Butwal Today

माघी तथा खिचडी महोत्सव सुरु

७ माघ २०८०, आइतबार
अ+
अ-

लुम्बिनी, ७ माघ ।

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ९ मा तेस्रो माघी तथा खिचडी महोत्सव सुरु भएको छ ।

थारु समुदायको “हमहनके भेषभुषा हमहनके भाषा सँस्कृति हमहनके पहिचान” मूल नाराका साथ थारु समुदायको साँस्कृतिक, भेषभुषा, लोप हुन लागेको हुनाले माघी तथा खिचडी महोत्सवको आयोजना गरिएको हो । माघ महिनाको पहिलो दिन देखि माघ महिना सम्म माघे संक्रान्ति मनाइन्छ । थारु समुदायको माघ महिना नयाँ बर्षको रुमा मनाउने चलन पनि रहेको छ ।

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ९ खुदावगार सामुदायिक सिकाई केन्द्रको आयोजनामा लुम्बिनी साँस्कृतिक नगरपालिकाको सहयोग कार्यक्रम सुरु भएको थियो ।

कार्यक्रम उदघाटनका अवसरमा लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपप्रमुख कल्पना हरिजन, खुदावागर समुदायिक सिकाई केन्द्रका अध्यक्ष शिवनाथ चौधरी, निवर्तमान प्रदेश सदस्य फकरुद्दी खाँन, निवर्तमान वडाअध्यक्ष सईफ खाँन, राजनैतिक दलका सदस्यहरुलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा थारु समुदायका साँस्कृतिक झल्कने झाँकी तथा थारु समुदायको भेषभुषा झल्कने गरी साँस्कृतिक कार्यक्रम गरी माघी पर्व मनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?