ट्रेंडिंग:

>> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो >> सञ्चारमन्त्री खरेल भन्छन् – राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ >> नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय फेरिने >> संस्थापन समूहबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी >> चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् नयाँ मन्त्री ? >> सुन तोलामा ३ हजार ५ सयले बढ्यो, चाँदीले दिनहुँ नयाँ रेकर्ड बनाउँदै >> सशस्त्रद्वारा १७ बुँदे निर्वाचन परिचालन नीति सार्वजनिक >> एशिया कप आजदेखि यूएईमा शुरू, नेपालले भोलि श्रीलङ्कासँग खेल्ने >> दाउन्ने क्षेत्रमा कामले तिब्रता लिएपनि यात्रुलाई भने सास्ती >> अस्ट्रियाले विद्यालयमा लगायो हिजाब लगाउन प्रतिबन्ध >> बलात्कार अभियोगमा अष्ट्रेलियामा नेपाली युवा दोषी ठहर, दुई वर्ष जेल सजाय >> निर्वाच वैशाखसम्म पुगे पनि स्वभाविक रुपमा स्वीकार गर्नुपर्छ : विश्वप्रकाश शर्मा >> तत्कालीन सीडीओ छवि रिजालमाथि भ्रष्टाचारको अनुसन्धान >> जेनजीसँगको सम्झौता कार्यान्वयन गर  >> कोलनगर उत्खननका भग्नावशेष पर्यटकले खुल्ला देख्न पाउने >> गुल्मीमा २० करोडको सुन्तला ‘बिजु बिरुवा’ मा किसानको आकर्षण >> एमाले केन्द्रीय सदस्यका लागि युवा नेता गोपाल रानाको उम्मेदवारी घोषणा >> एमालेको सचिवालय बैठक आज बस्दै >> भिजिट भिसा प्रकरण : यसरी हुन्थ्यो घुस लेनदेन >> दाङकी उर्मिला : टायल-मार्बल मिस्त्री पेशामा महिला पहिचान बनाउने साहसी हस्ती >> जेनजी आन्दोलनको क्षति मूल्याङ्कन समितिले बुझायो प्रतिवेदन, ८४ अर्व ४५ करोडको भौतिक क्षति >> यामाहा ‘ब्लु स्क्वायर’ शोरूम बुटवलको कालिकानगरमा सञ्चालनमा >> विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा >> विराटनगरले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्दै >> प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेस दाङबाट ३ निर्वाचन क्षेत्रमा २० जना सिफारिस  >> पूर्व सीडीओ रिजालको लिखित जवाफ- घुँडा मुनिसम्म गोली हान्ने आदेश दिएको हुँ >> गोवा आगलागी : भागेका नाइटक्लब मालिक लुथरा दाजुभाइ थाइल्यान्डमा पक्राउ >> घुसपैठले बल प्रयोग भयो, मेरो भूमिका छैन : पूर्वगृहमन्त्री लेखक >> लामिछाने र जोशीको मुद्दा आज पनि हेर्न नमिल्ने >> आरजु देउवा भन्छिन् – मेरो घरमा नोट जलेको होइन

उपचारमै हराउँछन् कुपोषित बालबालिका

८ माघ २०८०, सोमबार
८ माघ २०८०, सोमबार

बुटवल, ८ माघ । लुम्बिनी प्रदेशमा उपचारमै रहेका कुपोषित बालबालिका हराउने गरेको पाइएको छ । कुपोषित बालबालिका पत्ता लागे पनि उपचारको क्रममा नियमित उपचारमा नआई विचमै छाड्ने गरेको पाइएको हो । प्रदेशमा गत आर्थिक बर्षमा १ हजार ९ सय ९२ जना बालबालिका सिघ्रकुपोषित बालबालिकाको रूपमा पत्ता लागेको भएपनि त्यसबाट १ सय ९९ जना बालबालिका विचमा नै उपचार गराउन छाडेको पाइएको हो ।

प्रदेशमा रुकुम पूर्वमा ५ जना, रोल्पामा ४३, प्यूठानमा ३५, गुल्मीमा ३४, अर्घाखाँचीमा ५ जना र पाल्पामा २० जना बालबालिका पत्ता लागेको थियो । यस्तै प्रदेशको नवलपरासीमा १९९ जना, रूपन्देहीमा ३९५ जना, दाङमा २३२ जना, बाँकेमा सबैभन्दा बढि ४२५ जना र बर्दीयामा २ सय ८६ जना बालबालिका भेटिएका थिए । त्यो मध्ये ७ जना बालबालिकाको मृत्यु भएको छ भने प्यूठानमा ३७, रोल्पामा ३५, नवलपरासीमा २४, अर्घाखाँचीमा २० जना बालबालिका उपचार गराउँदा गराउँदै हराएका हुन् ।
यस्तै कपिलवस्तुमा, दाङ र गुल्मीमा १५/१५ जना, बर्दियामा १२ जना, पाल्पा र रूपन्देहीमा १०/१० जना र बाँकेमा ६ जना बालबालिका हराएका हुन । ख्याउटेपन, पुड्कोपन र कम तौल भएका बच्चाहरूको अवस्थालाई हेर्दा लुम्बिनी प्रदेशमा पोषणको आधार नाजुक देखिएको हो । पोषण कम भएकै कारण प्रदेशका ७ जना बच्चाको मृत्यु समेत भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार एक वर्षको अवधिमा कुपोषणबाट ग्रस्त भएका १ हजार ९९२ जनाको उपचार भएको छ । यो तथ्यांक ५ वर्ष भन्दा कम उमेर समूहका बच्चाहरूको रहेको जनाइएको छ । जसमा उपचारकै क्रममा ७ जनाको मृत्यु भएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालय परिवार कल्याण शाखा प्रमुख तथा पोषण फोकल पर्सन कौशल भण्डारीले कुपोषणका कारण एक वर्षमा ७ जनाको मृत्यु भएको पुष्टि गरे । यो त स्वास्थ्य संस्थामा आउने बालबालिकाहरूको तथ्यांक हो । यो बाहेक अन्य स्वास्थ्य संस्थामा नआएर घरमा नै मृत्यु हुने बालबालिकाहरूको तथ्यांक प्रदेश सरकार संग छैन ।

