ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

सीमाबाट चोरीको चामल भित्रिदा ‘घुमुवा प्रहरी रमिते’

मारुती फुडपार्कका संचालक उद्योगी विरेन्द्र अग्रहरीले आन्तरिक राजश्व कार्यालयका कर्मचारीले घुस लिएर अवैध आयात गराईरहेको आरोप लगाए । ‘घुमुवा प्रहरीलाई सबै थाहा छ, सुरक्षा निकायले चाहे नियन्त्रण सम्भव छ अग्रहरीले भने, प्रहरीले समात्यो भने पनि आन्तरिक राजश्व कार्यालयले सेटिङ्गमा छोडिदिन्छ ।’
११ माघ २०८०, बिहीबार
११ माघ २०८०, बिहीबार

सुनवल, ११ माघ । चामल उद्योग सञ्चालन गर्दै आएका उद्योगी व्यवसायीले सीमा क्षेत्रबाट हुने अवैध रूपमा चामल आयात गरी बिक्री भइरहेको बताएका छन् । उनीहरूले अवैध चामल आयात रोक्न पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र मार्फत आग्रह गरेका छन् । भारतबाट भैरहेको अवैध आयातका कारण जिल्लाका उद्योग धरासायी भएको उनीहरूको गुनासो छ ।

रूपन्देही र नवलपरासीमा चामल उद्योग सञ्चालन गर्दै आएका व्यवसायीहरूले नवलपरासी, रूपन्देही र कपिलवस्तुका विभिन्न नाकाबाट भईरहेको चामल तस्करी रोक्न माग गरेको नेपाल चामल उद्योग संघ लुम्बिनी प्रदेशका अध्यक्ष गुणनिधि तिवारीले बताए । भारतबाट भन्सार तिरेर धान खरिद गरि उद्योग चलाउनुपर्ने अवस्थाका बीच अवैध रूपमा चामलनै भित्रिँदा उद्योग बन्द गर्नुपर्ने अवस्था सृजना भएको भन्दै व्यवसायीहरूले सुरक्षा निकायको ध्यानाकर्षण गराएका हुन् ।

उद्योग वाणिज्य संघ नवलपरासीका वरिष्ठ उपाध्यक्ष नगेन्द्र अग्रहरीले खुल्ला सिमानाको फाईदा उठाउँदै भईरहेको तस्करी नियन्त्रण गर्नुपर्नेमा जोड दिए । भारतबाट भन्सार सहित मंहगोमा धान खरिद गरेर उद्योग सञ्चालन गर्नुपरेको बेला अनाधिकृत आयातले उद्योग सञ्चालनमा कठिनाई सृजना भएको उनको भनाई छ ।

मारुती फुडपार्कका सञ्चालक उद्योगी विरेन्द्र अग्रहरीले आन्तरिक राजश्व कार्यालयका कर्मचारीले घुस लिएर अवैध आयात गराईरहेको आरोप लगाए । ‘घुमुवा प्रहरीलाई सबै थाहा छ, सुरक्षा निकायले चाहे नियन्त्रण सम्भव छ अग्रहरीले भने, प्रहरीले समात्यो भने पनि आन्तरिक राजश्व कार्यालयले सेटिङ्गमा छोडिदिन्छ ।’

‘जता बाट गएपनि पूर्व पश्चिम राजमार्गको बर्दघाट हुँदै चामल जान्छ तर बर्दघाटमा बसेको प्रहरी र राजश्वका कर्मचारीले देख्दैनन् अग्रहरीले भने ।’ जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरिक्षक काजिकुमार आचार्यले प्रहरीले जिल्लामा उल्लेखनिय रूपमा तस्करी नियन्त्रणमा लिएको बताउदै व्यवसायीको सहयोगले मात्रै अवैध आयात नियन्त्रण सम्भव भएको स्पष्ट पारे । उद्योगी व्यवसायीहरूनै ईमान्दार नहुँदा सम्म पूर्ण रूपमा रोक्न सम्भव छैन्, हामीले सिमा नाकामा कडाई गरेका छौ आचार्यले भने । आचार्यले विगत धेरै लामो समयपछि नवलपरासीको सिमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रणमा आएको दाबी पनि गरे ।

प्रमुख जिल्ला अधिकारी सुरेस पन्थीले सुरक्षा निकायले अवैध आयात नियन्त्रण गर्न कुनै कसर बाँकि नराख्ने बताउँदै अन्य निकायसंग पनि समन्वय गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उद्योगीहरूले पनि प्राप्त सुचना सुरक्षा निकायलाई दिनुपर्नेमा जोड दिँदै सम्भावित स्थलमा सुरक्षा निकायले निगरानी बढाउने बताए ।

स्रोतका अनुसार जिल्लामा चामल उद्योग सञ्चालन गर्दै आएका व्यवसायीहरूले नै भारतबाट अवैध रूपमा चामल ल्याएर उद्योगमा भण्डार गरि बिक्री गर्ने गरेका छन् । एक व्यवसायीले नाम नबताउने सर्तमा भने, ‘उद्योग सञ्चालकनै अवैध रूपमा आएको चामल वैद्य बनाउन लागेका छन्, आफै धामि आफै झाँक्री भएपछि कस्को के लाग्छ ।’ प्रहरी स्रोतका अनुसार पनि कुनै पनि मालवहाक सवारी समात्ने बित्तिकै छुटाउन उद्योगी व्यवसायीकै धेरै फोन आउने गरेको छ । भारतबाट अवैध रूपमा भित्रिएको चामल सिमा क्षेत्रका विभिन्न स्थानमा भण्डारण गर्ने र कागजपत्र बनाएर चामल उद्योगमै ल्याई उद्योगको उत्पादन भनि बिक्री गर्ने गरिएको उद्योगी व्यवसायीहरूले नै बताउँदै आएका छन् ।

भारतले धान निकासीमा २० प्रतिशत भन्सार महसुल लगाएको छ भने नेपालको भन्सार विन्दुमा ५ प्रतिशत कृषि सुधार शुल्क तिर्नुपर्दछ । यस्तो अवस्थामा अवैध रूपमा चामलनै भित्रिदा उद्योग बन्द गर्नुपर्ने अवस्था आएको उद्योगीको भनाई छ । नवलपरासी, रूपन्देहि र कपिलवस्तुमा १६ ओटा चामल उद्योग छन् । ति उद्योगमा १५ अर्ब बढिको लगानी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?