Butwal Today

अफगानिस्तानद्वारा नेपालसामु १४६ रनको लक्ष्य प्रस्तुत

१२ माघ २०८०, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

अफगानिस्तानले नेपालसामु १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ। आईसीसी यू–१९ विश्वकपको सुपर सिक्समा प्रवेश गर्नका लागि अफगानिस्तानले नेपाली युवा टोलीसामु १ सय ४६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको हो।

यो खेलको विजेताले सुपर सिक्सको यात्रा तय गर्नेछ। पराजित हुने टोलीले भने १३ देखि १६ औं स्थानका लागि प्लेअफ खेल्नेछ।

इष्ट लन्डनको वुफेलो पार्कमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ४०.१ ओभरमा १ सय ४५ रन बनाउँदा अलआउट भयो।