ट्रेंडिंग:

>> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले

दुई महिनाअघि विवाहका लागि ल्याएकी श्रीमतीको हत्या

८ माघ २०८०, सोमबार
८ माघ २०८०, सोमबार

सल्यान, ८ माघ ।

सल्यानमा एक युवकले गत माघ महिनामा मात्रै विहे गर्न भनेर घर त्याएकी एक महिलाको हत्या गरेका छन् । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ लेखपोखरा बस्ने अन्दाजी २३ वर्षीय मोहन पुनले माइती घर सल्यानको त्रिवेणी गाउँपालिका वडा नम्बर ४ फालावाङ भएकी सिमा कँवरको हत्या गरेको बताइएको छ । कुटपिटबाट शरीरमा घाउ चोट भएको अवस्थामा अन्दाजी २१÷२२ वर्षीया सिमा लेखपोखरा स्थित केटाको घर (ढाकुडाँडा टोल) मा मृत फेला परेकी हुन् । यद्यपि प्रहरीले घटनाको अनुसन्धान अघि बढाइएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक भवानी प्रसाद धमलाले गत मंसिर १० मा मात्रै मोहनले सिमालाई विहे गर्न भनेर ल्याएको र उनीहरुले सिन्दुर हालेर विवाह नगरेको तर श्रीमान श्रीमतीको रुपमा बस्दै आएको बताए । हत्या आरोप लागेका श्रीमान मोहनलाई प्रहरीले सोमबार दिउँसो घर नजिकैकै जंगलमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरेको उनले जानकारी दिए ।

छत्रेश्वरी ५ लेखपोखरा स्थित केटाको घरमा महिला सोमबार मृत अवस्थामा फेला परेको र श्रीमान मोहनले ती महिलालाई आइतबार कुटपिट गर्दै घरभित्र प्रवेश गरेको देखिएको छत्रेश्वरी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष फौद बहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार आइतबार राति ९ बजेतीर नै महिलाको हत्या भएको स्थानीयहरुले अनुमान गरेका छन् । ती महिलाको यसअघि अन्तै विवाह भएको र महिलाले पहिलेको श्रीमानलाई फोन गरेको भन्दै मोहनले कुटपिट गरेको बताएका छन् । प्रहरीले भने श्रीमानलाई पक्राउ गरिएको र घटना बारे सोधपुछकै क्रममा रहेको जनाएको छ । प्रहरीका अनुसार पैदल दुरी एक घण्टा टाढा रहेको आफ्नो बुवाको घरबाट आइतबार फर्किने क्रममा मोहनले सिमालाई कुटपिट गर्दै घरभित्र प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?