ट्रेंडिंग:

>> दर्शक नजाँदा खल्लो बन्दै तिलोत्तमा महोत्सव >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

योजना अलपत्र पार्दै वडाध्यक्षकै ‘ठेक्का कम्पनी’

१४ माघ २०८०, आइतबार
१४ माघ २०८०, आइतबार

अर्घाखाँची, १४ माघ । जिल्लाको छत्रदेव गाउँपालिकाका निवर्तमान गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलको चाहना नयाँ प्रशासकिय भवनको काम सम्पन्न गरी विदाई हुने चाहना थियो । उनी निर्वाचित भएर आउने गाउँपालिका अध्यक्ष, उपाध्यक्षलाई नयाँ प्रशासकिय भवनमा स्वागत गरी विदाई हुन चाहान्थे । तर उनको सपना अपुरो नै भयो । भवन पूरा नभएकै कारण २०७९ को बैशाखमा निर्वाचित अध्यक्ष चन्द्रमान श्रेष्ठ पुरानै कार्यालयबाट सेवा दिइरहेका छन् ।

छत्रदेव गाउँपालिकाको प्रशासकिय भवनको ठेक्का लिएका ठेकेदारमध्ये पदमबहादुर भुसाल हुन् । उक्त भवनको शिवाको÷भुसाल÷बस्नेत जे.भी. सिनामंगल काठमाडौंँ कम्पनीले विड गरेकोमा काम गर्नेगरी अख्तियारनामा भुसाल निर्माण सेवा, सन्धिखर्क अर्घाखाँचीले पाएको गाउँपालिकाका इन्जीनियर साजन पाण्डेले जानकारी दिए ।

२०७७ असार २४ गते ठेक्का आव्हान भएकोमा भुसाल निर्माण सेवा सन्धिखर्कले ठेक्का पाएको थियो । गाउँपालिकाले २०७७ साल असोज ३० गतेका दिन २ वर्षभित्र अर्थात २०७९ जेठ २५ गतेसम्ममा सम्पन्न गर्नेगरी सम्झौता गरेको थियो । पाण्डेका अनुसार ५ करोड ३० लाख ४७ हजार ४१ रूपैँयामा भ्याट सहितको लागत हो ।

ठेक्का लिएर समयमै काम गर्छु भन्ने ठेकेदार पदम भुसाल अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष हुन् । निर्वाचन अगाडी नै कामसम्पन्न गर्नेगरी ठेक्का लिएका भुसाल वडा अध्यक्ष भएको २ वर्ष पुग्नै लागेको छ । विगतका ५ वर्षदेखी नै उनी काम नगर्ने ठेकेदारको सुचिमा छन् । उनले पाएजतिका ठेक्का आफै लिने काम अलपत्र पार्ने गरेको आरोप लाग्ने गरेको छ । छत्रदेवमा भएको भवन निर्माण सम्झौता उनका छोरा आकाश भुसालले गरेका छन् ।

ठेक्का लिएको निर्माण कम्पनीले काम नर्गदा गाउँपालिकाले तेस्रोपटक म्याद थप गरेको छ । गाउँकार्यपालिकाको बैठकबाट मिती २०८१ जेठ ३० गतेसम्ममा काम सम्पन्न गर्नेगरी म्याद थप गरेका छौँ, गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले भने ‘काम निकै ढिलागतीमा छ, हामीहरूले निकै दुःख पाएका छौँ ।’ गल्ती ठेकेदारले गरेको छ, अघिल्ला जनप्रतिनिधी र हामीहरूले सजाय भोगिरहेका छौँ, पटकपटक कार्यपालिकाबाट म्याद थप्यौँ, तर काममा सन्तुष्ट छैनौँ, श्रेष्ठले थपे, ‘कर्मचारीहरूलाई पनि काम गर्न भवन साघुरो भएका कारण गाह«ो भएको छ, जनतालाई पनि सहजता भएन् ।’

प्रमुख प्रशासकिय अधिकृत भेषराज घिमिरेले भवन निमार्ण पूरा नहुँदा साघुरो ठाउँबाट सेवा दिनुपरेको गुनासो गरे । उनका अनुसार भवन निर्माणको करिब ७६ प्रतिशत काम पनि भएको छ ।’ ‘अहिले अन्तिम पटकका लागी मौका भन्दै म्याद थप गरेका छौँ, जेठ मसान्तसम्म काम नगरे १ दिनपनि म्याद थप हुदैँन, ठेक्का तोड्छौँ ।

राज्यले समयमा पैसा नदिएका कारण काम गर्न नसकेको गुनासो ठेकेदार पदम बहादुर भुसालको छ । काम गरेको विलका आधारमा पैसा पाउँनुपर्ने हुन्छ, अहिले पनि करिब ४० लाखको विल बनिसेको छ, गाउँपालिकाले पैसा दिएको छैन, भुसालले भने ‘असार देखी पैसा पाएको छैन, असारमा नेटले काम नगरेका कारण पैसा पाउँन सकिन, अहिले सोध्दा खातामा पैसा छैन, भन्नुहुन्छ ।’ टेलिफोनमा भएको कुराकानीमा भुसालले भने ‘आज शुक्रबार पनि ढलाई छ, म यहीँ छत्रदेवको प्रशासकिय भवनको फिल्डमै छु, काम सञ्चालन भईरहेको छ, पाउँनुपर्ने रकम विलका आधारमा फटाफट दिएमा काम सक्छु, सम्झौता भएको अन्तिम मितिसम्ममा काम सक्छु ।’

छत्रदेव मात्र होईन शितगंगा नगरपालिकाका पनि योजनाहरू ५ बर्षदेखी अलपत्र पारेका छन् । शितगंगाको ठाडामा निर्माण हुने अस्पताल अलपत्र, हिलेखोला–रजिया कालोपत्रे सड्क अलपत्र, अमराई–सानादह सड्क कालोपत्रे अलपत्र, डमरुदह क्षेत्रको सड्क अलपत्र पारेका छन् ।

शितगंगा नगरपालिकाले ठेकेदार भुसाललाई काम सम्पन्न गर्न वा ठेक्का रोक्न भन्दै जनप्रतिनिधीले कार्यालयलाई पत्र काटेको छ । प्रदेश अन्तरगतका ठेक्का अलपत्र पारेकोले काम गर्ने सम्भावना नरहेको भन्दै ठेक्का रद्ध गर्ने तयारी रहेको सहरी बिकास तथा भवन कार्यालय भैरहवाले जनाएको छ । महालेखाले समेत जिल्लाका धेरै ठाउँमा ठेक्का लिएर काम नगरेका कारण बिभिन्न ठेक्का अलपत्र पार्ने भुसाल निर्माण सेवालाई कालो सुचीमा राख्न सुझाव दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?