ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

मौसमी प्रणालीमा परिवर्तन किन ?

९ माघ २०८०, मंगलवार
९ माघ २०८०, मंगलवार

दुई महिनाअघि नेपालका मौसमबीदहरूले यो बर्षको हिउँदमा विगतमा भन्दा बढी बर्षा हुने प्रक्षेपण गरे । नेपालको मौसम विभागले विज्ञप्ती नै जारी गरेर यो बर्ष हिउँदमा विगतमा भन्दा धेरै पानी पर्ने भन्दै मौसमको पूर्वानुमान ग¥यो । तर, मौसमबीदहरूलाई नै आश्चर्यचकित बनाउँदै मौसम पूर्वानुमान गलत सावित भयो । मौसमबीदहरू समेत अहिले गहिरो समीक्षामा जुटेका छन ।

मौसममा आकस्मिक फेरबदल र परिवर्तन अहिलेमात्र होइन, केही बर्षयतादेखि निरन्तर भैरहेको छ । जसका कारण उत्पादनमा भारी कटौती भैरहेको छ । मौसम परिवर्तनले तापमान बृद्धिमा असर परेको छ । गत बर्ष सन. २०२३ अहिलेसम्मकै सवैभन्दा गर्मी बर्ष घोषणा भयो भने नयाँ बर्ष सन २०२४ मा पनि गर्मी अत्याधिक बढ्ने आँकलन बैज्ञानिकहरूले गरेका छन । यी सवैका पछि मौसममा आएको परिवर्तन र त्यसको असर हो । नेपालकै सन्दर्भमा दुई बर्षअघि पाथीभरा मन्दिर क्षेत्रमा जाडो महिनामै लागेको आगो बल्लबल्ल नियन्त्रणमा आएको थियो । यस्तै मुक्तिनाथ मन्दिरको वरिपरी र मनाङमा लागेको आगो पनि मुस्किलले नियन्त्रणमा आएको घटना हामीमाझ ताजै छ । माईनस १२ डिग्री सेल्सियसको तापमानमा पनि आगो नियन्त्रण गर्न हम्मेहम्मे परेको मनाङको हालको अवस्थाले गर्मी मौसममा उत्पन्न हुनसक्ने प्राकृतिक भयावहता केवल अनुमान मात्रै गर्न सकिन्छ । नेपालमा आगलागीकै कारण करोडौं जीबजन्तु मरेका छन । नेपालमा अहिले एकातिर शितलहर चलेको छ । अर्कोतर्फ जाडो मौसममा पनि देशका विभिन्न स्थानमा आगलागीका घटनाले प्रकृति अनियन्त्रित वन्दै गएको पुष्टी हुँदैछ । तराईमा जारी शीतलहर र हिमाली क्षेत्रमा हिमपातले जनजीवनमा गंभीर असर पुगेको छ । प्रकृतिमाथि अनेक प्रकारले भैरहेको दोहनकै परिणाम अहिले बाताबरणमा परेको हो भन्ने बाताबरणबीदहरूको अनुमान छ । निश्चितरूपमा अहिले प्रकृति मानवले चाहे अनुसारको नियन्त्रणमा छैन । गर्मीमा गर्मी र जाडोमा जाडो नियमित प्रकृया हो तर जाडोमा आगलागीसम्मको भयावह अवस्था सिर्जना यही प्रकृतिले गरिरहेको छ ।

मौसमविदहरू समेत यो वर्षको मौसमी प्रकृयाबाट आश्चर्यचकित छन । प्रकृति कसैको नियन्त्रणमा छैन र विस्तारै अनियन्त्रित बन्दै गएको हो कि भन्ने आशंका पनि बढेको छ । यो अवस्थालाई बाताबरणीय सन्तुलनको अव्यवस्थाका कारण सिर्जना भएको समस्या ठानिएको छ । प्रकृति उल्टो दिशामा बढिरहेको हो कि भन्ने आभाष पनि गर्नुपर्ने अवस्था देखिदैछ । एउटा राष्ट्रिय गीत छ– पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ, आँधी आए तराईमा पहाडले रोक्नुपर्छ । बर्षौ अघि रचना गरिएको यो गीत अहिलेको सन्दर्भमा मेल नखाने जस्तो लागिसक्यो । पहाडमा अहिले घाम लागेर न्यानो छ । हिमालमा चिसो छ तर घामले जाडो विर्सने अवस्था छ तर तराईमा जाडोको कहरले निथु्रक्क पारेको छ । यसले के देखाउँछ भने अव प्रकृतिले आफ्नो नियमित पद्धतीको अनुसरण होइन फरक धार लिन थालिसक्यो । यो गंभीर विषय हो । हाम्रा प्राकृतिक सम्पदाहरूको संरक्षण गर्ने समय आएको छ । अहिलेसम्म लापरवाही गरिएपनि अव भने सोच्ने बेला आएको छ । यो कुनै भविष्यवाणी होइन तर घटनाक्रमहरूले पुष्टी गर्दै जानेछन् । प्रकृतिको बरदान पाउन सहज छैन । प्रकृति र प्रकृतिजन्य यावत क्षेत्रको संरक्षणमा अव सरकारको ध्यानाकर्षण हुनैपर्दछ । मौसमबीदहरू पछिल्लोपटकको प्रक्षेपण गलत सावित भएपछि गंभीर समीक्षामा जुटेका छन । उनीहरूको पनि त्यही निष्कर्ष आउँछ– प्रकृतिमाथिको दोहन । सम्पदामाथिको हस्तक्षेप र अतिक्रमण । कार्बन उत्सर्जनको परिणाम आदी आदी । निश्चितरूपमा नेपालले पनि मौसम परिवर्तनबाट भैरहेको अनपेक्षित गतिविधि र परिणामप्रति चासो दिएन भने ठूलो क्षति बेहार्नुपर्ने हुनसक्छ । तसर्थ अहिले सानो समस्या भनेर पञ्छिन मिल्दैन । हिउँदमा पानी नपर्नु आश्चर्यमात्र होइन, यो गंभीर बिषयलाई मौसमबीदहरूको काँधमा थोपर्ने मात्र होइन, नेपाल सरकारले समेत यो बिषयमा गंभीर ढंगले समीक्षा गर्नु जरुरी छ । पानी नपरेकै कारण उत्पादनमा भारी कमीमात्र होइन, यसले निम्त्याउने दुष्परिणामको लेखाजोखा गर्न ढिलाई नगरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?