ट्रेंडिंग:

>> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

संचारमाध्ययम सवलीकरणमा लागेका छौं : गृहमन्त्री पाण्डे

१२ माघ २०८०, शुक्रबार
१२ माघ २०८०, शुक्रबार

बुटवल, १२ माघ ।

लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेले संचारमाध्ययम सवलीकरणका लागि प्रदेश सरकार निरन्तर लागिपरेको बताएका छन् । उनले संचारमाध्यम खुल्ने क्रम बढेको बताउँदै त्यसको गुणस्तर बिस्तारमा पनि पत्रकारहरुले ध्यान दिन अनुरोध गरे । संचार संस्था र पत्रकारले पनि ठूला दल, व्यक्ति, पद र प्रतिष्ठामा भएकाको मात्रै समाचार नलेखी सन्तुलन हुने समाचार प्रकाशन र प्रसारण गर्ने बिषयमा पनि ध्यान दिन सुझाव दिए । मन्त्री पाण्डेले संचारमाध्ययममा लैंगिक समानता तथा सामाजिक समावेशीकरणको सवाललाई मूलप्रवाहीकरण गर्न आग्रह गर्दै पत्रकार महिलाहरुको उत्पादन र क्षमता बढाउन पनि पहल गर्न आग्रह गरे ।

संचारिका समूह नेपालले शुक्रबार रुपन्देहीमा आयोजना गरेको लुम्बिनी प्रदेश स्तरीय सम्पादक तथा व्यवस्थापकहरुका लागि संचारमाध्ययममा लैंगिक समानता तथा सामाजिक समावेशीकरण र सुरक्षा विषयक प्रशिक्षण कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन ।

कार्यक्रममा बोल्दै राष्ट्रिय मानवअधिकार आयोगका बुटवल कार्यालय प्रमुख सोमनाथ सुवेदीले पत्रकारको व्यावसायिक सुरक्षाका लागि राज्यले सघाउनुपर्ने बताए । उनले पत्रकारलाई समाचार सामग्री र प्रस्तुतीलाई लैंगिक र समाजिक समावेशीमैत्री बनाउन पनि आग्रह गरे । फ्रिमिडिया नेटवर्क एवं पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले आफूबाटै लैंगिकताप्रतिको दृष्टिकोणलाई स्पष्ट पार्नुपर्ने बताए । उनले पत्रकार महिला तथा सिमान्तकृतहरु जातिय र लैंगिक रुपले आरक्षण मात्रै खोज्नुभन्दा क्षमता विकास गरेर आउन सुझाब दिए । संचारिका समूह नेपालका अध्यक्ष विमला तुम्खेवाले संचारमाध्यमलाई लैंगिकमैत्री बनाउँदै व्यावसायिक सुरक्षा र सवलीकरणका लागि सम्पादक र व्यवस्थापक सहितको कार्यक्रम आयोजना गरेको बताइन् ।

अलर्ट इन्टरनेशनलका कन्ट्री डाइरेक्टर रविना श्रेष्ठले नागरिकलाई सुसुचित गर्ने र राज्यलाई दिशा निर्देश गर्ने पत्रकारहरुमा लैंगिकता र समावेशीकरणको बुझाइ प्रष्ट हुनुपर्ने बताइन् । संचारिका समूह नेपालका केन्द्रीय सल्लाहकार तथा सहजकर्ता बबिता बस्नेतले संचारमाध्ययमहरुको समाचार रुम, व्यवस्थापन र उत्पादित सामग्रीलाई लैंगिकमैत्री र समावेशी बनाउन जरुरी भएको बताइन् । पत्रकारहरु व्यावसायिक र पेशागत सुरक्षित हुनका लागि कार्यक्रमले सहयोग गर्ने बताइन् । प्रशिक्षणमा लुम्बिनी प्रदेशका ८ जिल्लाका २५ जना सम्पादक तथा व्यवस्थापक महिला पुरुष सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?