ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक
हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता

शिक्षा र खेलकुद एउटै सिक्काको दुई पाटा —नगरप्रमुख खाण

पहिलो दिनको खेलमा एभरेष्ट, न्यु होराईजन, सगरमाथा, सेन्ट जोसेफ, बुद्ध पब्लिक र अक्सफोर्ड विजयी भएका छन ।
७ माघ २०८०, आइतबार
७ माघ २०८०, आइतबार

बुटवल, ७ माघ । उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान), रुपन्देहीको आयोजनामा रुपन्देहीमा जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता आईतबारदेखी शुरु भएको छ । कार्यक्रमको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले उद्घाटन गर्दै शिक्षा र खेलकुद एउटै सिक्काको दुई पाटा भएको बताए । नेपालमा शिक्षामा निजि क्षेत्रबाट धेरै महत्वपुर्ण योगदान दिएको भन्दै सरकारबाट आवश्यक सहयोग गर्न सधै तत्पर रहेको बताए ।

निजि क्षेत्रबाट भएको लगानीलाई माफियाका रुपमा हेर्ने गलत सोचलाई चिर्ने गरि अगाडी बढ्न जरुरी रहेको तर्क दिदै उनले शिक्षामा धेरै परिवर्तन आएको बताए । कुनै समय विद्यार्थीहरु केवल अध्ययन गर्नुपर्ने अभिभावकको सोच अहिले परिवर्तन आएको भन्दै उनले अहिले सबै पक्षबाट खेलाडीलाई सहयोग हुने गरेको बताए ।

कार्यक्रममा उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान), रुपन्देहीका अध्यक्ष दिनेश भुषालले वर्षेनि संस्थागत हकहित, विकाससंगै बालबालिकाहरुको प्रतिभा प्रस्फुटनका विविध कार्यक्रमहरु गर्दै आएको बताए । हाजिरीजवाफ, बक्तृत्वकला, साहित्यिक साथै खेलकुद गतिविधिहरु गर्दै आएको उनले बताए ।

कार्यक्रममा हिसानका केन्द्रीय उपाध्यक्ष लोकनाथ उपाध्यायले खेलभावनाका साथ प्रतिभा प्रस्फुटन गर्ने उदेश्यका साथ स्वच्छ प्रतिस्पर्धा गराउन सुझाव दिए ।

कार्यक्रममा संस्थाका सल्लाहकार कृष्ण प्रसाद पौडेलले पछिल्लोसमय शैक्षिक पाठ्यक्रममा परिवर्तन गर्न जरुरी रहेको बताए । अन्तराष्ट्रिय आवश्यकता र माग अनुसारको ब्यवहारिक शिक्षालाई जोड दिन जरुरी रहेको उनले बताए ।

कार्यक्रममा अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले खेलाडी उत्पादनको आधार मानिएको विद्यालय खेलकुदलाई महत्व दिनुपर्ने आग्रह गरे । संस्थाका पुर्वअध्यक्ष टुक बहादुर क्षेत्रीले विद्यार्थी र खेलकुदको सम्बन्धबारे प्रकाश पार्दै विद्यालयस्तरमा हुने प्रतियोगिता जरुरी रहने बताए ।

तिलोत्तमा नगरपालिका वडा नं ३ का वडाअध्यक्ष कल्याण पौडेल, संस्थाका सचिव बाबुराम बन्जाडेले शिक्षा र खेलको महत्वलाई प्रकाश पारेका थिए । संस्थामा रुपन्देहीमा ५४ विद्यालयहरु आवद्ध छन ।

 

एभरेष्ट, न्यु होराईजन, सगरमाथा, सेन्ट जोसेफ, बुद्ध पब्लिक र अक्सफोर्ड विजयी

तिलोत्तमास्थित सिद्धार्थ बोर्डिङ स्कुल खेलमैदानमा आईतबार भएको छात्रतर्फको उद्घाटन खेलमा एभरेष्ट बोर्डिङ स्कुल विजयी शुरुवात गरेको छ । एभरेष्टले स्कलर्स होम बोर्डिङ स्कुललाई २५–१७, २५–११ को सेटमा जित निकालेको हो ।

यसैगरि पहिलो दिन भएको खेलमा न्यु होराईजनले त्रिभुवनलाई २५–११, २५–९, सगरमाथाले काशी नोबेल एकेडेमीलाई २५–१६, २७–२५, सेन्ट जोसेफले न्यु ईन्भारोमेन्टलाई २५–१६, २५–१८, बुद्ध पब्लिकले दीप बोर्डिङलाई २६–२४, २५–२२ तथा अक्सफोर्डले प्यारामाउण्टलाई २५–७, २५–१७ को सोझो सेटमा पराजित गर्दै अर्को चरणमा प्रवेश गरेका छन ।

भलिबल प्रतियोगिताका संयोजक याम बहादुर रानाले छात्र र छात्रा प्रतियोगिता गरिने बताए । प्रतियोगितामा छात्र÷छात्रा दुबै टिमको प्रथम टिम नगद १५ हजार रुपैया, द्घितिय टिम १० हजार र तृतिय टिमले नगद ५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । छात्रको १४ र छात्राको ९ वटा टिमले भाग लिने बताए । प्रतियोगिता फाईनल खेल तथा समापन माघ ९ गते हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?