© 2026
तिलोत्तमा, ५ माघ । डन मोडल एकेडेमी तिलोत्तमा– ६, नयाँमिल रुपन्देहीले खाना महोत्सव कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विद्यालयका कक्षा ७ र ८ मा अध्ययनरत विद्यार्थीहरुले खानाका परिकारहरु तयार गरी प्रदर्शन र विक्री गरेका थिए । महोत्सवमा आठ वटा स्टलमा २० भन्दा बढी खानाका परिकारहरु राखिएको थियो । सबै खानाका परिकारहरु विद्यालयमा कक्षा ७ र ८ मा पढ्ने विद्यार्थीहरुले आफै बनाएका थिए । पाक शिक्षा जिवनका लागि चाहिने अनिवार्य शिक्षा रहेको र विद्यार्थीहरुमा पाक शिक्षाको विकास गर्न तथा उनीहरुसँग भएको सिपलाई तिखार्न उक्त महोत्सवको आयोजना गरिएको विद्यालयका प्राचार्य सीताराम भट्टराईले बताए ।
खाना महोत्सवले विद्यार्थीहरुले सैद्धान्तिक ज्ञानलाई व्यवहारिक ज्ञानमा सजिलै उतार्न सक्छन् भन्ने प्रमाणित भएको सह प्राचार्य शन्तोष पौडेलले बताए ।विद्यार्थीमा अन्तरनिहीत प्रतिभा प्रष्फुटनका लागि विद्यालयमा खाना महोत्सव लगाएत अन्य कार्यक्रमहरु भइरहेको अध्यक्ष शिवकुमार पाठकले बताए। विद्यालयले विद्यार्थीको खेल प्रतिभा प्रष्फुटनका लागि माघ २२ गतेदेखि खेलकुद सप्ताह सञ्चालन गर्न लागेको अतिरिक्त क्रियाकलाप संयोजक ज्योति रेग्मीले जानकारी दिए ।