ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

नागरिकलाई चिसोबाट बचाउ

८ माघ २०८०, सोमबार
८ माघ २०८०, सोमबार

पुसको अन्त्य र माघ महिनाको सुरुवातसंगै तराईमा शितलहर चलेका कारण अहिले जनजीवन निकै प्रभावित भएको छ । चिसोका कारण बृद्धबृद्धा र बालबालिका बढी प्रभावित भएका छन । अस्पतालहरूमा चिसोका कारण उपचाररत बिरामीको चाप छ । चिसोमा बढी देखिने दम, निमोनिया, ब्रोङकाईटिस आदि समस्याका कारण समस्या भैरहेको छ । तराईमा हुस्सुले चिसो बढाएको छ । रूपन्देहीमा केही दिनयता यो बर्षकै चिसो महसुस भएको छ । चिसो बढेसंगै तराईका जनता प्रभावित भएका छन । यतिबेला चिसो मौसमका कारण तराई क्षेत्रका स्थानीय जनता सकसपूर्ण जीवन जिउन बाध्य छन् । तापक्रम घट्दै जाँदा यो समयमा यी क्षेत्रमा चिसो हावासँगै पानीको थोपा चुहिने र बाक्लो हुस्सु लाग्ने गर्छ । यो अवस्था बढ्दोक्रममा रहेकाले यी क्षेत्रका बासिन्दाले अझै जटिल अवस्थाको सामना गर्नुपर्ने निश्चित छ । प्रकृतिजन्य समस्या भएकाले यसलाई कसैले रोक्न तथा छेक्न त सक्दैन, तर पूर्वतयारी गर्न सकियो भने क्षति न्यूनीकरण गराउन भने अवश्य सकिन्छ । बेलैमा सचेत भएर चिसोबाट बच्ने र बचाउन सकिने विकल्पबारे सोच्नुपर्छ । यतिखेर पहाडी जिल्लाका तुलनामा तराईका जिल्लामा चिसोको समस्या धेरै छ ।

केही दिनदेखि तराईमा बाक्लो हुस्सु र चिसो हावाले जनजीवन प्रभावित भएको छ । यतिबेला मौसम चिसो हुने समय भएपनि अकस्मात चिसोको मात्रा बढेको छ । चिसोले खासगरि गरिव र न्यून आय भएकाहरू बढी प्रभावित भएका छन । यो प्रत्येक बर्षको नियमित प्रकृया जस्तै बनेको छ । जाडोमा एकसरो कपडासमेत किन्न नसक्ने र रातीमा ओढ्ने ओछ्याउन नहुँदा दुःख पाएका नागरिक सबैभन्दा धेरै पीडामा छन् । यो समयमा उनीहरूलाई गास, बास र कपासको उचित प्रबन्ध गर्न कुनै कसर बाँकी राख्नु हुँदैन । पालिकाहरूले पनि विभिन्न स्थान र चोकमा दाउरा बाल्ने व्यवस्था गरेमा सुनमा सुगन्ध हुनेछ । त्यसतर्फ पालिकाहरूको ध्यान जानु जरुरी छ ।

अत्याधिक चिसो बढेपछि बुटवलका विद्यालयमा तीन दिन जाडो बिदा दिइएको छ । तर, यो बिदा पनि अपर्याप्त छ । किनभने जाडो अझै बढ्दोक्रममा छ । तसर्थ जाडोको परिस्थिति हेरेर विदामा थपघट गर्नु आवश्यक छ । विद्यालय जाने बालबालिकाहरू नै हुन तसर्थ उनीहरूको स्वास्थ्यलाई मध्यनजर गरेर विद्यालय खोल्ने र बन्द गर्ने निर्णय गर्नु जरुरी छ । अहिले पालिकाहरूको ध्यान चिसोबाट प्रभावितलाई बचाउनेतर्फ जाओस् । अर्कोतर्फ असहाय, गरिव तथा विपन्न नागरिकको संरक्षक राज्य भएका कारण उनीहरूलाई चिसोबाट जोगाउने अभिभारा पनि राज्यले बहन गर्नुपर्छ । सरकारसंगै मानव सेवामा लागेका धार्मिक, सामाजिक संघ संस्थाहरूले यसको अगुवाई गरुन ।

विगतका दिनमा पालिकाहरूले चिसोबाट प्रभावितहरूलाई कपडा वितरण गर्ने, दाउरा बालेर घर–गोठभित्र तातो बनाइराख्ने व्यवस्था गरेका थिए । यो बर्ष भने केही पालिका बाहेक अहिलेसम्म दाउरा वितरण गरेको सुनिएको छैन । दाउरा वितरण गर्ने काम संघीय सरकारको भन्दा पनि स्थानीय सरकारको पहलमा हुनुपर्दछ । शीतलहर, हुस्सु, कुहिरो र चिसो हावाको समयमा रोगले समेत छिटो आक्रमण गर्छ । नागरिकले पनि सरकारको मात्र मुख नताकी आफ्नो स्वास्थ्यको हेरचाहतर्फ प्रयास गर्नुपर्छ । अतः सरकारले पनि चिसोबाट प्रभावितलाई राहत दिने कुरामा ढिलाई नहोस् । अर्कोतर्फ पालिकाहरूले समेत चिसोबाट बढी प्रभावित क्षेत्र र समुदायका मानिसको सुरक्षाका लागि नेतृत्व लिने कुरामा पछि नहटुन । अझै केही दिन यही अवस्था रहने देखिएको छ । मौसमबीदहरूले समेत तराईमा शीतलहर केही दिन रहने उल्लेख गरेका कारण चिसो प्रभावितलाई राहत दिनु जरुरी छ । चिसोकै कारण कोही कसैको मृत्यु भएको दुःखद समाचार सुन्नु नपरोस् । त्यसका लागि राज्यका तीनै तहका सरकारको ध्यानाकर्षण होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?