ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

बुटवलदेखि पर्वतसम्मको यात्रा

१३ माघ २०८०, शनिबार
१३ माघ २०८०, शनिबार

बुटवल उद्योग वाणिज्य संघ रूपन्देहीको ७० औं साधारण सभा तथा २५ औं अधिवेशनबाट निर्वाचित कार्य समितिको बैठकको निर्णय अनुसार गण्डकी प्रदेश अन्तर्गत पर्वत जिल्ला कुस्मा नगरपालिकाको मुख्य बजार क्षेत्रमा पर्ने होटल बेञ्जुमा वि.सं. २०८० देखि २०८३ सम्मको तीन दिवसिय रणनीतिक योजना निर्माण तथा कार्यशाला गोष्ठी २०८० माघ ६, ७ र ८ सम्पन्न गरियो । उल्लेखित कार्यशालामा सहभागी हुन कुस्मासम्मको जाँदा र फर्कदाको विवरणलाई यात्रा संस्मरणमा समेट्ने प्रयास गरिएको छ ।

पहिलो दिन
माघ ६ गते विहान सधैभन्दा अलि चाँडै उठेर नित्यकर्म गरि पूर्व निर्धारित कार्यक्रम अनुसार ६.५५ अगावै घरबाट निस्कनुपर्ने टंक दाईको राय अनुसार म ६.४७ बजे घरबाट निस्केर बुटवल उद्योग वाणिज्य संघ तिर लागेँ । म संघमा नपुग्दै मुक्तिजी लगायतका केही साथीहरूसंग समयमै हिड्ने सन्दर्भमा कुराहरू भएको थियो । गोष्ठी संयोजक निर्मितजीले गाडी तथा सिट ब्यवस्थापन र सहजीकरणका लागि जगन्नाथजीलाई दिएपछि ५ गते राती नै कसको गाडीमा को को जाने तालिका समूहमा आइसकेको थियो । म संघ पुग्दा बित्तिकै त्यसै अनुसार मेरो गाडीमा याकुवजी, लक्ष्मण दाई र कार्यकारी निर्देशक मदनजी आ–आफ्नो झोलाहरू डिक्कीमा राखी फटाफट बस्नु भयो र मैले सबैले सुन्ने गरि मान्छे खेद्ने अघि गएर, पशु खेद्ने पछि लागेर भन्ने गरेको बुढापाकाको भनाई सुनाउदै म अगाडि लाग्छु अरू साथीहरू आउदै गर्नुहोस है भन्दै सबै पदाधिकारी, कार्यसमिति र कर्मचारीलाई समन्वय गर्न निर्मितजीलाई भन्दै हिडे । मेरो गाडीमा पेट्रोल कम कम नै थियो, गोलपार्कको व्यापार कर्पोरेसन (पेट्रोल पम्प)म ा ट्याङ्कीमा अट्ने जति पेट्रोल राखी अगाडि बढ्यौ । गाडी भित्रबाटै दुवै सिद्धबाबाको आशिर्वाद माग्दै बहुचर्चित सुरुङ्ग मार्ग हेर्दै र चर्चा गर्दै दोभान, झुम्सा, केराबारी, जोरधारा, डुम्रे, बाँसटारी हुँदै बर्तुङ पुगेर एक्कै छिन गाडी रोकियो । याकुवजीलाई एकजना फलफूल ब्यापारीले केही रकम दिएपछि हामी अगाडि बढ्यौ । गाडी बाहिर शीत र सिरेटो थियो तर हामी गाडी भित्रको ठिक्कको न्यानोमा आउँदै गरेको बुटवल उद्योग वाणिज्य संघले फागुन १० गते देखि १४ गतेसम्म संचालन गर्न गइरहेको प्राङ्गारिक कृषि मेला–२०८०, कृषि उत्पादन र बजारिकरणको बारेमा छलफल गर्दै कुहिरोको खास्टोमा लुटमुटिएको माडी फाँट र वारीपारीका डाँडाकाँडा हेर्दै आर्यभञ्ज्याङ पुगियो । हामी संगसगै टिकारामजी, गणेशजी समेतका साथीहरू पनि आइपुग्नु भयो । सुक्खारोटी र मटरको तरकारी सहितको खाजा तय भैसकेको थियो । आर्यभञ्ज्याङबाट १ कि.मी अगाडि माउन्टेन भ्यु होटलमा खाजा तैयार नै थियो । नरिश्वरजी र वसन्त दाई बाहेकका सबै साथीहरू भेट भएर बिहानी खाजा खाई सामूहिक रूपमा फोटो खिचाई फेरि पनि मानिस खेद्ने अगाडिबाटको फर्मुला अनुसार हाम्रो टोली अगाडि बढ्यो । बिहानको खाना पोखराको मार्फा थकालीमा तय भईसकेको थियो । त्यही अनुसार हामी सबै आ–आफ्नो स्वभाव शैली अनुसार अगाडि पछाडी हुँदै अगाडि बढ्दै गयौ । उज्ज्वल दाई र टंक दाई एउटै गाडीमा हुनुहुन्थ्यो । उहाँहरू वालिङ उद्योग वाणिज्य संघमा भेटघाट गर्न समेत भ्याउनु भो । हामी भने मायाँटारीमा पुतलीबजार नगरपालिकाका वार्ड सचिव दिपकजीको घर पसी एक छिन बस्यौ र तातो पानी पिएर अलिकती सुन्तलाको पाहुर ग्रहण गरि अगाडि बढ्यौ । हामी बस्दाबस्दै सुरजजी र निर्मितजीको गाडीले उछिनी हाल्यो । हामी पाहुरका सुन्तला खाँदै बुटवल बजारमा स्याङ्जाली सुन्तलाको प्रभाव हिजो र आज शिर्षकमा व्यापक छलफल भयो । हामीलाई सुन्तला पाहुर दिने दिपकजी ४/५ वर्ष अगाडिसम्म सुन्तलाको राम्रै कारोवारी हुनुहुदो रहेछ । बिचबिचमा सहयात्री अरू गाडीमा रहनुहुने साथीहरूसंग कुरागर्दै पारिलो घामको न्यानोपना गाडीभित्रै महसुस गर्दै पोखराको बिरौटामा ५ वटा गाडीका साथी भेट भई बुटवलमा बाक्लै आइजाई गर्ने एकजना साथीको आधुनिक पार्टी प्यालेसको अवलोकन गरि मार्फा थकाली होटल गुगल लोकेसन सर्च गर्दै अगाडि बढ्यौ र निर्धारित समयमै पोखराको गन्तब्यमा पुगियो ।

