Butwal Today

पामिरमा खेल सप्ताह सुरु

५ माघ २०८०, शुक्रबार
अ+
अ-

बुटवल, ५ माघ ।

पामिर इन्टरनेशनल एकेडेमी तिलोत्तमा–२ जानकीनगरमा शुक्रबारदेखि खेल सप्ताह सुरु भएको छ । खेल सप्ताहको उदघाटन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन चापागाईंले विद्यालयले शिक्षासँगै अतिरित्तब्m क्रियाकलापलाई समेत जोड दिंदै आएको बताए ।

व्यावहारिक शिक्षा प्रदान गर्नु नै विद्यालयको मुख्य उद्देश्य रहेको भन्दै उनले खेलकूद सप्ताहले विद्यालय तहबाट खेलाडी उत्पादनमा समेत सहयोग पुग्ने बताए ।

विद्यालयका प्राचार्य गोपाल गौतमले स्वास्थ्यका लागि पनि खेलकूद जरुरी रहेको भन्दै यस्ता कार्यक्रमलाई विद्यालयले निरन्तरता दिंदै जानेृ बताए ।

त्यस अवसरमा खेल सप्ताह संयोजक अतिरिक्त क्रियाकलाप प्रमुख अमित राना, परीक्षा संयोजक नविन शाक्यलगायतले पनि आ–आफ्नो धारणा राखेका थिए । खेलकूद सप्ताह अवधिभर विभिन्न प्रतियोगिताहरु आयोजना गरिने अतिरिक्त क्रियाकलाप प्रमुख अमित रानाले बताए ।