ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

सुदूरपश्चिम प्रदेश सभाको एक वर्ष : बिना उपलव्धि ८ करोड खर्च

८ माघ २०८०, सोमबार
८ माघ २०८०, सोमबार

धनगढी, ८ माघ ।

सुदूरपश्चिम प्रदेश सभाको एक वर्ष उपलब्धि विहीन वनको छ । दोस्रो कार्यकालका लागि निर्वाचित भएका ५३ जना प्रदेश सभा सदस्यहरूले आफ्नो सेवा सुविधा बाहेक अन्य केही काम गर्न सकेका छैनन् ।

सभाले एक वर्षको समय अवधिमा जनअपेक्षा अनुसारका कामहरू गर्न सकेको छैन । सभालाई बिजनेस दिँदै प्रदेश समृद्धिका योजना निर्माण गर्नु पर्ने प्रदेश सरकार सत्ता टिकाउन र बोली बिकाउनमै व्यस्त भए पछि प्रदेश सभाको एक वर्ष उपलब्धिविहीन बनेको हो ।

प्रदेश सरकारलाई आवश्यक पर्ने कानुन निर्माण गर्दै सरकारलाई दिशानिर्देश गर्नुपर्ने दायित्व बोकेको सुदूरपश्चिम प्रदेश सभा आफै अन्योलमा छ ।

‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन संशोधन र सार्वजनिक लिखित प्रमाणीकरण ऐन संशोधन गर्ने बाहेक कुनै पनि नयाँ ऐन प्रदेश सभाले जारी गर्न सकेको छैन । प्रदेश सभा सदस्यहरूको शपथग्रहण, सभामुख र उपसभामुखको निर्वाचन, मुख्यमन्त्रीको विश्वासको मतका लागि बैठकका कार्यसूचीहरू सम्पन्न गर्न बाहेक प्रदेश सभाले खासै नयाँ काम गर्न सकेको छैन । प्रदेश सभामा नयाँ विधेयकहरू दर्ता पनि भएका छैनन्,’ प्रदेश सभा सचिव देव बहादुर बोगटीले भने ।

‘बनाइनु पर्ने अत्यावश्यक ऐनहरू पहिलो कार्यकालमै बनिसकेको हुनाले पनि अहिले नयाँ कानुन निर्माणले गति लिएन,’ सचिव बोगटीले भने, ‘कानुन बनाइराख्ने भन्दा पनि वनेका कानुनहरूको कार्यान्वयन गर्नु आवश्यक हो ।’

कानुन निर्माणको मुख्य जिम्मेवारी बोकेको प्रदेश सभा त्यस दृष्टिमा प्रभावहीन देखिएको छ । ७ दिन चलेको पहिलो अधिवेशनमा ९ बैठक र २४ दिन सञ्चालन भएको दोस्रो अधिवेशनमा २८ बैठक मात्रै बसेका थिए ।

पदाधिकारी र सदस्यहरूको सेवा सुविधा बापत एक वर्षमा आठ करोड रुपैयाँ बढी खर्च भएको छ । अघिल्लो वर्षको १५ पुसदेखि असार मसान्तसम्म पाँच करोड ७३ लाख रुपैयाँ सेवा सुविधामा खर्च भएको थियो । त्यसयता साउनदेखि कात्तिकसम्म दुई करोड ३७ लाख रुपैयाँ खर्च भइसकेको छ ।

सरकारले प्रदेश सभालार्ई बिजनेस विहीन बनाएको भन्दै सांसदहरू रुष्ट छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाका सांसदहरूले सरकारको चर्को आलोचना गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र रावलले सरकारले प्रदेश सभाको गरिमालाई बेवास्ता गरेको आरोप लगाए ।

‘कानुन निर्माण र कार्यान्वयनमा सरकारको चासो छैन। सरकार बेतिथि र भ्रष्टाचारमा लिप्त छ । सरकारको अकर्मण्यता कारण प्रदेश सभा पनि सुस्त भएको छ,’ रावलले भने ।

वर्तमान सरकार पूर्ण रूपमा असफल भइसकेको एमालेका अर्का सांसद वीर बहादुर थापाले आरोप लगाए । ‘सरकारका मन्त्रीहरूको दैनिक भोज भतेर र नाच गानमै सीमित छ । जनताका पिर मर्कामा सरकारको ध्यान छैन । सस्तो लोकप्रियताको खोजीमा रुमलिएको सरकार कुहिरोमा हराएको काग जस्तै भएको छ,’ थापाले भने ।

