Butwal Today

आफ्नै घरमा मृत फेला

१६ माघ २०८०, मंगलवार
अ+
अ-

पाल्पा, १६ माघ ।

रैनादेवी छहरा गाउँपालिकाको सिद्धेश्वरका ६३ वर्षीय रेवती राम अर्याल आफ्नै घरमा मृृत फेला परेका छन् । सिद्धेश्वरको अर्चले गाउँका अर्याल आफ्नै घरको वरण्डामा मंगलबार बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी सुघन्ध श्रेष्ठले बताए ।

उनका अनुसार मृतक अर्यालको शव पोष्टमाटमका लागि रिडी प्राथमिक स्वास्थ्य चौकीमा पठाइएको र यस विषयमा थप अनुसन्धान भइरहेको छ ।