ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

भन्सारमा व्यापार सहजीकरण गर्न सरोकारवालाको माग

११ माघ २०८०, बिहीबार
११ माघ २०८०, बिहीबार

भैरहवा, १३ माघ ।

भन्सारमा व्यापार सहजीकरणका लागि सबै तर्फबाट सहयोग आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।

भैरहवा भन्सार कार्यालयमा सेवा ग्राहीले सर्भरको समस्या, लाइन लाग्नु पर्ने समस्या समाधान गरी भैरहवा भन्सार नेपालकै नमुना भन्सार कार्यालय बनाउन आग्रह गरे ।

७२ औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अबसरमा व्यापार सहजीकरण सम्बन्धी छलफल कार्यक्रममा बोल्ने वक्ताहरुले स्थल मार्ग हुँदै नेपालमै धेरै पर्यटक भित्रिने नाकालाई ब्यवस्थित र पर्यटक मैत्री बनाउनु पर्ने तर्क गरे ।

नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण शर्माले उद्योग बन्द भइरहेकाले कच्चापदार्थ आयात नहुंदा भन्सार कार्यलयले लक्ष्य भेट्न नसकेको बताए । ३०÷३५ लाख भन्दा बढी युवा पलायन भएको तर्क गर्दै अब बाहिरी पर्यटकलाई चलायमान बनाउन सके समृद्धि हुने उनको भनाइ थियो । पर्यटकलाई जहाँ तहिं चेकजाँच गर्दा हैरानी भएको बताउँदै एकद्वार प्रणालीबाट चेक जाँच गरी भन्सारमै स्टिकर लगाइदिन आग्रह गरे ।

चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका अध्यक्ष टंक पोखरेलले बेलहिया सीमा नाका सामान मात्रै नभएर पर्यटक समेत आउने नाका भएको बताउंदै पर्यटकलाई सकारात्मक प्रभाव पार्नु पर्ने सुझाव दिए । अबैध सामानलाई सवैले निरुत्साहित गर्नुपर्ने उनको तर्क थियो ।

भन्सार एजेन्ट संघका अध्यक्ष मधु पन्थीले भन्सार कार्यालयमा सर्भर डाउनको समस्याले १ जना महिला धुरुधुरु रोएको, अझ लामो समयसम्म सेवाग्राहीले कुर्दा अपमान गरे जस्तै भएकाले यो समस्या सुधार गर्न आग्रह गरे ।

बुटवल उद्योग बाणिज्य संघका बरिस्ठ उपाध्यक्ष सुरज भट्टराईले अवैधरुपमा क्यारीङ गरेर सामान जाने गरेको सुनेको बताउंदै कडाई गर्न आग्रह गरे । “भन्सार नगरी ल्याएका सामानको बचाउमा हामी कहिल्यै लाग्ने छैनौं”– भट्टराईले भने ।

सिद्धार्थ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष बिष्णु शर्माले १ सय ४० करोड भित्र्याउन कसरी सकिन्छ भनेर सबै लाग्नु पर्ने बताए । भन्सारमा लाइन नलागी क्यु आरबाट नै राजस्व तिर्ने ब्यवस्था मिलाउन उनले सुझाव दिएका थिए ।

नेपाल भन्सार एजेन्ट संघका पुर्व केन्द्रीय अध्यक्ष डा. शान्त कुमार शर्माले राजस्व बढाउन भैरहवा भन्सार कार्यालयको ध्यान जानुपर्ने सुझाव दिए ।

सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले देशले आयात भन्दा बढी निर्यात गर्नुपर्ने बताए । भन्सार सहजीकरणमा भैरहवा भन्सार कार्यालयको काम उत्कृष्ट भएको बताए । पर्यटक आउने मुख्य नाका भएकाले सडक सुधार गर्नुपर्ने उनको सुझाव थियो ।

लुम्बिनी प्रेस क्लबका कार्यबाहक अध्यक्ष कमल रायमाझीले कसैले पनि कसैलाई दोष दिएर उम्किन नमिल्ने बताए । सडकका कारण समस्या भएको बताउंदै उनले ठकेदारले बदनाम गराइदिएको तर्क गरे ।

भैरहवा भन्सार कार्यालयका कम्युटर अधिकृत नारायण प्रसाद भण्डारीले भन्सार सहजीकरणका बिषयमा बोलेका थिए ।

भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले प्रभावकारी सेवाका लागि लागिरहेको बताए । भन्सारले गरेको प्रगतिको बारेमा बताउंदै भन्सारमा भएका समस्यालाई समाधान गर्न लागिरहने प्रतिवद्धता ब्यक्त गरे ।

रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अब अनुगमनमा जाने बताए । “परिस्थितिबश छापा मार्नु परे जाने तर ब्यवसायीले त्यहाँ जानू भएन भनेर आग्रह नआओस्”– उनले भने ।

नीति नियम बनाउन नसक्ने तर भएका नीति नियमलाई कार्यान्वयन गर्ने प्रमुख जिल्ला अधिकारी अर्यालको भनाइ थियो ।

सडकको विषयमा ठेकेदारलाई मात्रै दोष दिन नमिल्ने बताउंदै अर्यालले कन्सल्ट्यान्टलाई घांटी समात्नु परेपनि समात्ने बताए । कार्यक्रममा ब्यवसायीहरुले भन्सार सहजीकरणका लागि सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?