लुम्बिनी प्रदेशमा प्रदेशका विभिन्न निकाय, सङ्घीय सरकारका निकाय तथा स्थानीय निकायमा विभिन्न दातृ संस्थाले समेत पोषण सुधारका लागि काम गर्दै आएका छन् । प्रदेशका ३ स्थानमा त बालबालिकाको पोषण सुधारको लागि भन्दै पोषण पुनस्र्थापना गृह समेत बनाइएको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगञ्जमा पोषण गृह समेत सञ्चालित छन् । तर प्रदेशको पोषण अवस्थाले भने प्रदेश सरकारलाई नै गिज्याएको छ ।

पोषण अति कम भएका बच्चाहरूलाई ती पोषण सुधार पुनः स्थापना गृहमा राख्ने गरिएको छ । अति पोषण कम भएकाहरूलाई स्वास्थ्यकर्मीको सिफारिसको आधारमा पुनः स्थापना गृहमा १ महिनासम्म राखेर सुधार ल्याउने काम गरिन्छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पोषण सुधार गृहकी निर्देशक प्रतीक्षा थापाले लुम्बिनी प्रादेशिक अस्पतालमा अहिले ९ जना बच्चाहरू राखेर पोषण पुनः स्थापना गराइरहेको जानकारी दिइन ।

प्रदेश सरकारले गरेको स्मार्ट सर्वेक्षणमा प्रदेशका दुई वटा जिल्ला छानेको थियो । स्वास्थ्य निर्देशनालयका अनुसार रुकुम पूर्व हिमाली जिल्ला र तराईको कपिलवस्तु जिल्लाको बीचमा तुलनात्मक रूपमा तथ्यांक समेत सार्वजनिक गरिएको छ । जसमा पुड्कोपना भएका बालबालिकाहरूको संख्या कपिलवस्तु जिल्लामा ४६.१ प्रतिशत पाइएको छ भने रुकुम पूर्वमा जम्मा ३७.९ प्रतिशत रहेको छ । यस्तै ख्याउटेपना कपिलवस्तुमा बढि देखिएको छा । १०.३ प्रतिशत रहेकोमा पुर्वीरुकुममा ४.८ प्रतिशत मात्रै रहेको छ ।

यस्तै कम तौल भएका बालबालिकाहरूको संख्यामा कपिलवस्तुमा बढि पाइएको छ । जसमा ३५.२ प्रतिशत रहेकोमा पुर्वीरुकुममा १८.१ प्रतिशत रहेको छ । प्रदेशको एक मात्रै हिमाली जिल्लाको रूपमा रहेको पुर्वी रुकुममा अन्य स्थानको भन्दा कम पौष्टीकपना भएको आंकलन गरिएको भएपनि कपिलवस्तु जिल्ला तराईंको सुगम जिल्ला भएपनि बालबालिकामा पौष्टीक तत्वमा कम भएको पाइएको हो ।

प्रदेशको रोल्पा, प्यूठान, नवलपरासी, कपिलवस्तु, बर्दिया जिल्लामा एक/एक जना बालबालिकाको मृत्यु गत आर्थिक बर्षमा भएको थियो । विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार जन्मेदेखि ५ वर्षसम्मका तौल कम भएका बच्चाहरूलाई यहाँ राख्ने गरिएको उनको भनाइ छ । जसअनुसार उनीहरूलाई निःशुल्क रूपमा खाने बस्ने व्यवस्था गरिएको हुन्छ । यस्तै बालबालिका, किशोरी र प्रजनन् उमेरका महिलाहरूमा रक्तअल्पता अधिक भएको खण्डमा आइरन चक्की वितरण एवं अन्य सेवा समेत दिने गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद गिरीले बताए ।
पोषण फोकल पर्सन तथा निर्देशनालयको पोषण सुरक्षा महाशाखा प्रमुख कौशल भण्डारीका अनुसार ५ वर्ष मुनिका बालबालिकामा ख्याउटेपन, पुड्कोपन, कम तौल उच्च रहेको र २०३० सम्म लक्ष्य हासिल गर्न चुनौति रहेको छ ।

बालबालिका, किशोरी र प्रजनन् उमेरका महिलाहरूमा रक्तअल्पता अधिक हुन, स्तनपान संरक्षण, संवर्धन र प्रवर्द्धनमा कमी हँुदै गएको कारण समस्या रहेको उनको भनाइ छ । उनी भन्छन्–‘जिल्लास्तरको अस्पतालमा केयर युनिटले निरन्तरता तथा सञ्चालनमा चुनौति रहेको छ ।’
५ वर्ष मुनिका बालबालिकामा पोषण लेखाजोखा तथा व्यवस्थापनमा कमी भएको कारण पनि यसरी हराउने बालबालिका संख्या रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?