ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

कृष्णनगरमा निशुल्क स्वास्थ्य शिविर

१२ माघ २०८०, शुक्रबार
१२ माघ २०८०, शुक्रबार

कपिलवस्तु, १२ माघ । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. १२ हृदयनगरमा एक दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । नेपाल प्रहरी श्रीमती संघको आयोजनामा भएको शिविरमा युनिर्भसल मेडिकल कलेज भैरहवाको प्राबिधिक सहयोग, नेपाल औषधी व्यवसायी संघ कपिलवस्तुको सहयोग, कृष्णनगर नगरपालिकाको सहकार्य र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको संयोजक रहेको थियो । शिविरमा मेडिकल कलेजका ६ जना बिशेषज्ञ डाक्टर सहित ३२ जना स्वास्थ्यकर्मीको टोलीले सेवा दिएको थियो ।

करिब १ हजार जनालाई निशुल्क उपचार सेवा दिने लक्ष्य राखिएको शिविरमा जनरल फिजिसियन, बालरोग, महिला तथा प्रसुती, हाडजोर्नी, छाला तथा यौन रोग तथा नाक कान घाटीको बिशेषज्ञ सेवा उपलब्ध गराईएको थियो । त्यसै गरि शिविरमा आउने बिरामीका लागी मुटुको ईसिजी, प्रयोगशाला र फार्मेसी सेवा निशुल्क उपलब्ध गराईएको थियो । नेपाल प्रहरी श्रीमती संघले देशैभर स्वास्थ्य सेवा सहितका सामाजिक सेवा उपलब्ध गराउदै आएको नेपाल प्रहरी श्रीमती संघकी केन्द्रिय अध्यक्ष लक्ष्मी कुवरले जानकारी दिईन । “सेवा नै धर्म हो भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै सामाजिक कार्य गर्दै आएका छौ । शिक्षा, स्वास्थ्य, क्षमता बिकासका क्षेत्रमा हामीले स्वतहःफुर्त सहयोग गर्दै आएका छौ । ” उनले भनिन । शिवीर आयोजनाले दुरदराजका नागरिकले सहज स्वास्थ्य सेवा पाउने उनले स्पष्ट पारिन ।

कृष्णनगर नगरपालिका क्षेत्रमा ठुला अस्पताल नरहेको अवस्थामा आम नागरिकलाई शिवीर आयोजनाले स्वास्थ्य सेवा उपभोग गर्न सहयोग पुगेको कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाहले बताए । उनले नागरिकको स्वास्थ्यलाई दृष्टिगत गरि भैरहवा मेडिकल कलेज सम्म निशुल्क बस सेवा, स्वास्थ्य उपचारमा सहुलियत लगायतको योजनामा काम गर्दै आएको स्पष्ट पारे । गरिब र बिपन्न समुदायलाई लक्षित गरि आयोजना गरिएको शिवीरमा स्वास्थ्य सेवा लिनका लागी ठुलो संख्यामा बिरामी आउनुले कार्यक्रमको औचित्य प्रष्ट्याएको कपिलवस्तुका प्रजिअ बिश्व प्रकाश अर्यालले स्पष्ट पारे । सिमावर्ती क्षेत्रका नागरिकको स्वास्थ्य समस्या सम्बोधन गर्न शिवीर प्रभावकारी हुने कपिलवस्तुका प्रहरी उपरिक्षक नवरत्न पौडेलले बताए । शिवीर आयोजनाका लागी सहयोग गर्ने सबै निकायलाई उपरिक्षक पौडेलले धन्यबाद दिए । शिविरमा उपचारका लागी आएका बिरामीको लागी निशुल्क औषधी उपलब्ध गराउने कार्य नेपाल औषधी व्यवसायी संघ कपिलवस्तु शाखाले गरेको संघका अध्यक्ष मनीराम पाण्डेयले जानकारी दिए ।

यस अघि नेपाल प्रहरी श्रीमती संघले तौलिहवा स्थित कपिलवस्तु बाल गृहका २७ अभिभावकबिहीन बालकको सहयोगका लागी लत्ताकपडा र खाधान्न बितरण गरेको थियो । कार्यक्रममा केन्द्रिय अध्यक्ष लक्ष्मी कुवर, लुम्बिनी प्रदेश अध्यक्ष निलम कडायत, गण्डकी प्रदेश अध्यक्ष कमला खनाल, संघकी कपिलवस्तु अध्यक्ष लक्ष्मी कुमारी शर्मा पौडेल, कपिलवस्तु बाल गृहका अध्यक्ष गोपालमणी ज्ञवाली लगायत संघका पदाधिकारी र जिल्ला प्रहरी कार्यालयका कर्मचारी टोलीको सहभागीता रहेका थिए । संघले बाल गृहमा सहयोग गर्ने कार्य प्रशंसायोग्य भएको र बालगहृका आश्रित बालकको लागी सहयोग पुगेको बाल गृहका अध्यक्ष गोपालमणी ज्ञवालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?