारको सिचाई डिभिजन कार्यालय नवलपरासीले गाउँपालिकासँग मिलेर काम गर्ने सहमति जनाएको हो ।

सिंचाई डिभिजन कार्यालयले दुई वटा कुलोका लागि बजेट सहितको कार्यक्रम सरावलमा परेको जानकारी आएको र त्यसका लागि बुधवार डिभिजन कार्यालय र गाउँपालिकाका प्राविधिकसँगै स्थलगत सर्वेक्षण शुरु हुने जानकारी गाउँपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरीले गराए । यसले हामीलाई थप उत्साही बनाएको छ, उनले भने, कुलोहरूको सर्वेक्षण पश्चात कुन स्तरको कुलो छ, सो अनुसार स साना कुलोलाई गाउँपालिकाले बजेट विनियोजन गर्ने, धेरै लागत पर्ने कुलोलाई प्रदेश सरकार र संघीय सरकारसँग मर्मत तथा पुर्नत्थानका लागि सहयोग माग्ने योजना हो । जसमा योजना बनाएको ६ महिना नवित्दै लुम्बिनी प्रदेश सरकारले यो कार्यक्रममा हातेमालो गर्ने भएको छ । संघय सरकारबाट पनि केही कुलो पुर्नउत्थानका योजना पर्नेमा हामी विश्वस्त छांै ।

कतिपय पालिकामा कुलो पुर्दै सडक पूर्वाधार बनाउँदै गरेको भए पनि सरावल गाउँपालिकाले कुलो पुर्नउत्थान कार्यक्रम ल्याउँदा स्थानीय किसान उत्साही भएका छन् । पुर्खाले कुलो मार्फत सिचाई तथा जलनिकास दुबै गर्दै आएको कुरालाई विचमा बोरिगँ र पम्मिगँसेट तथा नहर आदीको प्रचलनले हराउदै गएको कुलो सिंचाई ब्यवस्थालाई पुनः स्थापित गर्नका लागि गाउँपालिकाले अब योजना बनाएरै कुलो पुर्नउत्थान कार्यक्रम ल्याएको गाउपालिका अध्यक्ष चौधरीको भनाई थियो ।

कुलो सुख्यायाममा सिचाई साधन मात्र होईन्,उनले भने, कुलो बाढीको बेला जलनिकासको साधन पनि हो । कुलो सिचाईले विगत बर्षमा गाँउको जलनिकास र खेतमा सिचाई प्रबन्ध मिलाइएको थियो । २०२४ सालको नापी हुदाको बखत पनि पुराना नक्सामा धेरै कुलो,घोलहरू हुदै छाडन्,सोई जस्ता जलस्रोतको उल्लेख गरेको पाईन्छ । तर विगत केही दशक देखी विकास पुर्वाधारका लागि स्थानिय तहमा बजेट आउन थाले पछि बजेटको सदुपयोग गर्ने नाँउमा पुराना कुलो पुरियो,घोलहरू भरियो,सोईहरू पुरेर खेत बनाइयो,पोखरी पुर्ने चलनले पनि ब्यापकता पायो,अध्यक्ष चौधरीले भने,तर अहिले आएर ति पुराना संरचनाहरू आवश्यक रहेको कुरा स्थानियले महशुस गर्न थालेका छन् ।

कुला,घोल,पोखरी,ताल,सोई जस्ता पानीका स्रोतहरूलाई पुनः पुर्नउत्थान नगरि स्थाई रूपमा पानीको स्रोत संरक्षण हुदैन् । प्रविधिले बोरिगँ र ट्युवेल गाड्ने सहजता त ल्यायो,तर जमिन मुनिको पानीको स्थाई स्रोत जमिन भित्र जल पुर्नभरणको यिनै स्रोत मास्ने अवस्था पनि ल्याएको छ । दुई दशकमै जमिन मुनिको जल भण्डार सकिएको महशुस हुन थालेको छ । अहिले जमिनमुनिको पानी निकाल्न डिजल महगो भयो,विकल्प विजुली रोजिदै छ,तर पानीको विकल्प पानी नै भएको हुदा पुर्नभरणको माध्यम पनि तिनै कुला र घोल हुन सक्ने भएकोले कुलो पुर्नउत्थान आवश्यक रहेको गाउपालिकाले महशुस गर्न थालेको छ । गाउपालिका भएर गण्डक नहरको मुल नहर तथा शाखा नहरहरू पनि छन्,तर ति नहरहरूमा पनि एकै पटक सबै तिर पानीको माग हुन थाले पछि नहर भए पनि पानी पाउन सकेका छैनन् । आधुनिक सिचाई विधिका कारण नासिदै गएको पुराना सिचाई विधिलाई जसरी पनि पुर्नउत्थान गर्न आवश्यक रहेको उनको भनाई थियो ।

उनले पहिलो चरणमा प्रत्येक वार्डमा रहेका कुलोहरूको सर्वेक्षण गरिने र लगत तयार गर्न लगाईने छ । त्यस पछि कुलोको पानीको मुहान,स्रोतको पहिचान गराईने छ । जल निकासका सोईहरूको समेत पहिचान गरिने गरि जलनिकासको ब्यवस्थापन गरिने उनले जनाए । चुरे देखी भारतिय सिमासम्म फैलिएको सरावल गाउपालिकालाई सिचाई ब्यवस्थापनका लागि तिनै कुलो,घोल,सोईं,ताल पोखरीको लगतको आधारमा गुरुयोजना बनाईने छ । क्रमशः प्राथमिकताको आधारमा कुलो पुर्नउत्थानका लागि बजेट विनियोजन गर्दै कुलो सफाई गर्ने,हुलासी,पिडुरा,पेटबनिया लगायतका विभिन्न घोलको पनि उचिन ब्यवस्थापन गरिने छ । कुलो सिचाई स्रोत हो,भन्ने घोलहरू,पोखरी,ताल तलैया पानीको स्रोत हुन,त्यसै गरि सोईहरू सिचाई पछि बढि भएका पानीहरू बग्ने जलनिकासका पारम्परिक साधन हुन् । यसलाई पुर्नत्थान गर्न आवश्यक छ । सिचाई प्रणालीको नाममा गण्डक सम्झौता अनुसार बनेका झरही,धनेवा,खजुरा खोलामा बनाइएका बाँधहरू रहेका छन् । चुरे देखी भारतिय सिमासम्म कुल ७ वटा वार्ड मध्ये ४ वटा वार्डमा सुख्खा हुने र ३ वटा वार्ड डुबान हुने समस्या हुदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?