बुटवल उद्योग वाणिज्य संघको रणनीतिक योजना तथा संघ ब्यवस्थापन गोष्ठीका सहजकर्ता दिप्ती मेडम र दिलिप सरसंग काठमाडौबाट उहाँहरू चढ्ने प्लेन डिले भएको सन्दर्भमा पटक पटक मदन सरले कुरा गर्दै आउनुभएको थियो । हामी खानाखाने होटल पुग्ने बित्तिकै दिप्ती मेडमले दिलिप सर आफू पोखरा ल्याण्ड भएको जनाउदिने गरि मदन सरलाई फोन गर्नुभयो । मदन सरले होटलको लोकेसन दिइ ट्याक्सीमा आउन आग्रह गर्नुभयो । हामीसंगै गएका सबै साथी पुग्दा नपुग्दै दिप्ती मेडम र दिलिप सर हामी भएकै ठाउँमा पुग्नुभयो । मार्फा थकालीको ब्यवस्थापनले संघको सम्पूर्ण टिमलाई खादा र पुष्पगुच्छा सहित सबैलाई भव्य स्वागत गर्नुभयो । यहि बीचमा पोखराका स्टेशनरी ब्यवसायी मोहन सापकोटा शिष्टाचार भेटका लागि टुप्लुक्क आईपुग्नु भयो । ततपश्चात् हाम्रो सहजकर्ता द्वयलाई नरिश्वरजीको गाडीमा जाने गरि पहिले नै सेडुल तयार थियो । सोही बमोजिम अगाडि पछाडी हुँदै करिव ५ बजेको सेरोफेरोमा हामी सबै सकुशल कुस्मा पुग्यौ । बिहान सबेरै देखि पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष गोपी अधिकारीसंग मेरो सम्पर्क भैरहेको थियो । ६ गते साँझ पर्वत उवासंघसंग औपचारिक भेटघाटमा शनिवार धेरै साथीहरू अनुपस्थित हुने भएका कारण अनौपचारिक रूपमा भएपनि संक्षिप्त कुराकानी गरि साँझ कार्यशाला गोष्ठीको उदघाटन समारोहमा उपस्थितिका लागि निमन्त्रणा गरि हामी कोही केबुलकारबाट र केही पुलबाट हामी बस्ने तय भएको कालीपारी बाग्मुङ्को बलेवा कालीगण्डकी छेउमा पर्ने होटल द क्लेफतर्फ लाग्यौ ।

