Butwal Today

कृषि प्रविधिबारे अन्तर्राष्ट्रिय प्रदर्शनी भृकुटीमण्डपमा

१२ माघ २०८०, शुक्रबार
अ+
अ-

काठमाडौं, १२ माघ । कृषिसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी छैटौं नेपाल एग्रिटेक काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छ।
प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषिसम्बन्धी कम्पनीका सयभन्दा बढी स्टल रहेका छन्।

विशेष गरी कृषिसम्बन्धी भारत र चीनका कम्पनीहरूको स्टल मेला रहेको छ। यसअघि चितवनमा हुँदै आएको प्रदर्शनी योपटक काठमाडौंमा गरिएको हो। देशभरका किसानलाई कृषिबारे जानकारी गराउने उद्देश्यसहित मेला काठमाडौंमा गरिएको हो । मेलाबाट किसानले नयाँ प्रविधिको बारेमा जानकारी पाउनेछन्।

प्रदर्शनीमा कृषिका विभिन्न विधा कुखुरापालन, माछापालन, बाख्रापालन, गाईभैँसी पालन, डेरी लगायत कृषिका नवीनतम औजार, उपकरण, केराखेती, थोपा सिँचाइ, विषादी रहित कृषि आदिका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ। प्रदर्शनीको निःशुल्क प्रवेशको व्यवस्था गरेको आयोजकले बताएको छ।