Butwal Today

स्कलर्सका राजनलाई बक्तृत्वकलाको उपाधि

९ माघ २०८०, मंगलवार
अ+
अ-

बुटवल, ९ माघ । ‘बौद्धिक पलायन र यसले पार्ने प्रभाव’ विषयक जिल्लास्तरिय अन्तर विद्यालय हिसान बक्तृत्वकला प्रतियोगिताको उपाधि स्कलर्सका राजन केसीले हात पारेका छन । मंगलबार भएको प्रतियोगितामा आफ्नो तार्किक प्रस्तुति दिदै उनले उपाधिसंगै नगद ५ हजार रुपैया, कप, मेडलबाट पुरस्कृत भए । प्रतियोगितामा अक्सफोर्डकी वर्षा खनाल दोस्रो हुँदै नगद ४ हजार रुपैया, कप, मेडलबाट पुरस्कृत भए । प्रतियोगितामा न्यु ईन्भारोमेन्टका श्रीषा थापा तेस्रो हुँदै नगद ३ हजार तथा काशी नोबेलका अर्पिता मलिक सान्त्वना हुँदै नगद २ हजार रुपैयाबाट पुरस्कृत भएका छन ।

यसैगरि मंगलबार नै भएको जिल्लास्तरिय अन्तर विद्यालय हिसान हाजिरीजवाफ प्रतियोगिताको उपाधि मणिमुकुन्द माबिले हात पारेका छन । मणिमुकुन्दका मयुष दाहाल, सक्षम न्यौपाने, सरस्वती क्षेत्रीले उपाधिसंगै नगद ६ हजार, शिल्ड, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए । हिसान सचिवालयमा भएको प्रतियोगितामा अक्सफोर्ड माबिका प्रदिप पाण्डे, राजन भण्डारी र दिविसा वलालको टिम दोस्रो हुदै नगद ४ हजार ५ सय रुपैया, कप, मेडलबाट पुरस्कृत भए । एभरेष्ट माबिका सफल ज्ञवाली, कृष्टल श्रेष्ठ र विधाता भुषाल तेस्रो हुँदै ३ हजार तथा स्कलर्स होमका गरिमा काफ्ले, केशव भण्डारी र सुरज पौडेलको टिम सान्त्वना हुँदै नगद १ हजार ५ सय रुपैया, कप, मेडलबाट पुरस्कृत भए ।

एक कार्यक्रमका बिच राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनी प्रदेश कार्यालयका प्रमुख रमाकान्त तिवारी, हिसान केन्द्रीय उपाध्यक्ष लोकनाथ उपाध्याय, परिक्षा बोर्डका शाखा अधिकृत बाबुराम भण्डारी, पुर्व जिशिअ टेक बहादुर थापा, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, हिसानका सल्लाहकार टुक बहादुर क्षेत्रीले विजेता, उपविजेता टिम तथा खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन ।

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनी प्रदेश कार्यालयका प्रमुख रमाकान्त तिवारीले शैक्षिकसंगै खेल गतिविधिमा विद्यार्थीहरुलाई अग्रसर गराउने महत्वपूर्ण आयामका रुपमा प्रतियोगिता भएको बताए । वार्षिक रुपमा गरिने कार्यक्रमले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनमा मद्यत मिलेको उनले बताए । प्रतियोगितामा जिल्लाका १५ विद्यालयका विद्यार्थीहरुले भाग लिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?