ट्रेंडिंग:

>> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

२ सय बिपन्न परिवारलाई “न्यानो लुगा उपहार” 

५ माघ २०८०, शुक्रबार
५ माघ २०८०, शुक्रबार
कपिलवस्तु, ५ माघ  । जिल्लाको महाराजगंज नगरपालिकाका २ सय बिपन्न परिवारलाई न्यानो लुगा  दिईएको छ । शितलहरका कारण जनजिवन प्रभावित हुदै गर्दा कतार च्यारिटीको आर्थिक सहयोग तथा लुम्बिनी एकिकृत बिकास संस्था (लिडो नेपाल) को आयोजनामा भएको कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले सो सामाग्री बिपन्न परिवारलाई हस्तान्तरण गरे । समाज कल्याण परिषद र महाराजगंज नगरपालिकाको समन्वयमा महाराजगंज नगरपालिका वडा नं. ९ मा कार्यक्रमको आयोजना गरिएको हो ।
बिपन्नलाई बितरण गरिएको “न्यानो लुगा उपहार” मा प्रति परिवार ८ हजार बढि मुल्य पर्ने सामाग्री छन । बितरित ८ प्रकारका सामाग्रीमा कम्मल, फाईबर सिरक, पिफार्म, न्यानो तन्ना, पछ्यौरी, थर्मस, तातो रबर ब्याग र सुत्केरी आमा तथा शिशुका लागि न्यानो कपडा रहेको थियो ।
शित लहरका कारण समस्यामा परेका नागरिकलाई राहतका लागि मन्त्रालयस्तरकै पहलमा कार्यक्रम तय गरि बितरण गरिएको मन्त्री आचार्यले जानकारी दिए । उनले सहयोगी निकाय कतार च्यारिटी र आयोजक संस्था लिडो नेपाललाई धन्यबाद दिए । आफ्नो निर्वाचन क्षेत्रमा अन्य बिकासका कार्यक्रम र मानविय सहयोग ल्याउन तत्पर रहेको उनको स्पष्तोक्ति थियो । तत्काल २ सय अति बिपन्न परिवारलाई न्यानो कपडा बितरणको कार्यक्रम ल्याईए पनि मन्त्री आचार्यले अन्य क्षेत्रका कार्यक्रमको लागि पहल गर्दै आएको लिडो नेपालका अध्यक्ष समेत रहेका पुर्व साँसद अतहर कमालले जानकारी दिए । मन्त्री आचार्य अध्यक्ष रहेको समाज कल्याण परिषदले जिल्लामा मानविय सहयोगका कार्यक्रम ल्याउन निरन्तर पहल गर्दै आएको उनले बताए ।
महाराजगंज नगरपालिकामा मानविय सहयोग सगै अन्य बिकासका कार्यक्रमलाई समेत मन्त्री आचार्यले प्राथमिकतामा राखेको महाराजगंज नगरपालिकाका प्रमुख अब्दुल कलाम खाँले बताए । “मन्त्रीजिले महाराजगंज र यो निर्वाचन क्षेत्रको बिकासलाई नै प्राथमिकता दिनु भएको छ । सेमरी हुदै शान्ति नगर पुग्ने बाटो समेत छिट्टै निर्माण हुदैछ ।” उनले भने । नगरले किचड मुक्त र छप्पड मुक्तको योजना सञ्चालन गरेको स्मरण गराउदै खानेपानी, सिचाई र शिक्षाका योजना समेत प्राथमिकतामा पर्नेमा उनले बिश्वास व्यक्त गरे । मन्त्री आचार्यको अगुवाई तथा पालिकाको समन्वयमा लिडो नेपालले शितलहरका बेला बिपन्न परिवारलाई गरेको सहयोग प्रशंसनिय भएको महाराजगंज नगरपालिका वडा नं. ९ का अध्यक्ष फरिद खाँले बताए ।
कतार च्यारिटीको सहयोगमा लिडो नेपालले दिन थालेको न्यानो लुगा वास्तविक बिपन्न परिवार सम्म पुगेको लिडो नेपालकी कार्यकारी निर्देशक सुनिता बेल्बासेले बताईन । मन्त्री आचार्यको पहलले यस पालिकाका बिपन्न परिवारले राहत पाउने बातावरण सुनिश्चित भएको उनले जानकारी दिईन । न्यानो लुगा पाएकी अनारपाती कोहारले जाडो न्यानो लुगा पाउदाँ खुसी लागेको बताईन । पाएको न्यानो लुगाले जाडोबाट जोगिन सहज हुने उनको बुभाई छ । जाडो र शितलहरमा न्यानो लुगा दिएर ठुलो गुन लगाएको अर्का लाभग्राही साहबुत धोबीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?