रणनीतिक योजना तथा संघ ब्यवस्थापन गोष्ठीको औपचारिक कार्यक्रम नेउवा महासंघका केन्द्रिय सदस्य एवम निवर्तमान अध्यक्ष उज्ज्वल कसजु, पर्वत उवासंघका अध्यक्ष गोपी आधिकारीको समुपस्थितिमा सम्पन्न गरि दिनभरको थकाइ मेटाउने निरोधक जुस र स्न्याक्सतर्फ लाग्यौ । संयोग हाम्रो कार्यसमितिका सहकोषाध्यक्ष धनाकुमारी खनालको जन्मदिन भएका कारण अहिलेको चलनचल्ती अनुसार वर्थ–डे केक काटी शुभकामना दिई नियमित भोजनतिर लागियो । भित्री तातोले रमाएका हामी सबै केहीबेर नाचगान गरि कोहो टेण्टरुममा कोही नर्मल रुममा लागियो । भव्य होटल, रोमाण्टिक माहोलले दिनभरको थकाइ बिर्साइ दियो ।

दोश्रो दिन
माघ ७ गते बिहान सधैजस्तै ७ को सेरोफेरोमा नित्य कर्म सकी ब्रेकफाष्टका लागि हलतिर लागियो । भ्रमणको मुख्य उद्देश्य मूल कार्यदिन आज हो भनी सम्झदै सबै साथिहरू (कार्यसमिती, सहजकर्ता र कर्मचारी) लाई हेल्लो हाई गर्दै रणनीतिक योजना तथा संघ ब्यवस्थापन गोष्ठी स्थल कुस्मा बजारको होटल बेन्जुतर्फ लागियो । नयाँ भूगोल त्यसमा पनि एडभेन्चर टुरिजमका लागि ख्याती प्राप्त स्थान भएकोले होला द क्लिफदेखि बेन्जुसम्मको यात्रा समय अलि बढी लाग्यो र हामी निर्धारित समय भन्दा केही ढिला भैसक्यौ । गोष्ठी स्थलको चिसो हलले हामी सहभागी र सहजकर्ताको मन तताउन पनि केही समय लियो । विषयको गाम्भिर्यतासंगै सबैको ज्यान तात्दै गयो । समूह बिभाजनमा क्याफे मोडल र विषयबस्तु प्रस्तुतिको कम्पास मोडल उत्कृष्ट लाग्यो । समुहगत रूपमा साथीहरूको सकृयता र नविनतम दृष्टिकोणलाई कार्यान्वयन तहमा पु¥याउन पदाधिकारी, सदस्य र कर्मचारीको साझा प्रतिवद्धता र समान सहभागिताको विषयको उठानले सबै हामी सहभागी र सहजकर्तालाई गंभीर तुल्याएको महसुस मैले गरेँ ।

साँझको ५ बज्दानबज्दै पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष गोपी अधिकारीले बुटवल उद्योग वाणिज्य संघका कार्यसमितिको संगको स्वागत तथा भेटघाट कार्यक्रममा समयमै उपस्थितिका लागि आग्रह गरेपछि दिनभरको मेलो छोट्याउदै पर्वत उद्योग वाणिज्य संघको कार्यालयतिर लाग्यौ । प्रतीक, उमेश र निर्मित साँझको व्यस्थापनमा आवासीय होटल तिर गए बाहेक हाम्रो संघ परिवारका सबै सदस्यको सहभागिता सहित पर्वत र बुटवल उद्योग वाणिज्य संघका सबै पदाधिकारी सदस्यको समुपस्थितिमा कार्यक्रम शुरु भयो । पर्वत उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरूले बुटवल र पर्वतको पुरानो ब्यावसायिक सम्बन्ध र नेउवा महासंघको जिल्ला नगरप्रतिको दृष्टिकोण राख्दै गर्दा हामी सबैमा केही हर्षित र केही गम्भिर भयौ । बुटवल उद्योग वाणिज्य संघसंग पर्वत उद्योग वाणिज्य संघले भगिनी सम्बन्ध राख्न चाहेको र बुटवलको निर्णय नभईसकेको समेत जिज्ञासा राख्नुभयो । हाम्रो तर्फबाट संघको संरचनागत ब्यवस्था, पर्वतमा उत्पादन हुने कृषि उपजको बिक्री बुटवल ल्याउन र बुटवलबाट अन्य मालबस्तु खरिदका लागि आग्रह ग¥यौ । साहासिक पर्यटकीय गन्तव्य बनेको पर्वतको भविष्य उज्वल रहेको, सुनौली कोरला नाका जोड्ने कालिगण्डकी कोरिडोरको अधिकतम फाइदा लिदै बिजनेस ट्रान्जिट पोइन्टका साथै मुक्तिनाथ जाने धार्मिक पर्यटकको समेत विश्रामस्थलको रूपमा विकास गर्न सक्दा स्वरोजगार, आत्मनिर्भरता र सबल आर्थिक केन्द्र बन्न सक्ने संभावनाको समेत चर्चा गरियो । कार्यक्रम पश्चात सबै साथी आवासीय होटलतिर लाग्नुभो । म र टंक दाई एफएनएसबीका केन्द्रिय सदस्य रमेश पौडेल भाईलाई भेट्न जय दुर्गे पुस्तक पसलतिर लाग्यौ । कालीको तिरको बास भएकाले ज्यान तताउने हिटर मेरो गाडीमा रहेका कारण बेला बेलामा साथीहरूले चाँडै आउन फोन गरिरहनु भएको थियो । हतार हतार हामी होटलतिर फर्कदै थियौ । संयोग हामी बसेकै होटलमा बस्ने गरि नेकाका नेता आदरणीय सशांक कोइराला जाँदै हुनुहँुदो रहेछ, संगसगै होटल पुग्यौ ।

