ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

‘सैनामैना थारु होम स्टे’: मिठो स्वाद, फरक अनुभव

होम स्टेमा थारु संँस्कृति प्रदर्शन गरिन्छ । झुमरा, लाठी नाँच प्रदर्शन गरी पाहुनालाई मनोरन्जन दिईन्छ । यसबाट नयाँ पिँढिका थारु युवालाई संस्कृति बचाउँदै सिकाउनमा मद्दत मिलेको छ ।
१२ माघ २०८०, शुक्रबार
१२ माघ २०८०, शुक्रबार

बुटवल, १२ माघ । रूपन्देहीको सैनामैनाको उचडिहवामा रहेको सैनामैना थारु होमस्टे चर्चामा छैन । तर पातलो रूपमा त्यहाँ पुग्ने पाहुनाहरू मिठो स्वाद र फरक अनुभव लिएर फर्किन्छन् । सरौली चोकभन्दा अगाडि मुख्य हाईवे देखि ५ सय मिटर उत्तरमा रहेको उचडिहवामा ७१ घरधुरी थारु समुदाय बसोबास गर्छन । उनीहरूलाई होमस्टे संचालन तालिम दिएर २०७३ सालमा स्थानीय सरकारको सहयोगमा होमस्टे निर्माण शुरु भयो ।

२०७८ सालमा तयारी पुरा गरि २–२ लाख रूपैयाँ नगरपालिकाबाट सहयोगमा ४ जना क्षमताका ५ वटामा एटेज बाथरुम सहितको पूर्वाधार निर्माण भए । तामझाम सहित औपचारिक रूपमा सुभारम्भ भयो । शुरुवातमा राम्रो भयो । होमस्टे संचालनका लागि ब्यवस्थापन गर्ने गरि अगुवा खुशीराम चौधरी अध्यक्ष बने । जसको सचिव सुर्जमान थारु छन । थारु संस्कार, संस्कृतिलाई जर्गेना गर्दै पिछडिएको थारु महिलाहरूलाई आर्थिक आयआर्जनमा जोड्ने लक्ष्यसहित शुरु गरिएको २ वर्ष जति राम्रै चल्यो । होमस्टे प्रचारप्रसार कम हुँदा निरन्तरता दिन कठिनाई भएको छ । अहिले १५ वटा घरहरूमा होमस्टे संचालनमा छन ।

संस्थाका सचिव ५९ वर्षिय सुर्जमान थारु समाजसेवीका रूपमा होमस्टे जगाउन लागेका छन । ‘हाम्रो पाहुनालाई सेवा दिनु नै धर्म हो ।’—उनले भने । एकातिर हाम्रो संस्कृति जोखिने र अर्कोतर्फ आम्दानीको पाटोका रूपमा विकास हुने भएकाले पनि यसमा आकर्षित भएको उनी बताउँछन । पुस्तौली मिल संचालन गर्दै आएका उनी घरभित्र रहेका थारु समुदायका महिलाहरूलाई होमस्टे संचालनबाट आर्थिक रूपमा सबल बनाउने गरि सहयोग मिलेको बताउँछन । ‘बुहारीहरू यसमा सघाउँछन र उनीहरू नै हरहिसाब गर्छन,’— उनले भने ।

करीब ७ कठ्ठा क्षेत्रफलमा सभाहल निर्माण भएको छ । देविको थान (दिवहार) निर्माण भएको छ । जहाँ थारु संस्कृति प्रदर्शन गरिन्छ । मादल, ढोल लगायत बाजा समेत शुरु भएको छ । झुमरा, लाठी नाच, थारुभाषाका गितमा मनोरन्जन दिईन्छ । नया पिढिका युवाहरूलाई संस्कृति सिकाउन मद्दत मिलेको उनि बताउँछन । तराईको आदीबासी थारु समुदायको थारु सम्वत २६४७ गत आईतबार राती १२ बजेपछि शुरु भएको छ । थारु समुदायहरू सम्वतलाई विविध सास्कृतिक, मनोरन्जनात्मक कार्यक्रम गरि सप्ताहब्यापी रूपमा मनाएका छन । आईतबार रूपन्देहीका आधा दर्जन युवाहरू तिनै थारु समुदायको संस्कृतिलाई बुझन र रमाउने अवसर खोजी गर्दा उचडिहवा पुगे । पर्यटन क्षेत्रमा केही गरौ भन्ने हुटहुटी बोकेका युवाहरू आईतबार उचडिहवामा रहेको सैनामैना थारु होमस्टेमा मिठो आतिथ्यताले लोभ्यायो ।

(पाहुनान्के स्वागत बा) लेखिएको आफनै भाषाको स्वागत बोर्डमात्र होईन उत्तिकै मिठा खान्की भएको ब्यवसायी निशान कार्की बताउँछन । ‘साँच्चै नै थारु संस्कृतिलाई नजिकबाट चियाउने अवसर मिल्यो ।’—उनले भने । यो संस्कृतिलाई अब पर्यटनसंग जोडेर आर्थिक सबलीकरण गर्ने गरि अघि बढ्न जरुरी रहेको उनले बताए ।

पर्यटन क्षेत्रमा नै लागेका युवा उद्यमी सन्तोष केसी बुटवल सेरोफेरोमा निक्कै उत्कृष्ट संस्कृति भेटिएको बताउछन । नया पुस्तालाई सिकाएर यसको ब्यवस्थापनमा ध्यान दिन सके आन्तरिकमात्र नभई बाह्य पर्यटक समेत भित्राएर आर्थिक रूपमा सबल हुन सकिने उनको दाबी छ । रूपन्देहीको होटलहरू यहाको संस्कृतिलाई उजगार गर्दै प्याकेज योजनाका कार्यक्रम ल्याउनुपर्ने उनको तर्क छ ।

सालको काठको दार, माटो र खपटाबाट बनाईएको थारु भान्सामा ४२ वर्षिय पवित्रा थारु मिठा परिकार पकाउछिन । उनलाई परिवार सदस्यहरूले साथ दिन्छन । सबै मिलेर पाहुनालाई मीठो परिकार खुवाउछन । आफनो संस्कृतिका ढिकरी, माछा, पतुसनी (कर्कलाको पकौडा), चेची, घोघिका परिकार पकाएर दाउरा चुलोमा पकाईएको स्वादिष्ट खाना उनले पस्किन । थारु संस्कृतिका मिठा परिकार मानव स्वस्थ्यका लागि समेत उत्तिकै उत्कृष्ट मानिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?