ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

बुटवलको विकासका दुई आधार

२ माघ २०८०, मंगलवार
२ माघ २०८०, मंगलवार

गताङ्कमा बुद्धबल्लीमा विचरण गर्दा शिर्षकमा देशको राजनीतिक र सामाजिक अवस्था चित्रण गरियो । आफ्नो नितान्त व्यक्तिगत अनुभवमा आधारीत भई उक्त लेख यहाँहरू समक्ष प्रस्तुत गरेको थिएँ । यो अंकमा बुद्धबल्ली (बुटवल) मा विचरण गर्दा बुटवलको विकासका आधार सम्बन्धी अनुभव–अनुभूति यहाँहरू समक्ष प्रस्तुत गर्न चाहन्छु ।

बुटवल पश्चिम नेपालको मुख्य आर्थिक केन्द्र हो भन्ने तथ्य निर्विवाद छ । यो अहिले मात्र होइन पहिले देखि नै पश्चिम नेपालको आर्थिक केन्द्र हो । परापूर्वकालदेखी नै मानविय गतिविधिको केन्द्र रही आएको इतिहास भेटिन्छ । यो खास गरी औद्योगिक र व्यापारिक केन्द्र हो । उद्योग र व्यापारको विकास भएको ठाउँमा स्वभाविक रूपले सडक, शिक्षा, स्वास्थ्य, सञ्चार आदि पूर्वाधारको पनि विकास भएको हुन्छ । पहिलेदेखि अहिलेसम्मै बुटवल पश्चिम नेपालको शिक्षा र स्वास्थ्यको पनि केन्द्र रही आएको छ । बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताल, कालिका मानवज्ञान मावि, कान्ति मावि, नविन औद्योगिक मावि, न्यू होराइजन इन्स्टीच्यूट, आदि संस्थाहरू यसका उदाहरण हुन् । बुटवल औद्योगिक क्षेत्र जो २०३१ सालमा स्थापना भएको हो । प्राचिन बटौली बजारको इतिहास र योगदानलाई मध्यनजर गरी २०३१ सालमा नेपाल सरकारद्वारा बुटवल औद्योगिक क्षेत्र स्थापना गरिएको हो । बुटवलको पुरानो इतिहास केलाउने हो भने यो एक बाणिज्य केन्द्र हो । पहाडी क्षेत्र र तराई क्षेत्रका उत्पादनको साटासाटको केन्द्र हो यो । खेतीपातीको लागि उर्बर क्षेत्र पनि हो यो पहिले । परापूर्वकालदेखि र अहिले पनि यो वास्तवमा पर्यटकीय क्षेत्र हो । पुरापूर्वकालमा यो उत्तर दक्षिणको प्रवेशद्वार हो । त्यसैले यस क्षेत्रलाई अन्य विषयतर्फ नलागी अर्थात नअलमलिइकन पर्यटकीय क्षेत्रको रूपमा विकास र प्रबर्धन गर्नुपर्छ ।

झण्डै तीन दशक लामो सक्रिय पत्रकार र सामाजिक कार्यकर्ताको रूपमा बुद्धवल्लीमा यायावरीय अनुभूतिको आधारमा म स्पष्टसँग भन्छु– यस क्षेत्रको विकासको मुख्य आधार पर्यटन हो । बुटवलको पर्यटकीय विकासका आधार मुख्य रूपले २ वटा सम्पदा हुन । (१) जितगढी किल्ला र (२) आदिमानव रामपिथेकसको विचरण क्षेत्र । यि दुई सम्पदाको पर्यटकीय विकास र प्रबर्धन गर्ने हो भने बुटवलमा संसारभरीका पर्यटक आकर्षित गर्न सकिन्छ । आन्तरिक र बाह्य पर्यटक यहाँ प्रशस्त आउँछन् । शाक्यमुनि बुद्धको जन्मस्थल रूपन्देही स्थित लुम्बिनी र २९ वर्ष सम्म जीवन व्यतित गरेको राजदरबार क्षेत्र कपिलबस्तु स्थित तिलौराकोटको भ्रमणमा आउने संसारभरका पर्यटकलाई बुटवलमा पनि आकर्षित गर्न सकिन्छ । यि दुई सम्पदाको विकास र प्रबर्धन गरी बुटवललाई लुम्बिनी पर्यटन चक्रमा समावेश गरिनु पर्छ । बुटवललाई बुद्धबल्ली अर्थात बुद्धले विचरण गरेको स्थलको रूपमा पनि पर्यटकीय विकास र प्रबर्धन गर्न सकिन्छ । बुद्धले विचरण गरेको स्थल नै हो यो । जितगढी क्षेत्रलाई पर्यटकीय विकास र प्रबर्धन गर्नको लागि यसलाई विश्व सम्पदामा सुचिकृत गराइनुपर्छ । यसको व्यापक उत्खनन गरी यो गढीको ऐतिहासिक तथ्य र प्रमाणहरू प्रकाशमा ल्याउनुपर्छ । यसको अतिक्रमण रोक्नुपर्छ । यसलाई मौलिक रूपमै राखेर पर्यटकीय संरचनाहरू निर्माण गरिनुपर्छ । जितगढीमा रहेको भनिएको लामो दुरीको सुरुङ् मार्ग उत्खनन गरी प्रकाशमा ल्याउनुपर्छ ।

