ट्रेंडिंग:

>> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा

युवालाई उद्यममा जोड्न सरल नीति ल्याउन आग्रह

१४ माघ २०८०, आइतबार
१४ माघ २०८०, आइतबार

बुटवल, १४ माघ । रुपन्देहीका युवाहरुले नीतिगत रुपमा उद्यमशिलतामा जोड्ने गरि सरकारको पहल आजको आवश्यकता भएको बताएका छन । युवा पलायनको डरलाग्दो तथ्याक बाहिरीरहेको बेला स्वदेशमै युवाहरुलाई उद्यममा जोडिने गरि सरल नीति र योजना ल्याउन युवाहरुले सरकारसंग आग्रह गरे । युवा उद्यमी मन्च रुपन्देहीको आयोजनामा ‘तेस्रो युवा उद्यमी सम्मेलन–२०२४’ सम्मेलनमा बोल्ने बक्ताहरुले देशभित्र युवाहरुलाई काम गर्ने वातावरण बनाउनुपर्ने बताए ।

कार्यक्रममा ज्योति ग्रुपका निर्देशक सौरभ ज्योति, प्रमुख वक्ता निमबुस समुहका एमडी आनन्द बगारियाले वर्तमान आर्थिक अवस्था, युवा र सम्भावनाका विषयमा प्रकाश पारेका थिए ।

नेपाली युवा उद्यमी मन्च रुपन्देहीका सस्थापक अध्यक्ष आनन्द वझा, एनएमबी बैंक लिमिटेडका एमएसएमई र एसएमई प्रमुख उत्सव घिमिरे, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारी, एकादेसमा कम्पनीका सह–संस्थापक तथा सीईओ अनुजा राजभण्डारीले युवासंग उद्यमशिलता जोड्ने विषयमा प्यानल छलफलमा भाग लिएका थिए जसको मध्यस्थकर्ताका रुपमा पत्रकार रुपेश श्रेष्ठ रहेका थिए ।

कार्यक्रममा पूर्व मिस नेपाल तथा माकुसे ब्रान्डका प्रमुख कार्यकारी अधिकृत अनुष्का श्रेष्ठ, दराज नेपालका बजार प्रमुख प्रशान्त बुर्लाकोटी, उद्यमशीलता यात्रा ओहो केक काठमाडौंका प्रमुख सन्तोष पाण्डे, हाइलाइफ फूड र पहाडी फूडका संचालक प्रशान्त घिमिरे, इभी पावर इनर्जी एण्ड फर्टिलाइजर प्रा लि का संचालक अभिरथ अग्रवाल काठमाडौं किंग्स कलेज का डिजिटल रणनीति प्रमुख आलोक खत्रीले उद्यमी प्रेरणादायक कथा सुनाएका थिए ।

कार्यक्रममा उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य उज्जवल कसजु, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर प्रसाद श्रेष्ठ, युवा उद्यमी मञ्चका केन्द्रीय अध्यक्ष साहारा जोशीले युवाहरु सकारात्मक सोचबाट अघि बढ्नुपर्ने बताए । सम्मेलनमा रुपन्देही र अन्य विभिन्न स्थानमा १४ वटा स्टलमा आफनो उत्पादनलाई प्रस्तुत गरेको रुपन्देहीका अध्यक्ष सन्देश श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?