ट्रेंडिंग:

>> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु
टाइगर कप भलिबल

महिलातर्फ सेमीफाइनल समिकरण पुरा, पुरुषतर्फ एपिएफ, श्रीलंका आर्मी र हेल्प नेपाल अन्तिम चारमा

३ माघ २०८०, बुधबार
३ माघ २०८०, बुधबार

पोखरा ।

नेपालको महिला भलिवल टिमका कप्तान तथा गण्डकी भलिवल संघको कप्तानी सम्हालेकी अरुणा शाहीको नेतृत्वको गण्डकीले अंक बिहिन हुदै ‘चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला भलिवल प्रतियोगिताबाट बाहिरिएको छ भने पाहुना टोली भारत हरियाणाबाट आएको महिला टिम पनि समुह बी बाट दुबै खेलमा पराजित भएसंगै प्रतियोगिताबाट बाहिरिएको छ ।

समुह एमा रहेको गण्डकीले दुई खेलमा हार व्यहोर्दै अंक बिहिन हुँदा हरियाणा टिम समुह बि बाट दुबै खेलमा पराजित भएसंगै प्रतियोगिताबाट बाहिरिएका हुन् । आज(बुधबार) भएको महिला तर्फको पहिलो खेलमा शसस्त्र प्रहरी वलको एपिएफ क्लवले गण्डकीलाई २५–१६, २५–९ र २५–१७ को सोझो सेटमा पराजित गरेको हो । खेलमा एपिएफकी निरुता ठगुन्ना म्याच अफ दि टाइगर बनेकी छन् ।

त्यसै गरी अर्को खेलमा चन्द्रागिरी नगरपालिका न्यू डायमण्ड एकेडेमीले भारतको हरियाणा टिमलाई २५–१७, २५–१८ र २५–१६ को सोझो सेटमा पराजित गरेको हो । उक्त खेलमा न्यूडामण्डकी सुमित्रा रेग्मी म्याच अफ दि टाइगर बन्न सफल भइन् ।

समुह एमा रहेको एपिएफ ५ अंक सहित समुह बिजेता हुदै समुह बीमा रहेको त्रिभुवन आर्मी उपविजेता हुदै पहिलो सेमिफाइनलमा विहिबार प्रतिष्प्रर्धा गर्ने भएको प्रतियोगिता संयोजक दीपक कार्कीले बताएका छन् । त्यसै गरी ६ अंक सहित समुह बीको विजेता भएको न्यु डायमण्ड एकेडेमीले ३ अंक सहित समुह बिको उपविजेता नेपाल पुलिससंग दोश्रो सेमिफाइनल खेलमा भिड्ने भएको छ ।

यता पुरुषतर्फ समुह बीमा रहेको नेपाल पुलिस क्लब एपिएफ क्लब संग लिग चरणमा ३–० ले हार व्यर्होर्दा पुलिस घर फर्किने भएको हो । समुह बी मा एपिएफको ३ अंक र समुहमा उपविजेता बनेको श्रीलंका आर्मी टिम समान ३ अंक सहित अन्तिम चारमा प्रवेश गरेको छ । त्यस्तै गण्डकीले नेपाल आर्मी संग बिहिबार अन्तिम लिग खेल्नेछ । उक्त खेल माघ १ गते भएको उद्घाटन खेल प्रकाशका कारण अवरुद्ध बनेको थियो । उक्त खेलले नै समुह एको सेमीफाइनल समिकरणको टुङ्गो लगाउने टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले बताएका छन् ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी तेश्रो दिन पुरुषतर्फ लिग चरणको खेलमा विभागिय टोली नेपाल पुलिस क्लबले पाहुना टोली श्रीलंका आर्मी टिमलाई ३–१ ले पराजित गरेको छ । टाइगर कप भलिबलको इतिहासमा नै पहिलो सेटको खेल ४१–३९ मा सकिएको थियो । नेपाल पुलिसले पहिलो सेट ४१–३९ मा जित्न सफल भयो तर दोश्रो सेट २५–१३ ले पाहुना टोलीलाई सुम्पियो । तेश्रो सेट २५–२० र चौथो सेट २५–१७ ले जिते पनि नेपाल पुलिस भने खेलबाट बाहिरिएको छ । खेलमा नेपाल पुलिसका रबिन चन्द म्याच अफ दि टाइगर बन्न सफल भए ।

त्यस्तै सुमह ए को अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा घरेलु टोली गण्डकी प्रदेशले टिप टप हेल्प नेपाल संग जित निकाले्को छ । तीन जना भारतीय राष्ट्रय खेलाडीसहित मैदानमा उत्रिएको गण्डकी प्रदेश भलिबल संघ र तीन जना पाकिस्तानी खेलाडी सम्मिलित हेल्प नेपाल ३–२ ले जित निकालेको छ ।

भरिभराउ दर्शकहरुका बिच सम्पन्न भएको खेलमा पहिलो सेट २५–१९ ले जित्दै हेल्प नेपाललाई दबावमा राखे पनी दोश्रो सेट १५–२५ ले हेल्प नेपाललाई सुम्पिन पुग्यो । तर तेश्रो सेटमा खेलमा फर्किदैं २५–१७ ले गण्डकी खेलमा फर्कियो । चौथो सेट हेल्प नेपालले २५–२२ ले आफेनो पक्षमा पार्न सफल भयो । अन्तिम सेट पनि उत्तिकै प्रतिस्पर्धात्मक रह्यो । तर पाँचौ सेटमा १५–.१२ ले गण्डकीले खेल जित्न सफल भयो । खेलमा गण्डकीका अमित गुलिया टाइगर अफ दि म्याच भएका छन् ।

जित संगै गण्डकीले २ अंक प्राप्त गरेको छ भने हेल्प नेपालले १ अंक हात पारेको छ । हेल्प नेपालले समुह एमा कुल ४ अंक प्राप्त गर्दै सेमीफाइनलमा स्थान पक्का गरेको छ ।

लिग कम नक आउटका आधारमा जारी प्रतियोगिताको महिलातर्फ समूह ‘ए’ मा एपिएफ, गण्डकी र पुलिस रहेका छन् । यस्तै समूह ‘बी’ मा त्रिभुवन आर्मी, चन्द्रगिरी नगरपालिका न्यु डायमण्ड र हरियाणा टिम भारत रहेका छन् । पुरुषतर्फको समूह ‘ए’ मा गण्डकी प्रदेश, त्रिभुवन आर्मी र हेल्प नेपाल स्पोर्र्टस क्लब तथा समूह ‘बी’ मा एपिएफ, नेपाल पुलिस र श्रीलंका आर्मी टिम रहेका छन् ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि बिजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५–१५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?