ट्रेंडिंग:

>> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा

बस किन्ने २२ लाख गायब

जनप्रतिनिधि नै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रहेको विद्यालय सीता माविमा भ्रष्टाचार भएको गुनासो गर्दै स्थानीयले धर्ना दिएका छन् ।
६ माघ २०८०, शनिबार
६ माघ २०८०, शनिबार

बुटवल, ५ माघ ।

आर्थिक वर्ष २०७७/२०७८ मा सीता माविका लागि बस किन्न विद्यालय ब्यवस्थापन समितिले निर्णय गर्यो । सीता माध्यमिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा देवदह नगरपालिकाका वडा नं. १० का वडा अध्यक्ष समेत रहेका एक बहादुर सुनारले सामुदायिक विद्यालयमा सवारी साधन ल्याउने निर्णय गरेर नै बजेट बिनियोजन गरे । निर्णय भएर बजेट समेत छुट्टियो । दुई आर्थिक वर्षमा गरी साढे १३ लाख र अर्को वर्ष वडाबाट साढे ३ र नगरपालिकाबाट ५ लाख गरी कुल २२ लाख रुपैयाँ बस खरिदका लागि बजेट बिनियोजन गरियो । ४ कार्यकाल सकिंदा समेत विद्यालयमा बस भने आएन । जनप्रतिनिधि नै विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष भएको विद्यालयमा बसको बजेट गायब भयो ।

विद्यालयका पदाधिकारी र कर्मचारीहरुको मिलामतोमा हिनामिना भएको भन्दै चरङ्गेका स्थानीय बासिन्दाहरुले शुक्रबार विद्यालय परिसरमा नाराबाजी र धर्ना गरेका छन् । गत फागुनमा सम्पन्न विद्यालय ब्यवस्थापन समितिको निर्वाचनबाट पुनः सुनारको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति निर्वाचित भयो । बैठक बस्ने सूचनापछि यो विषयमा प्रवेश भएसंगै अडिट नभएको कुरामा विवाद उत्पन्न भयो । विद्यालयमा निर्वाचित नयाँ कायसमितिका सदस्य आफ्नो कार्यकालमा निर्णय नभएको भन्दै यसको जिम्मा ३ वर्षअघिको कार्यसमितिले लिनुपर्ने बताउँछन् । सार्वजनिक सम्पत्ती दुरुपयोग गरेको स्थानीयहरुको ठहर छ ।

नाम खुलाउन नखोजेका समितिका सदस्यले पारदर्शीका लागि आफुहरु विरोधमा उत्रेको बताए । यो विषयमा अख्तियारमा समेत मुद्दा परेको भन्दै उनले सरकारी रकम दुरुपयोग गरेका अध्यक्षलाई कानुनी दायरामा ल्याउनुपर्ने स्थानीयहरु बताउँछन् । समितिका अध्यक्ष तथा देवदह नगरपालिकाका वडा नं. १० का वडा अध्यक्ष समेत रहेका एक बहादुर सुनारले मनोमानी गर्दै विद्यालयको सवारी खरिद नगरेको स्थानीयको दुखेसो छ । स्थानीय जनप्रतिनिधि समेत रहेका सुनार पटकपटक विवादमा मुछिदै आएका छन ।

नगरपालिकामा समेत बजेट निकासा भएपनि बेरुजु देखिएको भन्दै अख्तियारमा समेत मुद्दा परेको छ । विद्यालयमा करिब ७ सय विद्यार्थीहरु अध्ययनरत छन् ।

यता वडाअध्यक्ष सुनारले विद्यालयका लेखापाल लाल बहादुर रुचालबाट गलत काम गरेको आरोप लगाएका छन् । यस विषयमा छानबिन हुने बताए । बस खरिद गर्ने रकममध्ये भवन निर्माणमा खर्च भएको उनले स्वीकार गरेका छन् । निकासा भएको बजेटमा खर्च गरिएको उनी स्वीकार्छन् ।

यता स्थानीयहरु भने यो आर्थिक वर्षमा अभिभावकहरुसंग उठाएको रकममध्येको केही रकम डिपोजिट नगरिकन र नगद मौज्दात कर्मचारीको नाममा देखिएको भएपनि बस खरिद गर्ने रकम अन्य शीर्षकमा खर्च गरिन नहुने बताउँछन् । ईस्टिमेट नगरी भवन निर्माण गरेको अवस्था देखिएको छ । यसरी अन्य शीर्षकमा खर्च गरिएको छ । अडिट नै नगरी ४ कार्यकाल त्यसै राखिएको कार्यबाहक अध्यक्ष हुँदा मनपरी खर्च गरेको स्थानीयहरुको आरोप छ । अडिटमा बेरुजु देखिएको छ । कर्मचारीको नाममा भएपनि तिर्नुपर्ने स्थानीयहरु बताउँछन् । कार्यसमितिको अध्यक्ष हुँदा समेत लेखासमितिको संयोजक बन्ने आफै निर्णय गरेको स्थानीयहरु बताउँछन् । जबकी लेखासमितिको संयोजक शिक्षक अभिभावक संघको अध्यक्ष बन्ने प्रावधान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?