Butwal Today

खुर्पा र कोदालोले हानेर श्रीमतीको हत्या

७ माघ २०८०, आइतबार
अ+
अ-

नवलपुर, ७ माघ ।

पूर्वी नवलपरासीको नवलपुरमा कोदालो र खुर्पा प्रहार गरी एक युवकले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

गएराती १ बजे हुप्सेकोट गाउँपालिका – ६ बिरुखर्कका ३३ वर्षीय शेरबहादुर लम्का मगरले आफ्नै श्रीमती ३४ वर्षीया चनिसरा लम्का मगरलाई कोदालो र खुर्पा प्रहार गरी हत्या गरेका हुन् ।

संगै सुतिरहेको अवस्थामा शेरबहादुरले श्रीमतीलाई कोदालो र खुर्पा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको नवलपुरका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेलले जानकारी दिए ।

शेरबहादुरलाई कोदालो र खुर्पा सहित नियन्त्रणमा लिएको र घटनास्थलमा प्रहरी टोली खटी गई अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक पौडेलले बताए ।