संयोगले आज निर्मित भाईको विवाह उत्सवको दिन परेछ । साथीहरूले केक ल्याएर उत्सवको तयारी गरिसकेका रहेछन । मैले सशांक दाई आएको खवर सुनाएपछि मुक्तिजीले सशांक दाई, तरुण दलका अध्यक्ष विद्वान गुरुङ र अन्य नेता समेतलाई विवाह उत्सवमा सरिक गराउनु भयो र माहोल थप उल्लासमय बन्यो । त्यसपछि चिसोमा पनि तातो हुने बस्तुको इच्छा अनुसार उपयोग गर्दै खाना खादै नाचगान सहित रमाइलो गरियो । म १०.३० बजेतिर आवासीय टेण्ट तिर लागेँ । मुक्तिजी र म एउटै कोठामा बसेका थियौ । उहाँ पनि ११ बजे तिर हस्याङ्फस्याङ गर्दै रुममा आएर सुत्न नपाउदै विमलजीको नेतृत्वमा भैली टोली लौन हो अध्यक्षज्यु र महासचिव भन्दै नाचगानमा सरिक हुन आग्रह गर्दै आउनु भयो र नाच्न शुरु गर्नु भो । हामी भने एकछिन निदाएको अभिनय ग¥यौ तर सुखै पाइएन । मुक्तिजी बाहिर गएर नाच्न शुरु गर्नु भो । म पनि एक्कैछिनमा तातो कपडा लगाउदै बाहिर निस्किएँ । बाहिर जाँदा त विमलजी, काशिराम दाई, दिपक चापागाई, दिपक घिमिरे, जगन्नाथ र दिपजी लगायतका साथीहरू आएका रहेछन । करिव आधा घण्टाको नाचगान पछि टोली आ–आफ्नो कोठामा फर्कियो । हामी पनि निद्रा देवीको समीपतिर लाग्यौ ।

