ट्रेंडिंग:

>> सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले बढ्यो >> ट्रम्पद्वारा नयाँ ‘गोल्ड कार्ड’ आप्रवासन भिसा सार्वजनिक >> सम्झौता वार्तामा घुसपैठ भएको सुदन गुरुङको दाबी >> डडेलधुराबाट काठमाडौँ जादैँ गरेको बस दाङमा दुर्घटना हुँदा २२ जना घाइते  >> उम्मेदवार सिफारिसप्रति असहमति जनाउँदै काँग्रेस सल्यानको असन्तुष्ट पक्ष प्रदेश र केन्द्र जाने तयारीमा  >> रवि र छविको मुद्दा ४ नम्बर इजलासमा >> बालविवाह जस्ता कुप्रथा रोकथाममा शिक्षाको भूमिकाबारे अन्तरक्रिया  >> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ

परियोजनाको दुर्गतीः मासियो पाल्पाको कफी खेती

कृषि ज्ञान केन्द्रको तथ्यांक अनुसार कफी खेति घटदो अवस्थाबाट शुन्यतिर ओरोलो लागेको छ । पछिल्लो दशकमा व्यावसायिक कफी खेती भन्ने नै नभएको एक प्राविधिकले बताए । २०३८ सालतिर तिनाउ जलाधार परियोजना र २०४७ पछि विभिन्न नामको परियोजनाले कफि खेतीका लागि किसान प्रोत्साहन गरिरहेका थिए ।
३ माघ २०८०, बुधबार
३ माघ २०८०, बुधबार

पाल्पा, ३ माघ । कुनै समयमा नगदेबाली तथा आयआर्जनको मुख्य श्रोत भएको कफी खेति यतिखेर हराउँदै गएको छ । ग्रामिण क्षेत्रमा कृषकको मुख्य आम्दानीको श्रोत बनेको कफी खेतीको प्रवद्र्धनको लागि सहयोग गर्दै आएको दातृ निकायले पछिल्लो दशकमा हात झिकेपछि खेती समेत हराउन पुगेको हो ।

कफी खेतीको सुरुवात भएको गुल्मीको तुलनामा पाल्पा निकै अगाडि भएपनि दातृ निकायले हात झिक्नु, कफी खेतीको दक्ष विशेषज्ञ तथा दक्ष प्राविधिक नहुँदा बोट मै सेतो गवारोको प्रकोप नियन्त्रण हुन नसक्दा कफीको विकल्पमा अन्य वालीतर्फ आकर्षित भएका हुन ।
घरायसी प्रयोजनका लागि मात्र कृषकले २/४ वोट लगाउँदै आएको यस जिल्लामा २०३८ साल देखिको समयमा तिनाउ जलाधारा परियोजनाले समुद्री सतहबाट करिब ८ सय मिटर भन्दा माथिको ओसिलो जमिनमा व्यवसायिक खेतीका लागि प्ररित गरेको पुराना कृषकहरूको भनाइ रहेको छ ।

तानसेन नगरको वतुुङका अगुवा तथा पुराना कृषक रेवन्तबहादुुर विष्ट कफी खेतीका लागि दक्ष कृषक ठानिन्छन तर पछिल्लो समयमा यो खेतीलाई जसोतसो निरन्तता दिएको बताउँछन । कफी खेतिको लागि सरकारी तर्फबाटै असहयोग भएका कारण अपेक्षा अनुरूप हुन सकेन उनले भने । दुई दशक अगाडिसम्म कफी सबै ठाउँमा हुन्थ्यो कृषकको सुबिधाका लागि कफी संकलन केन्द्र टोल टोलमा स्थापना भएका थिए । कफीलाई पल्पिङ गर्ने मेसिनसम्म वितरण भएका थिए । पुराना पुस्ताले जसोतसो कफी खेती धानेका थिए तर नयाँ पुस्ताले यसलाई चटक्कै छाडेर आजको अवस्थामा आयो विष्ट बताउँछन ।

