ट्रेंडिंग:

>> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी
राष्ट्रिय बाणिज्य बैंकको ५९ औ वार्षिकोत्सव

‘प्रोजेक्टको आधारमा ऋण’ लाई जोड दिन आग्रह

१० माघ २०८०, बुधबार
१० माघ २०८०, बुधबार

बुटवल, १० माघ ।

नेपाल राष्ट्र बैक सिद्धार्थनगरका प्रमुख सत्येन्द्रराज सुवेदीले बैक तथा वित्तिय संस्थाहरुमा बिना धितो ऋण पाउने ब्यवस्था लामो समयदेखि कार्यान्वयनमा रहेको बताएका छन् । धितो हँुदैमा क्रृण पाईने भन्ने सोचलाई चिर्दै धितो नहुनेले पनि क्रृण पाउनुपर्छ भन्ने ब्यवस्था नेपाल राष्ट्र बैकले सुनिश्चित गरेको उनले प्रष्ट पारे ।

‘प्रोजेक्ट बेस फाईनान्सिङको लागि स्थिर ब्याजदरमा पनि कर्जा प्रवाह गर्ने ब्यवस्था ५÷७ वर्षदेखि कार्यान्वनमा आएको छ’— उनले भने । यो विषयमा ऋणीहरुलाई पनि ज्ञान नभएको बैक वित्तिय संस्थाहरुले पनि प्रवद्र्धनमा जोड नदिएको भन्दै यो विषयमा कर्मचारीहरुलाई निर्देशन दिए ।

राष्ट्रिय वाणिज्य बैक लिमिटेडको ५९ औ वार्षिकोत्सवको अवसरमा लुम्बिनी प्रादेशिक कार्यालयले आयोजना गरेको कार्यक्रममा उनले फिक्स ब्याजदरमा प्रोजेक्ट बेस कर्जाको ब्यवस्था हँुदा यसको लाभ लिन समेत आम ग्राहक वर्गलाई आग्रह गरे । बैक तथा बित्तिय संस्थामार्फत दिगो आर्थिक वृद्धिका लागि आवश्यक पर्ने साधन श्रोत राष्ट्रिय वाणिज्य बैकबाट आवश्यक भुमिका खेल्ने उनले बताए ।

‘बैकका धेरै स्टेक होल्डरहरु धेरै छन’—उनले भने । लगानीकर्ता, ऋणी, निक्षेपकर्ता, संचालक, नेपाल राष्ट्र बैक, नेपाल सरकार सबै स्टेक होल्डरहरुको अपेक्षा पुरा गर्न सक्ने गरी क्षमता अभिवृद्धि गर्दै सबैलाई सन्तुलित तरिकाले काम गर्न सक्ने गरी काम गर्ने उनले बताए । ‘ब्याजदर नेपाल राष्ट्र बैकले तोक्न सक्दैन, तोक्न मिल्दैन’—उनले भने । नेपाल राष्ट्रबैकको आफ्नै टुलको सिमाभित्र बसेर ब्याजदर स्थिर गराउने काम गर्दै आएको उनले बताए । जबजब तरलतामा सहज आएपछि ब्याजदर तल्लो रेखामा रहने उनले बताए । पुराना र नयाँ कर्मचारीमा क्षमता अभिवृद्धि गरी प्रोत्साहनका कार्यक्रमलाई बैकबाट जोड दिएको उनले बताए ।

वार्षिकोत्सवको अवसरमा शुक्रबार बुटवलमा रक्तदान, सरसफाई, आँखा शिविर, खेलकुद कार्यक्रम तथा आइतबार प्रभातफेरी कार्यक्रम लगायत रचनात्मक कार्यक्रम गरी मनाईएको कार्यालय प्रमुख गणेश पौडेलले बताए । बैक स्थापना दिवसको अवसरमा शाखा कार्यालय बुटवल, राजमार्ग चौराहा र कोटीहवाका गरी २० जना निक्षेप तथा कर्जाका ग्राहकहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा पुर्व कर्मचारी संघ बुटवलका अध्यक्ष गोविन्द खनाल, बुटवल शाखाबाट अवकाश प्राप्त शाखा प्रबन्धक शंकर पहारी, बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका उपाध्यक्ष बिमलराज भट्टराई, न्यु होराईजन इगलिस बोर्डिङ स्कुलका प्राचार्य लोकनाथ उपाध्याय, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उज्जवल प्रसाद कसजूले समग्र देशमा आर्थिक समस्या आएको बेला सरकारबाट ब्यवसायीहरुको हकहितमा लाग्न सुझाव दिए ।

प्रदेश कार्यालय अन्तरगत १२ जिल्लामा ३८ शाखाहरुमार्फत बैकले सेवा दिदै आएको छ । प्रदेश कार्यालयमा १० जना सहित शाखा कार्यालयहरुमा ३ सय स्थाई कर्मचारी कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?