ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

प्रसूति पश्चात स्याहारको महत्व

१२ माघ २०८०, शुक्रबार
१२ माघ २०८०, शुक्रबार

कुनै पनि आमाले आफ्नो गर्भको अवधी पूरा गरी बच्चालाई जन्म दिएपछि साल बाहिर निस्किएको समयदेखि सन्तान उत्पादनमा संलग्न रहेका सम्पूर्ण अंगहरू गर्भवतीपूर्वको अवस्थामा जान लाग्ने समयलाई सुत्केरी अवस्था वा पोस्ट नेटल पिरियड भनिन्छ । सामान्यतया सुत्केरी अबस्था पोस्ट नेटल पिरियड ६ हप्ताको अर्थात ४५ दिनको मानिन्छ । तर सम्पूर्ण अंगहरू पहिलेको अवस्थामा आउन तिन महिना लाग्ने भएकाले यसलाई गर्भवतीको चौथो अवस्था वा फोर्थ ट्राईमिस्टरपनि भनिन्छ । यस समयमा गरिने आमा र बच्चा दुबैको शारीरिक परिक्षण र तिनीहरूलाई गरिने स्याहार सुसार र सम्पूर्ण सल्लाहलाई प्रसुतीपश्चातको स्याहार पोस्ट नेटल केयर भनिन्छ । प्रसुती पश्चातको स्याहारलाई पनि बिशेषगरेर एउटा प्रोटोकलकै आधारमा चारपटक अनिबार्य रूपमा जाँच गराउनु पर्दछ । यसलाई नेपाल सरकारद्वारा सेबा प्रदान गरेका गर्भवती जाँच तथा सुत्केरी गराउनको लागि सूचिकृत गरिएका सबै स्वास्थ्य संस्थाहरूबाट अनिवार्य यो सेवालाई निरन्तरता दिएको छ । यसरी सूचिकृत संस्थाबाट निम्न अनुसार अनिवार्य प्रसुति पश्चातको जाँच गर्नुपर्दछ । हाल आएर नेपाल सरकारले हरेक स्थानिय तहसंगको सहकार्यमा आमा र बच्चाको स्वास्थ्य अवस्थालाई थप टेवा दिने उद्देश्यले प्रसुति पछिको स्याहारको भेट कार्यक्रम लागू गरेको छ । यसकार्यमा हरेक सूचिकृत स्वास्थ्य संस्थाबाट दक्ष स्वास्थ्यकर्मीहरू घर घरमा गएर आमा र बच्चालाई स्वास्थ्य सम्बन्धि जाँच तथा परामर्श सेबा दिने महत्वपूर्ण कार्यको थालनी गरेको छ भने प्रत्यक्ष जुन ब्यक्ति हो उसले त यस कार्यलाई अनिबार्य रूपमा जाँच गराउनु महत्वपूर्ण मानिन्छ ।

– पहिलो जाँच बच्चा जन्मेको २४ घन्टाभित्रमा गर्ने ।
– दोस्रो जाँच बच्चा जन्मेको ३ दिनमा अनिवार्य गर्ने ।
– तेस्रो जाँच बच्चा जन्मेको ७ दिनमा अनिवार्य गर्ने ।
– चौथो जाँच बच्चा जन्मेको ४५ दिनमा अनिवार्य गर्ने ।
आवश्यकताको महसुसका आधारमा भने जतिबेला पनि स्वास्थ्य संस्थामा गई अथवा स्वास्थ्यकर्मीलाई भेटी आफ्नो स्वास्थ्यको जानकारी लिने कार्य चाँही हरेक नागरिकको नैसर्गिक अधिकारको पक्ष नै हो भन्नमा कुनै अतियुक्ति नहोला ।
बिशेषगरी प्रसुतीपश्चातको जाँचको आवश्यकताको आधारमा यसका मुख्य सिद्वान्तहरू रहेको पाईन्छ । आमाको स्वास्थ्य सामान्य स्थितिमा पु¥याउन सहयोग गर्ने । सुत्केरी आमालाई संक्रमण हुनबाट बचाउने । बच्चाको हेरचाह गर्न र स्तनपानको स्थापना गर्ने र परिबार नियोजन सम्बन्धि आवश्यक जानकारी दिनु यसको महत्वपूर्ण पक्ष मानिन्छ । किनकी नेपालमा सुत्केरी आमाहरूको मृत्युको प्रमुख कारण नै सुत्केरी अवस्थामा रगत बगेर हुने गरेको तथ्यांक पाईएको छ ।

