ट्रेंडिंग:

>> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य

स्थापना दिवसमा एबिसीको रक्तदान

१६ माघ २०८०, मंगलवार
१६ माघ २०८०, मंगलवार

बुटवल, १६ माघ ।

पर्यटन क्षेत्रमा योगदान दिंदै आएको होटल एबिसीले आफ्नो चौथो वर्ष प्रवेश तथा सहिद दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । नेपाल नियमित रक्तदाता संघ केन्द्रीय समितिको सहयोग, नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्र भैरहवाको प्राविधिक सहयोगमा एबिसी हस्पिटालिटी ग्रुप प्रालिले बुटवलमा रक्तदान गरेको हो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ८ का वडा सदस्य सिता खनालले ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गर्दै ब्यावसायिक संघसंस्थाहरु आफ्नो हकहितसंगै सामाजिक कार्यमा महत्वपूर्ण योगदान रहेको बताईन् ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ८ का वडा सदस्य सिता खनाल, होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारी, नेपाल नियमित रक्तदाता संघका केन्द्रीय अध्यक्ष दया बहादुर सिलवाल, संघका सचिव थम्मन भण्डारी, कालिका भगवती टोल समितिका अध्यक्ष तिल बहादुर राना, होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देही, वडा नं ८ का वार्ड ईन्चार्ज सन्तोष खड्काले रक्तदातालाई प्रमाणपत्र वितरण गरेका थिए ।

ग्रुप अन्तर्गत बुटवलमा एबिसी होटल, ग्रिन भ्याली, एबिसी पार्र्टी प्यालेस, भलबारीमा एबिसी टु गरी चारवटा प्रतिष्ठानहरु संचालनमा रहेको होटलका संचालक नारायण न्यौपानेले बताए ।
होटलमा तारा पाण्डे, नारायण न्यौपाने, कमल भुषाल र राजन भट्टराई गरी चार जना युवा ब्यवसायीहरुले ८ करोड रुपैयाँ लगानी गरेका छन् ।

होटल प्रबन्धक तारा पाण्डेले पर्यटन सेवा उद्योगबाट राम्रो प्रगति भएको भन्दै निकट भविष्यमा शाखा खोल्ने तयारीमा रहेको बताए । कार्यक्रममा होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले सानो लगानीबाट होटल ब्यवसाय शुरु गरेर चार वर्षमा ४ वटा प्रतिष्ठानहरु खोल्न सफल भएको बताए । देशमै अहिले आर्थिक पिडाको बिचमा पनि पर्यटन क्षेत्रमा लागेर युवाहरु सफल भएर समाजलाई नमुना दिन सफल भएको उनले बताए ।

कार्यक्रममा नेपाल नियमित रक्तदाता संघका केन्द्रीय अध्यक्ष दया बहादुर सिलवालले रगत अभावमा रहेका बिरामीलाइ सहज रगत उपलब्ध गराउने उदेश्यसहित संस्थागत रुपमा काम गर्दै आएको बताए । एक घर एक रक्तदाता नारासहित आफुहरु समाजमा अभियानलाई अगाडि बढाएको उनले बताए । कार्यक्रममा संघमा द्वितीय उपाध्यक्ष प्रेम भट्टराईले रक्तदान सबैभन्दा पुण्यको काम भएको भन्दै मंगलबार ४४ युनिट रगत संकलन भएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?