इतिहासका केही पुस्तकहरूमा १८७२ सालमा बुटवलमा भएको नेपाल अङ्ग्रेज युद्धमा, युद्धका नेपाली सेनाका कमाण्डर उजिरसिंह थापाले पाल्पाको नुवाकोट गढीबाट सुरुङ्मार्ग हुँदै जितगढीमा ओर्लेर अङ्ग्रेजको मुकाविला गरेको भनि लेखिएको पाइन्छ । जनश्रुतिमा पनि जितगढीमा सुरुङ् मार्ग रहेको भन्ने गरेको पाइन्छ । यसकारण यसको वास्तविकता उत्खनन गरी प्रकाशमा ल्याउनु पर्छ । यदी यो सुरुङ् मार्ग पत्ता लगाउन उत्खनन कार्य कठिन भयो भने जनश्रुतिलाई आधार मान्दै जितगढी किल्ला देखि मणिमुकुन्द सेन उद्यान (फुलबारी) सम्म नयाँ सुरुङ् मार्ग निर्माण गर्नुपर्छ । यो प्रस्ताव अहिले पत्यार नलाग्न सक्छ तर भविष्यमा यो सम्भव हुनेछ । मैले मणिमुकन्द सेन उद्यान (फुलबारी) समितिको बैठकमा मोतिराज ज्ञवालीको अध्यक्ष कार्यकालमा वि.सं. ७० को दशकमा फुलबारीदेखी नुवाकोट गढीसम्म पैदल मार्गको रूपमा सिँढी मार्ग निर्माण गरिनुपर्छ भन्दा साथीहरूले पत्यार गर्नुभएको थिएन । यो अहिले कार्यान्वयन हुँदैछ । जितगढीका नायक कर्णेल उजिरसिंह थापालाई राष्ट्रिय विभुति घोषणा गरिनुपर्छ । यसले बुटवल क्षेत्रको राष्ट्रिय पहिचान बन्नेछ । जितगढीमा नेपाल सरकार र विदेशी संघ संस्थाहरूको ध्यानाकर्षण हुनेछ । अहिले जितगढीमा उजिरसिंह थापा सहित नेपाल अङ्ग्रेज युद्धमा नेपाली सेनाको तर्फबाट महत्वपूर्ण योगदान गरेका विर सेनानीहरूको शालिक निर्माण गरी इतिहास संरक्षण गरिएको छ । जितगढीलाई पर्यटकीय प्रबर्धन गर्न नेपाल अङ्ग्रेज युद्ध प्रतिबिम्बित गर्ने डमी (छाया चित्र) निर्माण गरिएको छ । जितगढी र उजिरसिंह थापाको योगदान र इतिहासका बारेमा विवाद वा मतभेद छैन । अब यसको पर्यटकीय प्रबर्धन गर्नुपर्छ । नहिचकिचाइकन यस विषयमा राष्ट्रिय एकता हुनुपर्छ । उजिरसिंह थापालाई राष्ट्रिय विभूति घोषणा गर्न सकियो र जितगढीलाई विश्व सम्पदामा सुचिकृत गर्न सकियो भने बुटवलको महिमा अन्तराष्ट्रिय जगतमा समेत स्थापित हुनेछ । उजिरसिंह थापा एक कुशल सैनिक कमाण्डर मात्र होइनन्, उनी कुशल प्रशासक, देशका रक्षक, कुटनीतिज्ञ, थिति (कानुन) का निर्माता, धर्म र संस्कृतिका रक्षक पनि हुन । तसर्थ उनी राष्ट्रिय विभूतिकालागि लायक पात्र हुन् । उनको बहुआयामिक योगदान छ । यदि बुटवलमा भएको नेपाल अङ्गे्रज युद्धमा नेपाली सेनाले अङ्ग्रेजलाई नहराएको भए आज बुद्धजन्मस्थल लुम्बिनी नेपालमा हुँदैनथ्यो । नेपालको नक्सा नै अर्कै हुन्थ्यो । त्यसैले यो योगदानको मुल्याङ्कन ढिलो चाँडो हुनेछ, हुनै पर्दछ ।