प्रसुतीपश्चातको स्याहारबाट फाइदाः
यस प्रकारको नियमित जाँचले बिशेषगरी आमा र बच्चालाई प्रत्यक्षरूपमा फाईदा पु¥याउँछ भने परिवारका सम्पूर्ण सदस्यहरूलाई समेत पारिवारिक, मानसिक, सामाजिक र आर्थिक पक्षमा फाईदा पु¥याएको हुन्छ । यसले बच्चालाई उसको हुनुपर्ने बृद्धि विकास, शारीरिक तौल र उसको शारीरिक अंग प्रत्यङ्गहरूको समेत अबस्था थाहा पाउन सकिन्छ भने आमाको शारीरिक, मानसिक, पारिबारिक र सामाजिक अवस्थाको साथसाथै प्रसुती पश्चातको सम्पूर्ण अवस्थाको बारेमा जानकारी पाई थप केही सुधार र सचेत रहनुपर्ने कुराहरूमा समेत महत्वपूर्ण जानकारी लिन सकिन्छ । साथै आमा र बच्चा परिवारकै सदस्य भएको नाताले उनीहरू दुबैको स्वास्थ्यलाई जोगाएर राख्न सकेमा बच्चा जन्माएकै कारणबाट परिबारमा कुनै किसिमको नकारात्मक समस्या देखा नपरेमा परिबारका सम्पूर्ण सदस्यहरूसमेत पारिबारिक मानसिक, सामाजिक र आर्थिक समस्या समेत देखा नपर्ने हुँदा प्रसुती पश्चातको स्याहारलाई नित्यन्तै महत्वको साथमा हेरिएको पाईन्छ ।
अन्त्यमा समग्र रूपमा भन्ने हो भने सरकारले जतिपनि लगानी गरेको छ, त्यसकै आधारमा सेवाग्राहीहरूबाट सेबा पाएको आधार भने स्वास्थ्यको डाटाबेसको आधारमा अझैपनि कमी पाइएको छ । यसमा जिम्मेवारी कसले लिने त भन्ने सन्र्दभमा अहिलेको नयाँ संरचना अनुसार बर्गीकरण गरिएको राज्यका तिनबटै तहका निकाय त्यहाँ रहेका सम्पूर्ण जनप्रतिनिधिहरू प्रशासन र स्वास्थ्यका क्षेत्रमा काम गर्न खटिएका सम्पूर्ण सरोकारवालाहरूको नङ्ग र मासुको सम्बन्धका साथ हातेमालो गरेर आ– आफ्नो ठाउँबाट देशैभरीको जनमानसलाई स्वास्थ्यको बारेमा जनचेतनामूलक सन्देश फैलाउन सकेमा यसको आवश्यकताको बारेमा बुझाउन सकेमामात्र यो कार्यले पूर्णता पाउँदछ । स्वास्थ्यका सुचकहरू लक्ष्यका आधारमा पूरा हुन्छन् । अन्यथा जबसम्म स्वास्थ्यलाई राज्यका सम्पूर्ण निकायहरूबाट प्रमुख स्थानको रूपमा राखेर अगाडी बढाउन सकिदैन तबसम्म नारामा स्वास्थ्यलाई मौलिक अधिकार भन्ने तर स्वास्थ्यको क्षेत्रमा काम गर्दा अरूको मातहतमा रहेर मात्र काम गर्ने प्रबृतिलाई सुधार गर्न नसक्दासम्म यी सम्पूर्ण कुराहरू नारामामात्र सिमित नरहला भन्न सकिदैन । त्यसैले सरोकारवाला सम्पूर्णको यसमा ध्यान जानु अत्यन्तै आवश्यक देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?