Butwal Today

प्रधानमन्त्री कप क्रिकेटमा आज तीन खेल हुँदै

४ माघ २०८०, बिहीबार
अ+
अ-

बुटवल,४ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा आज बिहीबार तीन खेल हुँदैछन्।

भैरहवाको सिद्धार्थ रंगशालामा बिहान ९ बजे हुने खेलमा सुदूरपश्चिम र गण्डकी भिडनेछन्।

कीर्तिपुर मैदानमा बिहान सवा ९ बजे एपीएफ र मधेश प्रदेशले खेल्नेछन्।

यही समयमा मूलपानी क्रिकेट मैदानमा कोशी र आर्मीले प्रतिस्पर्धा गर्नेछन्।

यसअघि हिजो भएको खेलमा बागमती प्रदेश र कर्णाली प्रदेश विजयी भएका थिए।

बागमतीले त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले हराएको हो। यस्तै लुम्बिनी प्रदेश कर्णालीसँग ६० रनले पराजित भएको हो।