बुटवलको अर्को महत्वपूर्ण पर्यटकीय सम्पदा हो– रामपिथेकसको दाँतको बङ्गारा भेटिएको स्थल । एक करोड दश लाख वर्ष पुरानो मानव जातिको अवशेष रामपिथेकसको दाँतको बङ्गारा भेटिएको स्थल खासमा बुटवलको सिमावर्ती इलाका पाल्पा जिल्लाको तिनाउ गाउँपालिकाको दोभानमा पर्दछ । सिमावर्ती क्षेत्र भएकाले बुटवल पनि रामपिथेकसको विचरण स्थल हो । बुटवलको सिद्धबाबा मन्दिरले निर्माण गराएको रामपिथेकस उद्यान बुटवलमा रहेको छ । बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकाको दोभान वडाको सहकार्यमा बुटवल–दोभान क्षेत्रमा प्रागऐतिहासिक क्षेत्र निर्धारण गरी रामपिथेकस सम्बन्धी अध्ययन, अनुसन्धान र भ्रमण तथा अवलोकन क्षेत्र निर्माण गर्नुपर्दछ । यसलाई विशेष पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्दछ । बुटवल–दोभान क्षेत्रलाई एक करोड दश लाख वर्ष अघिदेखि मानवीय विचरण स्थलका रूपमा एक महत्वपूर्ण पर्यटकीय क्षेत्रको रूपमा विकास र प्रबर्धन गर्नु पर्दछ । यसो गर्न सकियो भने यहाँ संसारभरका पर्यटक आकर्षित गर्न सकिन्छ ।

बुटवललाई पर्यटकिय क्षेत्रको रूपमा विकास र प्रबर्धन गर्न प्राचिन बटौली बजार, पाँच सय वर्ष पुरानो मणिमुकुन्द सेन उद्यान (फुलबारी), सिद्धबाबा मन्दिर आदि सम्पदा सहायक आधार हुन । यहाँ आउने पर्यटकलाई घुमाउन र भुलाउन अर्थात बसाई अवधी लम्ब्याउन यि सहायक सम्पदाको पनि महत्वपूर्ण योगदान रहन्छ । बुटवललाई प्रागऐतिहासिक, ऐतिहासिक, सामरिक, साँस्कृतिक, पुरातात्वीक सम्पदाको पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकिन्छ । साहसिक पर्यटनका लागि पनि यो महत्वपूर्ण गन्तव्य बन्नेछ । बुटवलदेखि पाल्पाको बसन्तपुर डाँडा र बुटवलदेखि पाल्पाको नुवाकोट डाँडासम्म पैदल मार्ग निर्माण गरि ट्रेकिङ्ग क्षेत्रको रूपमा विकास गर्न सकिन्छ । नुवाकोट डाँडामा प्याराग्लाइडीङ्गको पनि सञ्चालन गर्न सकिन्छ ।

यसरी भविष्यमा बुटवल एक महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्ने छ । बुद्धले विचरण गरेको स्थल, विश्वविजयी अङ्ग्रेजको विजय यात्रा टक्क रोकिएको स्थल जितगढी र रामपिथेकस क्षेत्रको रूपमा यो विश्व प्रसिद्ध बन्ने छ । बुटवललाई बुद्धबल्ली अर्थात बुद्धले विचरण गरेको स्थलको रूपमा चित्रण गरेको योगी नरहरी नाथले हो । योगी नरहरीनाथ नेपालको प्राचिन इतिहास सम्बन्धी अद्वितिय अध्येता एवं विद्वान हुनुहुन्छ । उहाँले बुटवल ट्राफिकचोकको दुर्गा मन्दिरको एक शिलालेखमा बुद्धवल्ली भनि लेखाउनु भएको छ । भविष्यमा बुटवल पर्यटकीय विश्रामस्थलको रूपमा पनि प्रसिद्ध बन्ने छ । बुटवलमा अहिले पनि साना ठूला गरी ५ सय बढी होटल तथा रेष्टुरेन्ट सञ्चालित रहेको तथ्याङ्क छ । निकट भविष्यमा बुटवल आसपासका नगर तथा गाउँपालिकालाई समेट्दै महानगरका रूपमा स्तरोन्नती हुनेछ । यसका पूर्वाधार निर्माण सम्बन्धी योजनाहरू अब महानगरका रूपमा काम लाग्ने खालका बनाइनुपर्छ । बुटवल उपमहानगरपालिकाको नीति तथा कार्यक्रम अब बुटवललाई एक महत्वपूर्ण पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने तर्फ केन्द्रित गरिनु उचित र दुरदर्शीता हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?