ट्रेंडिंग:

>> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

उमरी र शिवपुर गाउँमा बिहेको कार्डमै दुलाहा दुलहीको उमेर

१० माघ २०८०, बुधबार
१० माघ २०८०, बुधबार

चन्द्रौटा (कपिलवस्तु), १० माघ । कपिलवस्तुको शिवराज नगरपालिका दुई नमुना गाउँमा बालविवाह रोक्नको लागि नमुना अभ्यासको सुरुवात भएको छ । नमुना गाउँमा जसमा स–साना गाउँमा आम नागरिकका जीवनस्तरमा फरकपनले पनि नमुना गाउँको झल्को दिएको छ ।
शिवपुर र उमरी गाउँमा बालविवाह रोक्नको लागि निमन्त्रण कार्डमा नै दुलाह, दुलाहीको उमेर उल्लेख गर्ने कार्य सुरुवात भएको छ ।

शिवराज नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष खिम बिक्रम केसीले वालविवाह रोक्नको लागि जन्ममिति सहितको कार्ड निमन्त्रण पठाउँदा यो विषयमा निम्तालुले समेत जानकारी पाउने भएको कारण यो प्रचलन राम्रो भएको बताउँछन् । उनी भन्छन्–‘यो प्रचलनको सिको अन्य ले पनि गर्न आवश्यक छ । ’

गाउँमा पस्ने बित्तिकै सडकका खम्बामा बत्ती लागेका छन् । सार्वसाधारणलाई आवतजावत गर्न सहज हुने गरेको उमरी गाउँका स्थानीय सागर थारु बताउँछन् । यस क्षेत्रमै अन्य गाउँभन्दा केहि फरक कार्य गर्नुपर्छ उद्देश्यका साथ नमुना गाउँ बनाउन सबैको हातेमालो गर्ने प्रयास गरेका हुन् । ‘उमरी गाउँमा’ हरेकको घरमा सुधारीयको चुलो, शौचालय, कपडा सुकाउने डोरी, घरनजिकै करेसाबारी, फुलको बगैचा, प्रत्येक घरमा विद्यालय जाने उमेर समूहका बालबालिका विद्यालय गएको हुनुपर्ने, रोजगारीमूलक कार्यमा आबद्ध तथा व्यवसायिक रूपमा पेशा अंगालेको हुनुपर्ने लगायत जस्ता ३४ वटा सूचक पूरा गरी नमुना गाउँ घोषण गर्न सफल भएको छ ।

किर्डाक संस्थाको विशेष पहलमा उमरी गाउँमा शान्ति र एकता नामको स्वावलम्बन समूह गठन भएको थियो । जुन गाउँका महिलाहरूको सक्रियतामा नमुना गाउँ बनाउन पहिलो प्रयास गरियो ।

समूहका २२ र २८ जना महिलाहरूको दुबै स्वावलम्बन समूहका ५० जनाको बैठक भेला गरी २०७८ मंसिर १३ गते उमरी नमुना गाउँ बनाउन जानकी कुमारी थारुको संयोजकत्वमा समिति गठन गरिएको थियो ।

उनका अनुसार सोही क्रममा एक गैह्सरकारी संस्थाले नमुना गाउँ कसरी बनाउने भन्ने तालिम प्रदान गरिएको संयोजक थारु बताउँछिन् । उक्त तालिम पश्चात् गाउँमा सम्मुन्त गाउँ बनाउन निर्णय गरी प्रक्रिया अगाडी बढाइयो । जसमा सर्व प्रथम कुहिने र नकुहिने वस्तुको पहिचान गरी खाडल खनि फाहोर व्यवस्थापन गर्ने कार्यबाट नमुना गाउँ बनाउने सुरुवात गरिएको समितिले जनाएको छ ।
केहि साता पहिले मात्र वडा कार्यालय तथा नगरपालिकाका पदाधिकारीहरूको उमरी गाउँ अनुगमन गरिएको जनाइएको थियो । जसमा नमुना गाउँ बनाउन ३४ वटा सूचक विद्यालय उमेर समूहका बालबालिका विद्यालयको पहँुचमा रहेको, प्रत्येकको घरमा कपडा सुकाउने डोरी रहेको, सरकारले निर्धारित समयमा कागजपत्र बनाउने गरेको, शौचालय तथा सुधारिएको चुलो प्रयोग गर्ने गरेको लगायत सूचक पूरा गरी प्रयोग भए नभएको पटकपटक अनुगमन गरी घोषणा गरिएको छ ।

यसभन्दा अघि विभिन्न अहरोह अवरोध पार गर्दै विगत ५ बर्षको प्रयासपछि गत पुस ४ गते शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाद्वारा नमुना उमरी गाउँ घोषणा भएको हो । यतिबेला उमरी गाउँका हरेक घरमा शौचालय, सुधारीयको चुलो प्रयोग भएको पाईन्छ । यस कार्यलाई निरन्तरता दिन गाउँका बरघर, सामाजिक अभियान्ता, युवा क्लब, बाल क्बल, संजाल, आम समूह लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि तथा बुद्धिजिवी सबैको हातेमालो गरी निरन्तरता दिने जनाइएको छ ।

छिमेकी गाउँ उमरी जस्तै समाजमा सराहनीय कार्य गरेर शिवराज नगरपालिकाको अनुगमन र सहयोगमा नमुना गाउँ घोषणा भएको अध्यक्ष थारुले जनाए । स्थानीय हरेक घरघरमा सुधारीएको चुलो, प्रायः प्रत्येक घरका आम नागरिक रोजगारीमा आबद्ध रहेको, विद्यालय उमेर समूहका विद्यालयको पहुँचमा लगायत २९ वटा सूचक पूरा गरेका कार्यले नमुना बनाउन सफल भएको उनको भनाई छ । स्थानीय किरण थारुले नमुना गाउँले खुसी भएको बताए । उनले भने ः “हामी खुसी छौँ, सबै गाउँले मिलि घरेलु तथा लैंगिक हिंसा अन्त्य गर्दै रोजगारीसँगै सम्माजन जीवन जिउन तरिका सहजतुल्य भएको छ । प्रत्यक्ष आम्दानीका पाटोसँग जोडिएका छौँ ।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?