Butwal Today

पेशागत अभिकर्ता बीमक संघ एलआइसी भैरहवामा यादवको नेतृत्वमा नयाँ कमिटी गठन

९ माघ २०८०, मंगलवार
अ+
अ-

भैरहवा, ९ माघ ।

पेशागत अभिकर्ता बीमक संघ बीमक समिति लाइफ इन्स्योरेन्स नेपाल लिमिटेड भैरहवा शाखाको अध्यक्षमा भुपेन्द्र चन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । विशेष पहिलो अधिवेशनको बन्द सत्रबाट यादवको नेतृत्वमा नयाँ कार्य समितिको चयन भएको हो ।

निर्वाचन मण्डलका अनुसार शंकर तेलि गुप्ता उपाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन् । पहिलो विशेष अधिवेशनले १७ सदस्यीय कार्य समितिको चयन गरेको छ ।

कार्यसमितिको सचिव पदमा लक्ष्मी केसी, सह सचिवमा पुरन हिताङ्गा, कोषाध्यक्षमा सुरेन्द्र यादव रहेका छन् । यसैगरी सदस्यहरू सुरेन्द्र त्रिपाठी, सुरज भण्डारी, घरणी घिमिरे खनाल, कृष्ण मुरारी गुप्ता, सुशिला कुँवर, मनोज कुमार निसाद, सुक बहादुर बरइ, माधव पौडेल, सुरेश गुप्ता, अशोक बरै, सीता कार्की, बाबुराम कुर्मी रहेका छन् ।

कार्यक्रमको उदघाटन गर्दै पेशागत बीमा अभिकर्ता संघ, बीमक समिति लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालका केन्द्रीय सह –सचिव गोबिन्द प्रसाद गिरीले शाखा स्थापनाको ६ बर्ष पछि मात्रै शाखाले नेतृत्व पाएकोमा निर्वाचित समितिलाई बधाई दिएका छन् ।

बीमक समिति लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड तौलिहवा शाखाका अध्यक्ष दिपक कुमार पासीले संगठनमा हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा उपस्थित अभिकर्ताहरु बिन्ध्यचल यादव, प्रकाश लम्साल, शंकर गुप्ता, पुरन हुतङ्गले आफ्मो मन्तव्य राख्दै भैरहवा शाखा स्थापनाको छैठौं वर्ष लागिसक्दा पनि हामीले अभिकर्ताको हकहितको लागि स्थापित “पेशागत विमा अभिकर्ता संघ भैरहवा शाखा गठन गर्न ढिलाइ गर्नुको कारण बारे प्रश्न गरे, । उनले कार्यक्रमलाई आगामी दिनमा थप समय ब्यवस्थापन गर्दै अघि बढ्ने र सबैलाई मिलाएर शाखालाई उत्कृष्ट शाखा बनाउने प्रतिवद्धता व्यक्त गरे

नवनिर्वाचित अध्यक्ष भुपेन्द्र चन्द्र यादवले आफूहरुलाई विश्वास गरेर निर्विरोध रुपमा नेतृत्वको अवसर प्रदान गरेकोमा अभिकर्ता सदस्यहरुलाई धन्यवाद दिए । उनले शाखाको हक हितमा काम गर्ने, पेशागत अभिकर्ताको अधिकार सुरक्षित गर्नका लागि संघको नेतृत्व निरन्तर सकृय रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

कार्यक्रममा शाखाकी अभिकर्ता धर्मणी खनाल घिमिरे, लक्ष्मी केसीलगायतले पनि बोलेका थिए ।