Butwal Today
नवौं डाँफे कप नक आउट फुटबल प्रतियोगिता

न्यु डाँफे र एफ सि ब्रोदर्श विजयी

१६ माघ २०८०, मंगलवार
अ+
अ-

बुटवल, १६ माघ । बाकेमा जारी नवौं डाँफे कप नक आउट फुटबल प्रतियोगितामा डाँफे स्पोर्टस ‘ए’ खजुरा र एफ सि ब्रोदर्श खजुरा विजयी भएका छन । न्यु डाँफे स्पोर्टस् क्लवको आयोजनामा खजुराको मिनी रंगशालामा भएको पहिलो खेलमा आयोजक न्यु डाँफे स्पोर्टस ‘ए’ खजुराले मनकामना समाज सुधार युथ क्लब, कोहलपुरलाई ५–० गोल अन्तरले पराजित गरेको हो ।

न्यु डाँफेका स्ट्राइकर फागुराम थारुले प्रतियोगिताको पहिलो हयाट्रिक गरे । उनले एक्लै खेलमा ४ गोल गरे कुबेर सिंहले थप एक गोल गरे । खेलमा मनकामना समाज सुधार युथ क्लबका खेलाडीहरु अनुशासन बिपरित अन्तिम ५ मिनेट समय बाँकी रहदै मैदान छाडेका थिए । खेलमा न्यु डाँफेका फागुराम थारु म्यान अफ द म्याचबाट पुरस्कृत भए ।

मंगलबार नै भएको अर्को खेलमा एफसि ब्रोदर्श खजुरा विजयी भएको छ । एफसि ब्रोदशले न्यु जन परोपकार युवा स्पोर्टस क्लबलाई ३—० गोल अन्तरले पराजित गरेको हो । एफसि ब्रोदर्शका प्रेम सुनारले हयाट्रिक गरे । योसंगै प्रतियोगितामा दुई खेलमा लगातार दुई हयाट्रिक भएको छ । खेलमा एससि ब्रोदर्शका प्रेम सुनार म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगितामा विजेता टिमले नगद १ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले ८५ हजार ५ सय ५५ रुपैयासहित, कप, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक तिलकबिर सुनारले बताए । प्रतियोगितामा १२ टिमले भाग लिएका छन ।