Butwal Today

लोमस फर्मास्युटिकल्सको सिटामोल बेच्न प्रतिबन्ध

१५ माघ २०८०, सोमबार
अ+
अ-

बुटवल,१५ माघ ।   औषधि व्यवस्था विभागले लोमस फर्मास्युटिकल्सद्वारा उत्पादित सिटोफेन पारासिटामोल बिक्रीमा रोक लगाएको छ । राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षणको क्रममा कम्पनीको सीटी २०२३ ब्याचको ५०० एमजी पारासिटामोल ट्याबलेट न्यून गुणस्तरको पाइएकाले बिक्री वितरणमा विभागले रोक लगाएको हो ।
उक्त सिटामोल बिक्री वितरण नगर्न सूचनासहित बजारबाट फिर्तासमेत ल्याउन विभागले निर्देशन दिएको छ ।