ट्रेंडिंग:

>> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु

निर्देशन दिनै हतारो, कार्यान्वयन फितलो !

४ माघ २०८०, बिहीबार
४ माघ २०८०, बिहीबार

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्रीको पद सम्हालेको १३ महिना हुँदैछ । १३ महिनाको दौरानामा प्रधानमन्त्रीले सयौं निर्देशन दिएका छन् । बुधबार एकै दिन प्रधानमन्त्रीले चारवटा निर्देशन दिए । प्रहरी समायोजनको काम टुंगो लगाउन प्रधानमन्त्रीको निर्देशनदेखि सहकारी समस्या समाधान गर्न पनि प्रधानमन्त्रीको निर्देशन थियो । अहिले प्रधानमन्त्रीको निर्देशनै निर्देशन चलिरहेको छ ।

हरेक दिन प्रधानमन्त्री र मन्त्रीहरूको निर्देशन दिने काम हुन्छ । प्रधानमन्त्री र मन्त्रीहरूको निर्देशनको पालना हुँदो हो त यो देश उहिल्यै युरोप भैसक्थ्यो । बिडम्वना प्रधानमन्त्री र मन्त्रीहरूले निर्देशन दिदै जाने र कर्मचारीले त्यसको कार्यान्वयनमा जिम्मेवार नबन्ने गजबको संस्कार विकास भएको छ । अर्थात निर्देशनको पालनामा कोही पनि जिम्मेवार नै छैनन् । स्वयं प्रधानमन्त्रीले समेत आफूले दिनैजसो दिने निर्देशन कार्यान्वयनको अवस्था के छ भन्ने बिषयमा समीक्षा गर्ने फुर्सद नै छैन । उनलाई निर्देशन दिनै भ्याईनभ्याई छ । कस्तो बिडम्वना सरकारका प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरूले दिएका निर्देशन पालना हुन सकेका छैनन् । प्रधानमन्त्रीले पुँजीगत खर्च बढाउन विभागीय सचिव र कर्मचारीहरूलाई दिएको निर्देशनको पालना त भएन, उल्टो सरकारले खर्च गर्न नसक्दा ढुकुटीमा थुप्रिएर बसेको छ । प्रधानमन्त्रीको यो निर्देशन पालना भएको भए चालू आर्थिक बर्षको ६ महिनामा करिव ४० देखि ५० प्रतिशत पुँजीगत खर्च भैसक्नु पथ्र्यो । तर, पुँजीगत खर्चमा भारी कमी हुने र चालू खर्च बढ्ने प्रवृत्ति रोकिएको छैन । यसबाट के देखिन्छ भने निर्देशन दिइरहने र त्यसको पालना नहुने अनौठो अवस्थाबाट मुलुक गुज्रिरहेको छ । त्यसो त मुलुकमा बर्षौदेखि निर्देशन र राज्यका निकाय बीचको असंगतिपूर्ण सम्बन्ध देखिँदै आएको छ ।

मन्त्री आएकै निर्देशन दिनका निम्ति हो भन्ने भएको छ । आफूभन्दा जतिसुकै योग्य र अनुभवी कर्मचारी भए पनि मन्त्रीले निर्देशन दिनैपर्छ । व्यावसायिक क्षेत्रमा समेत सामान्य अनुभव मात्र भएको व्यक्ति पनि मन्त्री पदमा पुगेपछि ऊ निर्देशन दिने अवस्थामा पुग्छ । निर्देशन दिनु प्रत्येक उपल्ला पदको नैसर्गिक अधिकार हो भन्ने मान्यता स्थापित भएको छ । न मन्त्री बनाउनेलाई तिनको योग्यताबारे महसुस छ, न मन्त्री हुनेलाई नै आफ्नो सीमाबारे जानकारी छ । कर्मचारीतन्त्रको हालत भने यो भन्दा खराब छ । सरकारले दिएको निर्देशन पालना र कार्यान्वयन गर्नुपर्दछ भन्ने हेक्कासम्म राखिदैन् । अनि देशलाई सतीले सरापेको देशको संज्ञा दिइन्छ । वास्तवमा सतीले सरापेको देश होइन कि हामी आफै देशलाई भडखालोमा हालीरहेका छौं । प्रधानमन्त्री प्रचण्डको कार्यकाल निर्देशन दिदैमा सकिने अवस्था छ । किनकी उनी सत्ता गठबन्धनबाट प्रधानमन्त्रीको कुर्सीमा पुगेका हुन । तसर्थ अर्को दललाई पालो दिनुपर्ने अवस्थामा उनको निर्देशनको कार्यान्वयन उनी बाहिरिएपछि पनि नहुने देखिएको छ । प्रधानमन्त्री पुग्ने हरेक हरेक कार्यक्रममा सम्वन्धित निकायलाई प्रधानमन्त्रीको निर्देशन हुन्छ तर त्यसको कार्यान्वयनको अवस्था दयनीय छ । यो बिषयमा स्वयं प्रधानमन्त्रीको ध्यान किन नपुगेको होला ? अर्कोतर्फ प्रधानमन्त्री र मन्त्रीहरू सवैलाई रिबन काट्ने मोहले छोडेको छैन । कतिसम्म भने मेलम्ची खानेपानी आयोजनाको उद्घाटन तीनपटक भैसकेको छ । यो एउटा उदाहरणमात्र हो, सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले देशलाई निर्देशनको भारीमात्र बोकाउने काम गरेका छन । काम भने उही कछुवा गतिमा भैरहेको छ । अव यसको विकल्प खोज्ने बेला भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?