© 2026
बुटवल, ११ माघ ।
न्यू भिजन मावि बुटवल–१२ मा खेल सप्ताह सुरु भएको छ । बिहीबारदेखि सुरु भएको खेल सप्ताहको विद्यालयका प्राचार्य केशव श्रीस, विद्यालयका प्रवन्ध निर्देशक मनोजकुमार बस्नेत, सह प्राचार्य कमल खनाल, रम्भादेवी मेडिकल कलेजका प्राचार्य मनोज काफ्ले लगायतले सामूहिक रुपमा बेलुन उडाएर उदघाटन गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरूबाट सामूहिक नृत्य र तेक्वान्दो खेलको प्रदर्शन पनि गरिएको थियो । अतिरिक्त किर्याकलापमा खेलको महत्वमाथि विद्यालयका सह प्राचार्य कमल खनालले प्रकाश पारेका थिए । कार्यक्रममा प्राचार्य केशव श्रीसले मानसिक विकासका लागि खेल सबैका लागि अनिवार्य रहेको बताए । विद्यालयका विद्यार्थी सुप्रिया भुसाल र अभिषेक अर्यालले पनि खेलकूदका बारेमा धारणा राखेका थिए ।