Butwal Today

चिसो बढेपछि नेपालगञ्जका विद्यालयमा ३ दिन विदा

४ माघ २०८०, बिहीबार
अ+
अ-

बुटवल,४ माघ । चिसो अत्यधिक बढेपछि बाँकेको नेपालगञ्जका विद्यालयमा तीन दिन बिदा दिइएको छ।

नेपालगञ्जमा एक सातायता शीतलहर चलेसँगै चिसो अत्यधिक बढेको छ।
सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा माघ ४ देखि ६ गतेसम्म जाडो बिदा दिएको नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले बताए।

शीतलहरसँगै लागेको हुस्सु र कुहिरोका कारण विद्यार्थीलाई विद्यालय जान आउन र विद्यालयमै बस्न अप्ठ्यारो भएपछि विद्यालयमा बिदा दिएको थापाले बताए। जाडो बिदाबाट कट्टी हुने गरी बिदा दिइएको उनले बताए ।   बाँकेमा शीतलहरसँगै कुहिरो र हुस्सुले दुई सातादेखि जनजीवन प्रभावित भएको छ।

Photo : File