ट्रेंडिंग:

>> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति

डिजिटल अदालत कार्यान्वयनमा ढिलाई

१० माघ २०८०, बुधबार
१० माघ २०८०, बुधबार

विश्वव्यापी न्यायिक मान्यता छ– ढिलो न्याय दिनु भनेको न्यायको मृत्यु सरह हो । यो मान्यता पालना गर्नेतर्फ नेपालका अदालतहरूको भूमिका भने प्रभावकारी देखिदैन् । बर्षौं अगाडिका मुद्दा तामेलीमा राख्ने, मुद्दा अड्काउने र फैसलामा विलम्ब गर्ने प्रशस्त उदाहरण छन । न्याय सम्पादनमा ढिलाई हुँदा जीवन नै तहसनहस भएको धेरै उदाहरण छन । तसर्थ न्याय भनेको छिटो हुनुपर्छ भन्ने मान्यता छ । सर्वोच्च अदालतदेखि जिल्ला र पुनरावदेन अदालतहरूमा अहिलेपनि बर्षौ पुराना मुद्दाको चाङ छ । पछिल्लो समयमा कानुनहरूमा भएको सुधार र अदालतका विभिन्न प्रयासका कारण छिटो छरितो न्याय दिने विषयहरूमा केही सुधार भएपनि आमनागरिकले त्यसको अनुभूति अझै गर्न सकेका छैनन् । अदालतमा अनिवार्य रूपमा अवलम्बन गर्नैपर्ने प्रक्रियाका कारण न्याय पाउन ढिला हुने गरेको कुरामा दुईमत छैन । त्यसैले छिटो न्याय दिनका लागि अझै धेरै सुधार गर्न जरुरी देखिन्छ । जब कुनै विषयमा मानिसले आफूलाई अन्याय भएको अनुभव गर्छ र समाजले उसको कुरा मान्दैन तब अन्तिम उपायको रूपमा अदालतको शरणमा पुग्छ । समाज, सरकार, आफन्त र अन्य कुनै पक्षबाट अन्यायमा परेपछि आममानिसको आशाको केन्द्र अदालत हुन्छ । तर अदालतले समेत ढिलो न्याय गरेर ब्यक्तिको जीवन नै बर्बाद हुन्छ । अदालतले गरेको फैसला र आदेशको सबैले पालना गर्नुपर्ने कुरालाई संविधानले सुनिश्चित गरेको छ । अदालती आदेश भनेको कार्यकारी मातहत रहने प्रशासनिक निकायले गर्नेभन्दा नितान्त फरक छ । न्याय सम्पादनमा हुने ढिलाइले कतिपय अवस्थामा न्याय दिएर पनि न्याय पाउने पक्षले न्याय पाएको अनुभुति गर्न नसक्ने कुरा सर्वविदीत छ । त्यसैले विश्वका अधिकांश देशमा न्याय सम्पादनलाई कसरी छिटो, छरितो, विश्वसनीय र प्रभावकारी बनाई आममानिसको नजरमा न्यायालयप्रतिको आस्था बढाउन सकिन्छ भनेर विभिन्न प्रयास भइरहेका छन् । नेपालको सन्दर्भमा पनि डिजिटाइजेसन र अटोमेसनमार्फत कसरी न्याय सम्पादनलाई छिटो छरितो बनाएर न्यायिक सुशासन अभिवृिद्ध गर्न सकिन्छ भन्ने बिषयमा पहल सुरु भएको छ । यो खुसीको कुरा हो तर डिजिटल अदालतका बिषयमा बहस भएपनि कार्यान्वयन कहिले भन्ने कुरा अनिश्चयको अवस्थामै छ ।

दुई बर्षअघि सर्वोच्च अदालतले सेवालाई विस्तारै डिजिटलमैत्री बनाउँदै अदालतका सबै सेवालाई पूर्णरूपमा अटोमेसनमा लैजानका लागि प्रारम्भिक कार्यको सुरुवात भएको जनाएको थियो । नेपालमा हाल एक सर्वोच्च अदालत, १८ उच्च अदालत र उच्च अदालतका इजलासहरू, ७७ जिल्ला अदालतहरू, विशेष अदालत र न्यायाधिकरणहरू समेत गरि एक सयभन्दा वढी अदालतहरूले आ–आफ्नो क्षेत्राधिकारमा काम गरिरहेका छन् । तर, न्याय सम्पादनमा भने अहिलेसम्म स्फूर्ती आईसकेको छैन । अदालतमा अझैपनि २० बर्ष भन्दा धेरै पुराना मुद्दाका चाप छन । त्यसले के देखिन्छ भने देशमा गणतन्त्र आएपनि अदालतमा भने सो अनुसारको सुधार हुन सकेको छैन । यद्यपि सर्वोच्च अदालतको वेवसाइटमार्फत सबै अदालतमा तोकिएका दैनिक र साप्ताहिक पेशी हेर्न, पूर्णपाठ तयार भइसकेका फैसलाहरू डाउनलोड गर्न, तथा मुद्दामा के फैसला भयो भनेर जोसुकैले सोझै हेर्न मिल्ने व्यवस्था गरिएको छ । तर, यो प्रभावकारी भएको छैन । जबसम्म बर्षौ पुराना मुद्दाको फाईल किनारा लाग्दैन, तबसम्म अदालतमा सुशासन आएको मानिदैन् । अदालतका काम कारबाही र प्रक्रियाहरू विगतमा भन्दा पारदर्शी बनेका छन तर न्याय सम्पादनको शीघ्रतामा ढिलाई मान्य हुँदैन भन्ने कुरा अव बुझ्नु जरुरी छ । अझैपनि साक्षी बकपत्र, म्याद तामेल, तारेख आदि विषयहरू समेतमा डिजिटल पद्धतिको प्रयोग हुन नसकेकाले न्याय सम्पादनमा ढिलाइ भइरहेको छ । सर्वोच्च अदालतमा नयाँ प्रधान न्यायाधिशको आगमनसंगै मुद्दा फस्र्योटमा सुधार आउँदै गरेको अवस्थामा अव अदालतलाई डिजिटाईजेशन गर्नेतर्फ ध्यान जानु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?