ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

ग्याँस सिलिण्डरको जोखिमबाट बचौं

५ माघ २०८०, शुक्रबार
५ माघ २०८०, शुक्रबार

पश्चिम चितवनको फूलबारीमा खाना पकाउने सिलिण्डरबाट ग्याँस चुहावट भई पड्किँदा एकजनाको मृत्यु भएको छ । आफ्नै कोठामा खाना बनाउने क्रममा ग्याँस चुहावट भएर सिलिण्डर पड्किँदा थापाको मृत्यु भएको थियो । खाना पकाउने सिलिण्डर ग्याँस पड्किएकै कारण सुदूर पश्चिमको अछाममा पनि गत महिना दुईजनाको मृत्यु भएको थियो । त्यसअघि गत बर्ष फागुन महिनामा ग्याँस पड्किँदा गुल्मी क्षेत्र नं. १ बाट निर्वाचित संघीय सांसद चन्द्र भण्डारी गंभीर घाईते हुनुभयो । उहाँकी आमा हरिकला भण्डारीको ग्याँस सिलिण्डर दुर्घटनामा मृत्यु भएको थियो । गंभीर घाईते भएका सांसद भण्डारी अहिलेपनि ग्याँस दुर्घटनाको अवशेष बोकीरहनु भएको छ । नेपालमा बेला बेलामा भैरहने यस प्रकारका ग्याँस सिलिण्डर दुर्घटनाबाट ठूलो मानवीय क्षति हुँदै आएको छ । यस प्रकारको दुर्घटना रोक्न आम नेपाली उपभोक्ता सचेत हुनु जरुरी छ । पूर्व सावधानी र सचेतनाले ग्याँस दुर्घटनाको जोखिमबाट बच्न सकिन्छ । त्यसका लागि फेरीपनि आम उपभोक्ता ग्याँस सिलिण्डरको जोखिमका विषयमा सचेत हुन जरुरी छ । सिलिण्डर कहिले बनेको हो र त्यसको म्याद कति छ भन्ने विषयपनि उपभोक्ताले जान्नैपर्ने कुरा हो । ग्याँस विक्रेताहरूका अनुसार जोखिमबाट बच्न सिलिण्डरको घाँटीमा भएका तीनवटा लाम्चा डण्डीमध्ये एउटामा भित्रपट्टी सिलिण्डरको म्यादलाई जनाउनेगरी कोड राखिएको हुन्छ । सो कोडकै आधारमा सर्वसाधारणले सिलिण्डरको म्याद पत्ता लगाउन सक्छन । अव उपभोक्ताले ग्याँस किन्न जाँदा त्यस विषयमा चनाखो भएर हेर्ने र बुझ्ने गर्न सकिएको अवस्थामा मात्रै पनि जोखिमको पूर्व अवस्थाबाट जोगिन सकिन्छ । त्यसैगरी ए, बी, सी र डीले अंग्रेजीका क्रमशः ३–३ महिना जनाउँछ ।

आम उपभोक्ताले यी कुरामा सजिलै ध्यान पु¥याउन सकेको अवस्थामा पनि जोखिम कम गर्न सकिन्छ र संभावित दुर्घटना रोकिन्छ । उदाहरणकै लागि अंग्रेजी अक्षरपछि लेखिएको अंकले मिति जनाउँछ । जस्तै २३ अंक लेखिएको भएमा त्यसको म्याद २०२३ सम्म हो भन्ने बुझ्नुपर्दछ । ‘बी २३’ लेखिएको सिलिण्डरको म्याद सन् २०२३ को जुन महिनासम्म हो भन्ने बुझ्नुपर्दछ । यस हिसावले मूल्याङ्कन गर्दा अहिले प्रयोगमा आएका सिलिण्डर १६ अंकभन्दा मुनिको हुनु हुँदैन । अहिलेको मितिलाई ए १६ ले जनाउँदछ । तर, यो मिति अन्तिम मिति हुने भएकाले बजारमा २६ अंकसम्मका सिलिण्डर पाइन्छ । आम उपभोक्ताले बुझ्नुपर्ने महत्वपूर्ण विषय के हो भने एउटा सिलिण्डरको म्याद १० वर्षसम्म हुन्छ । १० वर्षपछि हाइड्रोलिक टेष्ट गर्नुपर्ने र ५ वर्ष म्याद थप्न सकिन्छ । तर ग्याँस उद्योगहरूले भने हाइड्रोलिक टेष्टको मापदण्ड अवलम्वन नगरेको समेत पाइने गरेको छ । जुन दुर्घटनाका लागि घातक सिद्ध हुन सक्छन् । त्यसका अतिरिक्त उपभोक्ताले आफैपनि ग्याँस दुर्घटनाबाट जोगिन विभिन्न उपाय गर्न सक्छन । जस्तो कि खाना पकाउँदा कोठाको झ्याल ढोका खुल्ला गर्नुपर्छ । खाना पकाउन बस्दा सुतीको कपडा लगाएर बस्नुपर्छ । ग्याँसको तिखो गन्ध थाहा पाउनेबित्तिक्कै आगोका झिल्का निस्कने जस्तै–चुल्हो, लाइटर, सलाई, बिजुलीका प्लग, धुप जस्ता कुनैपनि उपकरण चलाउनु हुँदैन । यी महत्वपूर्ण सावधानीले दुर्घटनाबाट जोगिन सकिन्छ । तसर्थ आम उपभोक्ता अव सचेत हुनुपर्दछ । चितवनमा गत साता भएको ग्याँस दुर्घटनाको निरन्तरता अरू स्थानमा नहोस् भन्नका लागि सर्वप्रथम उपभोक्ता नै सचेत हुनु जरुरी छ । अर्कोतर्फ ग्याँस उद्योगहरूले समेत जोखिमरहित सिलिण्डरको प्रयोग बढाउनु पर्दछ । आम उपभोक्ताको जीवनमाथि खेलवाड गर्ने काम कत्तै हुनुहुँदैन । त्यसका लागि फेरीपनि नेपाल सरकारले ग्याँस उद्योगमाथि निरन्तर रूपमा अनुगमन गर्नु जरुरी छ । ग्याँस सिलिण्डरबाट उत्पन्न हुने जोखिम हटाउने हो भने सर्वप्रथम मिति सकिएका सिलिण्डर विस्थापन गर्नेतर्फ सम्वन्धित निकायको ध्यान जाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?