ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी
अण्डर–१९ विश्वकप क्रिकेट

निर्णायक खेलमा नेपालको जित

१३ माघ २०८०, शनिबार
१३ माघ २०८०, शनिबार

बर्दघाट, १३ माघ । दक्षिण अफ्रिकामा जारी अण्डर १९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानमाथी रोमान्चक जित निकालेको छ । सुपर सिक्स प्रवेशका लागि निकै महत्वपूर्ण खेलमा अफगानिस्तानमाथी १ विकेटको जित निकाल्दै नेपाल सुपर सिक्स प्रवेश गरेको हो ।

अफगानिस्तानले नेपाललाई राखेको १ सय ४६ रनको विजयी लक्ष्य नेपालले ४४ दशमलव ४ ओभर खेल्दै ९ विकेट गुमाएर भेटाएको थियो । नेपालको लागि कप्तान देव खनालले अर्धसतकिय पारी सहित ५८ रनको उत्कृष्ट खेल प्रदर्शन गरे । लक्ष्य पच्छाएर ब्याटिड गर्न मैदानमा उत्रिएको नेपालको सुरुवात खराव रह्यो । नेपालका ओपनर ब्याटर अर्जुन कुमाल पाँचौ ओभरमा ब्यक्तिगत १० रन बनाउँदै आउट भए । यसअघि नेपालको सिनियर टोलीमा समेत उत्कृष्ट प्रदर्शन गरेका गुलशन झा मात्र १ रनमा सातौ ओभरमा पवेलियन फर्केपछि नेपाली टोलीमा दवाव सिर्जना भएको थियो । नवौँ ओभरमा अर्का ओपनर ब्याटर विपिन रावल पनि मात्र २ रनमा पवेलियन फर्केपछि नेपाली टोली लरखराएको थियो ।
कमजोर ब्याटिड प्रदर्शन गरेको नेपालले आफ्नो चौथो विकेटको रूपमा आकाश त्रिपाठीलाई टिम स्कोर ७३ हुँदा र दिपक डुम्रे ८४ रनमा गुमाएपछि लरखराएको टोलीलाई कप्तान खनालले सम्हालीरहँदा अर्को छेउबाट दिपक बोहोराले साथ दिँदै नेपालको लागि विजयी यात्रा तय गरेका थिए । बोहोराले ४२ बल खेल्दै २७ रन जोडेका थिए । नेपालको लागि सुवास भण्डारीले रन चौका प्रहार गर्दै नेपालको जित सुनिश्चित गरेका थिए । टस जिती पहिले ब्याटिड गर्न उत्रेको अफगानिस्तानलाई नेपाली बलर आकाश चन्दले धराशायी बनाएका थिए । चन्दले ८ ओभर बलिड गर्दै ३४ रन खर्चेर ५ विकेट लिएका थिए ।

अफगानी टोली सुरुबाटै दवावमा रहेको थियो । नेपालले अफगानिस्तानको ५ विकेट पहिलो पावल प्ले (१० ओभर) भित्रै लिएको थियो । २१ औँ ओभरमा ८ विकेट गुमाएर मात्र ८८ रन जोडन सकेको अफगानिस्तानको लागि कप्तान नासिर खानले ३१, गजनाफरले ३७ र फारोदुन जावोजादीले २९ रन जोडदै टिम स्कोर १ सय ४५ रन पु¥याएका थिए । अफगानिस्तानका ५ खेलाडी सुन्य रनमै आउट भएका थिए ।
अफगानिस्तानले ४० दशमलव १ ओभर खेल्दै सबै विकेट गुमाएर मात्र १ सय ४५ रन जोडन सकेको थियो । नेपालका दिपेश कँडेलले २, गुलशन झा, सुवास भण्डारी र तिलक भण्डारीले समान १—१ विकेट लिएका थिए ।

जितसँगै नेपाल समुह डि बाट पाकिस्तान, न्युजिल्याण्ड सँगै सुपर सिक्समा प्रवेश गरेको छ । यसअघि सम्पन्न समुह चरणको खेलमा नेपाल न्युजिल्याण्डसँग ६४ रन र पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । समूह डी मा रहेको नेपाल समुहमा तेस्रो रहँदै सुपर सिक्समा पुग्न सफल भएको हो । सुपर सिक्समा नेपालले समूह ए का शीर्ष तीन टोलीविरुद्ध खेल्ने छ । सो समूहबाट भारत सुपर सिक्समा पुगिसकेको छ भने बाँकी दुई टोली बंगलादेश र आयरल्याण्ड रहने प्रबल सम्भावना रहेको छ ।

सुपर सिक्समा नेपालको समुहबाट छनोट भएका टोली विरुद्धको अंक र रनरेट पनि गनिने छ । नेपालले न्युजिल्याण्ड र पाकिस्तान विरुद्ध हार बेहोरेको हुँदा नेपालको सुपर सिक्सको सुरुवातमा कुनै अंक रहने छैन ।

अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै नेपाल समूहको तेस्रो स्थानमा रहेर दोस्रो चरणमा प्रवेश गरेको हो । नेपालले ३ खेलमा २ अंक जोड्दा अफगानिस्तान भने अंकविहिन रहँदै पुछारमा रहेर विश्वकप यात्रा टुंग्यायो । समूह चरणमा प्रतिस्पर्धा गरेका १६ टोलीमध्य सुपर सिक्समा हरेक टोलीबाट ३–३ टोली पुग्ने प्रावधान रहेको छ । सुपर सिक्समा समूह ए र डी का टोलीले एक अर्कासँग खेल्दा समूह बी र सी का टोली पनि भिड्नेछन् ।

समूहमा पहिलो हुने टोलीले सुपर सिक्समा अर्को समूहको दोस्रो र तेस्रो सँग खेल्नेछन् । यस्तै दोस्रो हुनेले अर्को समूहको पहिलो र तेस्रो तथा तेस्रो हुने टोलीले अर्को समूहको पहिलो र दोस्रोसँग खेल्ने तालिका छ । यस्तोमा नेपालले अब सुपर सिक्सको समूह १ मा समूह ए को विजेता र उपविजेता सँग खेल्नेछ । समूह ए मा भारत शीर्ष २ स्थानमा रहने पक्का हुँदा बंगलादेशले पनि पछ्याउने सम्भावना रहेको छ ।

नेपालले अब ३१ जनवरीमा समूह ए को उपविजेता तथा फेब्रुअरी ३ मा समूह ए को विजेतासँग खेल्नेछ । सुपर सिक्समा समूहको अंक पनि जोडिने हुँदा नेपालले सेमिफाइनलमाको सम्भावना राख्न दुवै खेल जित्नुपर्नेछ । समूह १ र २ का शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । चौथो स्थानको अफगानिस्तानले भने अब समूह ए को चौथो टोलीसँग खेल्नेछ । à

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?