ट्रेंडिंग:

>> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो

सरकारबाट उपेक्षामा परेको स्वरोजगार मजदुरको गुनासो

ब्यबस्थित पार्किङ्गस्थल र रुट परमिटको ब्यवस्था नहुदा खुम्चिनुपरेको ढुवानी ब्यवसायीहरुको गुनासो गरेका छन ।
२ माघ २०८०, मंगलवार
२ माघ २०८०, मंगलवार

बुटवल, २ माघ । देशमै स्वरोजगार युवा उत्पादनमा योगदान दिदै आएको पेशा ब्यवसायप्रति सरकारले उपेक्षा गरेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले गुनासो गरेका छन । लुम्बिनी साना तथा मझौला ढुवानी ब्यबसायी संघको १० औं साधारण सभा तथा चौथो अधिवेशनमा बोल्ने ब्यवसायीहरुले देशभित्रमा लगानी गरेर उत्पादनसिल उद्योग, यातायात, पर्यटनमा लागेको युवाहरुको पक्षमा सरकारको ध्यान नगएको दुखेसो गरे । कार्यक्रममा नेपाल ट्रक यातायात महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोख्रेलले स्वरोजगार मजदुरहरुको हकहित, संरक्षण र बिकासका लागि संस्थागत सहकार्यका लागि सधैं प्रतिबद्ध रहेको बताए । बजारमा आएको आर्थिक मन्दीका कारण यातयात क्षेत्र धरासायी बनेको भन्दै उनले सरकार यो समाधानका लागि गम्भिर हुनुपर्ने बताए ।

सवारी दर्ता, नविकरण र संचालन गर्दा आईपर्ने बिभिन्न समस्याहरुका बारेमा पटक पटक सरकारलाई ध्यानाकर्षण गराउदा सुनुवाई नभएको संघका अध्यक्ष दिनेश थापाले बताए । ‘साना तथा मझौला ढुवानी ब्यबसायीहरुलाई सरकारले उपेक्षा गरेको छ ।’— उनले भने । राष्ट्र निर्माणको मेरुदण्डको रुपमा रहेको यातायात क्षेत्र त्यसमा पनि साना र मझौला ढुवानीले बजारको कुना काप्चामा सेवा प्रदान गर्दै आएको उनले बताए ।

लुम्बिनी साना तथा मझौला ढुवानी ब्यबसायी संघको स्थापना लक्ष्मण क्षेत्रीको संयोजनमा २०७० सालमा बुटवलमा प्रधान कार्यालय स्थापना गरि भएको थियो । छरिएर रहेका साना तथा मझौला ढुवानी ब्यबसायीहरु संगठित गरि उनिहरुको हकहितमा काम गर्दै आएको छ । संस्थामा हाल १ सय ५२ जना व्यवसायीहरु छन् । धेरै जसो स्वरोजगार मजदुर रहेको यो संस्था नेपाल ट्रक यातायात व्यवसायी महासंघसँग आवद्ध भएको केही वर्ष मात्रै भएको छ । संस्थाले स्वरोजगार मजदुरहरुलाई प्रोत्साहन गर्न आफुहरु हरपल तयार रहेको नेपाल ट्रक तथा यातयात महासंघका प्रदेश अध्यक्ष यमप्रसाद पाण्डेले बताए ।

कार्यक्रममा संघका सल्लाहकार मोहन पिएसले ब्यबस्थित पार्किङ्ग स्थल, रुट परमिट लगायत भारतिय सवारीबाट समस्या आईपरेको बताए ।

साधारण सभामा महासचिवको प्रतिवेदन रविन्द्रकुमार श्रेष्ठले र कोषाध्यक्षको प्रतिवेदन नविन पोखरेलले प्रस्तुत गरेका थिए । कार्यक्रममा निवर्तमान अध्यक्ष लक्ष्मण क्षेत्री, कानुनी सल्लाहकार महेन्द्र पाण्डे, सदस्य रमेशराज बज्र्राचार्यले यातायात क्षेत्रको विकास र व्यवसायीलाई टिकाई राख्न दीर्घकालिन योजना बनाएर अघि बढ्नुपर्ने बताए । ढुवानी सेवाका लागि प्रदेश भरको प्रमिट पाएको भएपनि केवल २ जिल्लामा मात्रै सेवा दिदै आएको छ ।

ढुवानी व्यवसायी संघमा सुमन सापकोटा

लुम्बिनी साना तथा मझौला ढुवानी ब्यबसायी संघको १० औं साधारण सभा तथा चौथो अधिवेशनले सुमन सापकोटाको नेतृत्वमा १३ सदस्यीय नया कार्यसमिति सर्वसम्मत चयन भएका छन । जसको उपाध्यक्षमा सोमन तिमिल्सिना, महासचिव रमेशराज बज्राचार्य, सचिव नविन पोखरेल, सह–सचिव धर्मराज जैसी, कोषध्यक्ष रविन्द्रकुमार श्रेष्ठ र सदस्यहरुमा पारसनाथ केसरी, रामप्रसाद शर्मा, आकाश जैसवाल, मथुरा कुहार, इन्द्रबहादुर क्षेत्री, विशाल अधिकारी, ऋतु घर्तिमगर रहेका छन् ।

संघको लेखा समितिमा गोपाल पाण्डेको संयोजकत्वमा दिनेश गौतम र गणेश जिसी सदस्य रहेको छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?