ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

मगर महिलालाई एक दिने नेतृत्व तालिम

मगर महिलाहरुको सीप, दक्षता विकास गर्दै आर्थिक रुपमा सबल र नेतृत्वमा लग्ने मुख्य लक्ष्य रहेको केन्द्रीय अध्यक्ष हिरुसरा रानाले बताइन ।
३ माघ २०८०, बुधबार
३ माघ २०८०, बुधबार

बुटवल, ३ माघ । बुटवल नगरभित्र रहेका मगर समुदायका महिलाहरुलाई लक्षित गरि एक दिन तालिम दिईएको छ । मल्टि स्पेशलिष्ट सेन्टर भुपु सैनिक डेन्टल प्रालि र एडमण्ड सिटी हस्पिटल प्रालिको आर्थिक सहयोगमा नेपाल मगर महिला संघ बुटवल उपमहानगर समितिको आयोजनामा १९ वटै वडाका आफ्ना सदस्यहरुलाई संस्थागत तथा नेतृत्व विकास विषयक एक दिने प्रशिक्षण कार्यक्रम गरिएको हो ।

कार्यक्रमको एक समारोहका बिच नेपाल महिला मगर संघका केन्द्रीय अध्यक्ष हिरुसरा रानाले समुद्घाटन गर्दै विधिविधानमा राखेर संस्थागत विकास गर्दै सात प्रदेशमै समिति गठन गर्दै आएको बताए । मगर महिला संघको २६ वर्षको ईतिहास रहेको उनले बताईन। अन्तराष्ट्रिय पहिचान दिने गरि आफुहरु समाजमा रहेका विकृति तोड्दै अगाडि बढ्न प्रोत्साहन गर्ने बताईन । राजनितिक, आर्थिक, सामाजिक क्षेत्रमा बढिभन्दा बढि महिला प्रतिनिधित्व बढाउने गरि सक्षम महिला नेतृत्व विकासको अभियानमा आफुहरु लागेको उनले बताईन । भाषा, संस्कार, संस्कृतिलाई संरक्षण गर्दै नया पुस्तामा पुस्तान्तरणको अभियानमा पहिलो प्राथमिकता भएको उनले बताईन । संस्थामा रहदा हरेकले विधिविधानलाई अनिवार्य पालना गर्न जरुरी हुने भन्दै मर्यादित र ब्यवस्थित गर्ने कामलाई जोड दिनुपर्ने उनले बताईन । केहि प्राविधिक त्रुटिकै कारण बुटवल उपमहानगर समितिमा विवाद उत्पन्न भएको भन्दै आफुहरु विधिविधान अनुसार अघि बढ्ने निर्णय गरेको बताईन ।

कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सदस्य तथा रुपन्देही ईन्चार्ज धनी आलेले सिक्ने र सिकाउने क्रममा आफुहरु रहेको बताईन । सिकेका कुरा ब्यवहारमा उतार्न सकेमात्र तालिम सफल हुने उनले बताईन । ब्यक्ति ब्यक्ति मिलेर संगठन बन्ने र यसबाट समुदायको आवश्यकतालाइ पूरा गर्ने उनले बताईन । संस्थागत विकास र नेतृत्व विकास निरन्तर सिकाई भएको उनले बताईन ।

कार्यक्रममा नेपाल मगर नेपाल मगर महिला संघका केन्द्रीय सदस्य मधु रानाले केही नया कुरा बुझ्ने र सिक्ने रुपमा कार्यक्रम गरिएको बताईन । मगर महिलाहरुलाई संस्थागत नेतृत्व आजको आवश्यकता भएको भन्दै सिकाईलाई निरन्तरता दिन सुझाव दिए । मगर संघको विषयमा देखिएको विबाद समाधान गरेर अघि बढ्न जरुरी रहेको उनले बताए । नगरभित्र छरिएर रहेका मगर महिलाहरुलाई एकजुट गरि आफ्नो अधिकारको लडाईमा मद्दत मिल्ने उनले बताए ।

कार्यक्रममा नेपाल महिला मगर संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष धन कुमारी राना, केन्द्रीय उप–महासचिव चित्रा श्रीष, नेपाल मगर महिला संघ बुटवल उपमहानगर समितिका सल्लाहकार कुमारी थापा, नगरका सचिव तिर्थ कुमारी सोमरेले संस्थाको लक्ष्य एउटै हुदा आफुहरु एकजुट भएर लाग्नुपर्ने बताए ।

कार्यक्रममा नगर अध्यक्ष गौरिमाया थापाले वडास्तरमा रहेका महिलाहरुको क्षमता अभिवृद्धि गर्न तालिममा नेतृत्व, संस्थागत विकास र द्वन्द ब्यवस्थापनका विषयमा प्रशिक्षण दिईएको बताईन । यसैबिच दन्त सेवामा लामोसमयदेखी चिकित्सा क्षेत्रमा योगदान दिएकी लुम्बिनी प्रादेशिक अस्पतालकी विशेषज्ञ डा वर्षा थापालाई सम्मान गरिएको छ ।

 

भिडियो सामग्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?