कफी खेती तानसेन, यम्घा, चापपानी, बरादी, भैरवस्थान, कुसुमखोला, देउराली सत्यवती जस्ता ५० भन्दा बढि गाउँमा पाखो जमिनमा मात्र नभई सामुदायिक जमिनमा समेत यसको खेती गरियो । यसका सेतो गवाँरोको समस्या देखापरेपछि हालसम्म पनि यसको निदान हुन नसक्दा कृषकले कफी खेतीको विकल्पमा सुन्तला, कागती लगाउन लागेको रिब्दीकोट गाउँपालिकाको मुझुङका अगुवा कृषक नारायण बहादुर कार्की बताउँछन ।

विकल्प नहँुदा यसलाई नगदे बालीका रूपमा परिभाषित भयो । यतिखेर यातायातको समेत सहज पहुँच थिएन । आज त कफीको विकल्पमा सुन्तला कागती जस्ता फलफूल भए । घर घरमा यातायातको पहुँच पुगेको छ । फेरी कफीको तुलनामा सुन्तला कागतीबाट धेरै आम्दानी हुन लागेपछि कफीलाई छोडेर सुन्तला, कागती तर्फ लागेको कृषक कार्की बताउँछन । एक वोटमा कफी ज्यादा फल्यो भने ५ देखि ७ के.जी मात्र हो । त्यसको मुल्य बढिमा ५ सय हो । त्यही ठाउँमा कागती वा सुन्तला लगाउँदा सत प्रतिशत आम्दानी बढि आउने भएका कारण कफी खेतितर्फ आकर्षण घट्दै गएको पुराना कृषकहरूको भनाइ रहेको छ ।

२०४७ सालको राजनैतिक परिवर्तनसंगै कफी खेतिको बिस्तार पनि त्यही गतिमा भएको थियो । कफी खेति कृषकलाई संगठित र संस्थागत गर्दै कफी व्यवसायी संघको स्थापना भयो । यहाँबाट सुरु भएको संघको देशव्यापी रूपमा संगठन पनि भयो । त्यही संघको पहलमा यहाँ उत्पादीत कफी जापान, अमेरिका, कोरिया जस्ता देशमा निर्यात गर्ने कार्य पनि भयो । कृषकलाई तालिम, कफी खेति एकीकृत, सत्रु जिव व्यवस्थापन (कृषि पाठशाला पनि संचालन भएको पुराना कृषक इमान सिह कुँवर बताउँछन ।

कृषि ज्ञान केन्द्रको तथ्यांक अनुसार कफी खेति घट्दो अवस्थाबाट ओरालो लाग्दै शून्यमा लागेको छ । पछिल्लो दशकमा व्यवसायीक कफी भन्ने नै नभएको एक प्राविधिकले बताए । यसको विषयमा कृषक नै इच्छुक नभएपछि केही लाग्दैन । कफी खेतीमा मेहनत अनुसार पारिश्रमिक नभएपछि कृषकले पनि विकल्प रोजेको उनको भनाइ छ ।

कफी व्यावसायी संघका कार्यक्रम संयोजक कमल खनाल भने यसको खेति शुन्यमा नपुगेको दावी गर्दै अहिले पनि गाउँमा यसको खेति गर्ने कृषकहरू छन । सघंले स्थापना गरेका केही संकलन केन्द्रहरू बन्द भए । केही संचालनमा छन । गत वर्ष जिल्लामा १६ टन मार्च मेन्ट र ३ टन सुख्खा चेरी उत्पादन भएको दावी गर्दछन उनी । विगतमा जस्तो व्यवसायीक खेति भने घटदै गएको खनाल स्विकार गर्दछन ।

कफी खेतीलाई विदेशी मुद्रा आर्जन गर्ने गतिलो मध्यम बनाउन सकिन्छ तर सरकारले कफी खेतिमा लगानी अत्यन्तै न्युन मात्रामा गरेको छ । राम्रो लगानी गरेको खण्डमा यसको प्रतिफल पनि राम्रो हुने उनको भनाई रहेको छ । विगतमा कफीको सुपर जोन कार्यक्रम पनि लागू भयो यो कार्यक्रमले कफीलाई प्रवद्र्धन गर्न भने सकेन । सफल नभए पनि क्रमिक रूपमा कफीको विकल्प खोज्न थाले । पछिल्लो समयमा गाउँ बस्तीमा बिकासका लहर पुगेपनि उजाडीदै गए । यसले गर्दा पनि कफी खेतिमा आर्कषण कम हुँदै गएको पुराना कृषकहरूको भनाई रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?