Butwal Today

दुर्गा प्रसाईँमाथि बागलुङमा मुक्का प्रहार

४ माघ २०८०, बिहीबार
अ+
अ-

बुटवल,४ माघ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि बागलुङमा बिहीबार मुक्का प्रहार भएको छ।

‘नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ कार्यक्रमका लागि बागलुङ गएका प्रसाईँमाथि बागलुङ नगरपालिका ७ का ३७ वर्षीय रामकान्त गौतमले मुक्का हानेको प्रहरीले जानकारी दिएको छ।

बाग्लुङ प्रहरीका डिएसपी मदन केसीका अनुसार प्रसाईँलाई मुक्का हान्ने गौतमलाई नियन्त्रणमा लिइएको छ। केसी दुर्गा प्रसाईले मन्तब्य राख्ने कार्यक्रममा आएका थिए ।

Photo : File