ट्रेंडिंग:

>> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो

युवाको ‘नमूना गाउँसभा’

२ माघ २०८०, मंगलवार
२ माघ २०८०, मंगलवार

सल्यान, २ माघ । सल्यानको दार्मा गाउँपालिकामा १६ देखि २४ वर्षसम्मका युवाहरूले नमुना युवा गाउँसभाको अभ्यास गरेका छन् । नमुना गाउँसभामा नीति कार्यक्रम, बजेट तथा कार्यविधि पेश गर्ने, छलफल गर्ने र पारित गर्नेलगायतका विषयमा युवाहरूले अभ्यास गरेका थिए ।

नमुना युवा गाउँसभा अभ्यासका लागि दार्मा गाउँपालिकाका प्रत्येक वडाबाट ३–३ जना, र गाउँपालिकाबाट ६ जना गरेर २६ जना युवा सहभागी गराई चार दिनसम्म उनीहरूलाई संसदीय प्रक्रिया, ज्ञानको बारेमा जानकारी दिइ नमुना युवा संसद कार्यक्रम सञ्चालन गरिएको हो ।
नमुना गाउँसभा अभ्यासमा गाउँसभाका सदस्यहरूको निर्वाचन विधिबाट हुने छनौट, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्यहरूले खेल्ने भूमिका, नीति तथा कार्यक्रम प्रस्तुति, बजेट प्रस्तुति, योजनाहरू संकलन, छनौट, वडा समितिमा छलफल तथा पालिकामा पेश गर्ने, बजेटमाथिको दफादार छलफल, विषयगत समितिहरूबीच छलफल, बजेट पारितलगायतका विषयमा सैद्धान्तिक तथा व्यवहारिक अभ्यास गराइएको दार्मा गाउँपालिकाका शिक्षा शाखा प्रमुख तिलक केसीले जानकारी दिए ।

केही दिन अघि संचालन भएको नमुना गाउँसभामा नीति कार्यक्रम, आगामी आर्थिक बर्ष २०८०/८१ को बजेट र आर्थिक ऐन र विनियोजन विधेयक समेत पेस गरिएको थियो । गाउँसभामा सहभागी कतिपय सदस्यहरूले नीति कार्यक्रम र बजेट चित्तबुझ्दो नभएको भन्दै सुझाव दिएका थिए ।

संसदीय अभ्यासमा युवराज खडका र युवराज जोसीले प्रशिक्षण दिएका थिए । युवाले सञ्चालन गरेको नमूना युवा सांसद अभ्यास कार्यक्रममा जिल्ला समन्वय समिती सल्यानका उपप्रमुख असबिर बुढाथोकी युवाले संसदीय अभ्यासमार्फत युवाका मुद्दालाई स्थानीय तहबाट स्थापित गर्ने दबाब दिएको बताए । युवाहरूले संसदीय अभ्यास मार्फत गाउँसभा चलाएको देख्दा नेतृत्व बिकासमा टेवा पुग्ने उनको अपेक्षा छ । यो अभ्यास गाउँपालिकाका युवाहरूका लागि निकै प्रभावकारी र सकारात्मक रहेको भन्दै उनले यस्तो खालको अभ्यासले युवाहरूमा राजनीतिक अभ्याससँगै नेतृत्व क्षमताको विकास हुने उनको भनाइ थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मल्ल चन्दले युवाले समग्र नेतृत्व विकास र क्षमता विकास गरी अगाडि बढेमा भविष्यमा कुशल राजनितिज्ञ बन्न सक्ने बताइन् । उनले देश विकासको मूलप्रवाहमा युवाहरूको भूमिका र उनीहरूलाई क्रियाशील र जिम्मेवार बनाउन यी र यस्ता खालका कार्यक्रमहरूको महत्व हुने बताइन । कार्यक्रममा सहभागीहरूले संसदीय अभ्यास तालिमले पालिका बाट प्रस्तुत हुने बजेट, नितिकार्यक्रम र बिकास निर्माणका बिषयमा जान्न पाएको बताएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?