तेश्रो दिन
माघ ८ गते बिहान करिव ७.३० बजेतिर नित्यकर्म गरि लगेज लिएर ब्रेकफाष्ट लिने स्थानतिर लागियो । कार्यक्रम स्थलबाट नै बुटवलतिर फर्कने हँुदा केही सामूहिक र एकल फोटाहरू खिच्यौं । होटलको बिल समेत भुक्तान गरि निस्कनुपर्ने भएका कारण बिल बनाउँदा केही ढिला हुँदै थियो । रूपाजीले भुक्तानीको ब्यवस्था गर्नुभयो । धेरै साथीहरू कुस्मातिर लागिसक्नु भएको थियो । हामीपनि पछिपछी लाग्यौ । पुलको कुस्मा साइड आउँदा आउँदै हाम्रो कार्य समिति सदस्य जमुना पौडेल बन्जी गर्न नियमानुसार लाग्ने शुल्क बुझाईसक्नु भएको रहेछ । हामी सबै उहाँको साहसको प्रशंसा गर्दै केही साथीहरू जमुनालाई हौसला प्रदान गर्न बस्नु भो भने हामी धेरै कार्यक्रमस्थल तिर लाग्यौ किनभने हामी निर्धारित समयभन्दा धेरै ढिला भईसकेका थियौ । बेन्जु होटल पुग्दा माननीय चन्द्र भण्डारी लवीमा भेट हुनु भयो । भलाकुसारी गरि फोटो खिचेर हामी हाम्रो काममा लाग्यौं । हामी हलमा पस्दा नपस्दै जमुनाजी र अरू साथीहरू हँसिलो चेहरा बनाउदै पस्नु भो । सबैले जमुनालाई बधाइ दिनुभयो । यत्तिकैमा चन्द्र दाई हाम्रो कार्यक्रम बारेमा बुझ्न हामी रहेको हलमा आउनुभयो । केही संक्षिप्त कुराकानी भए अनि संयुक्त फोटो खिची फर्कनुभयो । हामी हाम्रो नियमित कार्य समूहको प्रस्तुतिको प्रक्रियामा लाग्यौ । चारवटा समूहमध्ये कसले पहिले प्रस्तुति गर्ने भन्ने निर्णय चिठ्ठा प्रक्रियाबाट दिलिप सरले निर्धारण गर्नुभयो । ब्राभो, डेल्टा, चार्ली र अल्फा नामका चार समुहबाट उत्कृष्ट कार्यक्रम र प्रस्तुति छनौटको आधुनिक प्रक्रिया अवलम्बन गरि उत्कृष्ट घोषणा गरि पुरस्कार समेत वितरण गरियो । त्यहीबीचमा कुस्मा उद्योग वाणिज्य संघबाट हाम्रो भ्रमण दलका सबै सदस्यलाई पर्वतको मूख्य उत्पादनमध्येको लप्सीको अचार संझना स्वरूप प्रदान गर्न अध्यक्ष गोपीजी र वरिष्ठ उपाध्यक्षले सबैलाई वितरण गरि फर्किसक्नु भएको थियो । हलभित्र कार्याशाला गोष्ठीका सबै कार्य सम्पन्न गरि सहजकर्ताहरूलाई मायाको चिनो समेत प्रदान गरि सबै कार्यक्रम समापन गरि दिउँसो १.१० बजे बुटवलका लागि हिँडियो । कुस्मा पोखरा सडकमा पर्ने काडें भन्ने स्थानको भण्डारी होटलमा रंगीन र सादा खाना खाई अगाडि पछाडी हुँदै बुटवलतिर लाग्यौं । विशेषकामले नरिश्वरजी विहान सबेरै पोखरा–काठमाडौ हुँदै बिराटनगर पुग्नुभएको थियो भने अन्य साथीहरूमध्ये प्रतीक, निर्मित, उमेश तिनजना साथी एकरात पोखरा आराम गरि आउने भन्नुभयो भने जमुनाजी पनि आफन्तसंगको भेटघाटका लागि पोखरा नै रोकिनुभयो । अरू हामी बुटवलतिर लाग्यौं । अगाडि पछाडिका साथीहरूसंग फोन सम्वाद गर्दै मायाटारीमा हामीले गाडी रोकी सुन्तला किन्यौं । खादै गफ गर्दै वालिङ पुग्नै लाग्दा टंक दाई र मेरो गाडीमा भएका साथिले चिया पियौं । अनि काशीराम दाई र सुरजजीका छुट्टाछुट्टै गाडी समेत चार गाडीका साथीको सामूहिक चियापान कार्यक्रम राम्दीमा तय भयो तर काशीराम दाईहरू चिया नपिउने घोषणा फोनबाट सुनाइ अगाडि बढ्नु भो । हामी भने राम्दीमा चिया खाजा खाएर मात्र अगाडि लाग्यौं । हामी राम्दीबाट हिड्दा ७.३८ भएको थियो । आर्यभन्ज्याङबाट यता बुटवलतिर लागेपछि माडी फाँट र वरिपरिको पहाडको बिजुली वत्तीको दृष्य वास्तवमा मनमोहक थियो । राती १० बजेपछि दोभानबाट बुटवल र बुटवलबाट दोभानतिर गाडीको आवागमन बन्द गराइ सुरुङ्ग मार्गको काम भइरहेकोले समयको अली बढी दवाव थियो । नभन्दै हामी ९.४० तिर गोलपार्क आयौ । मदन सर त्यही गोलपार्क झर्नु भो, लक्ष्मणजी नविल बैंकनेर र याकुवजीलाई कालिकापथ छोडी म पनि घर आई विश्राम गरेँ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?