सत्तारुढ दलकै प्रदेशसभा सदस्यहरूले समेत सरकारकै कारण प्रदेशसभा गतिशील हुन नसकेको बताएका छन् । नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीले एक वर्षे कार्यकालमा एउटा पनि कानुन निर्माण गर्न नसक्नु दुर्भाग्यपूर्ण भएको बताए ।

राप्रपावाट निर्वाचित सांसद खेमा कुमारी विष्टले सरकार भएको अनुभूति गर्न नसकिएको बताएकी छिन् । ‘एक वर्षको अवधिमा करोडौँ रकम खर्च गरेर एउटा पनि नियम कानुन र कार्यविधि बन्न नसक्नु लज्जास्पद हो । विकासका काम पनि भएका छैनन् । हाल सम्म जम्मा बजेटको ६ प्रतिशत मात्र खर्च भएको छ ।प्रदेश सरकार गैर जिम्मेवार वनेको छ,’ विष्टले भनिन् ।

मन्त्रीहरूले भने सरकारको बचाउ गरेका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी भने अन्य प्रदेश सरकारको तुलनामा सुदूरपश्चिम प्रदेश सरकारले गति लिएको दाबी गरेका छन् । ‘हामीले अहिले नयाँ कानुन बनाइनु भन्दा पनि वनेका कानुनहरूको कार्यान्वयन पक्षलाई बलियो बनाउनमा हाम्रो ध्यान छ । हामीले मन्त्रालयहरूबाट जनतालाई गुणस्तरीय सेवा दिइरहेका छौँ । आवश्यकता अनुसार नयाँ कानुन निर्माण र वनेका कानुनको संशोधन गछौँ,’ मन्त्री धामीले भने ।

आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट भने सङ्घीय सरकार र प्रदेश सरकारका ऐन कानुन बाझिएका कारण समस्या भएको तर्क गर्छन् ।

‘निजामती ऐन, प्रदेश प्रहरी ऐन जस्ता थुप्रै कानुन बनेर पनि कार्यान्वयन हुन सकेको छैन । नयाँ कानुन बनाएर के गर्ने रु अहिले नयाँ कानुन निर्माण गर्नुपर्ने आवश्यकता नै छैन । केही समय पछि सुरु हुने हिउँदे अधिवेशनमा भने ८ वटा विधेयक दर्ता गर्ने गरी हामी काम गरीरहकाछौँ,’ मन्त्री भट्टले भने ।
४ मङ्सिर २०७९ को निर्वाचनबाट गठन भएको प्रदेशसभा पहिलो बैठक १५ पुसमा बसेको थियो ।

ज्येष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतामा बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका थिए ।

सङ्घीयतापछि पहिलो पटक २०७४ मंसिरमा भएको प्रदेशसभा निर्वाचनबाट निर्वाचित प्रदेशसभा सदस्यहरूले ५ बर्षमा ६७ वटा कानुन निर्माण गरेका थिए । प्रदेशसभा सदस्यहरूले पहिलो कार्यकालमा सेवा सुविधा तथा आम नागरिकसङ सरोकार राख्ने ६७ वटा कानुन निर्माण गरेका थिए । प्रदेशसभाको दोस्रो कार्यकालका लागि २०७९ मंसिरमा भएको निर्वाचनपछि आएका प्रदेशसभा सदस्यहरूले भने नियमित कानुन बाहेक अन्य कुनै कानुन बनाउन सकेको छैन ।

एक वर्ष पछि सभापति चयन

सुदूरपश्चिम प्रदेशसभाले गठन गर्नुपर्ने विषयगत समितिले समेत पूर्णता पाउन पनि एक वर्ष समय खर्चिनु परेको छ । ज्येष्ठ सदस्यकै अध्यक्षतामा बैठक बस्ने गरेका विषयगत समितिले अहिले भने सभापति पाएका हुन् ।

प्रदेशसभाको विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा काँग्रेसका दिवानसिंह विष्ट, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा नागरिक उन्मुक्तिका घनश्याम चौधरी, सार्वजनिक लेखा समितिको सभापतिमा एमालेका वीरबहादुर थापा र सामाजिक विकास समितिमा नेकपा (एकीकृत समाजवादी) की माया पन्त सर्वसम्मत चयन भइसकेका छन् । २५ पुसमा उनीहरूलाई सभामुख भीमबहादुर भण्डारीले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?